Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मानव सेवा आश्रमद्धारा गरिने महायज्ञमा ११ करोड संकलनको लक्ष्य
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मानव सेवा आश्रमद्धारा गरिने महायज्ञमा ११ करोड संकलनको लक्ष्य

संसारपोस्ट संवाददाता · १२ माघ २०७६ · 0
मानव सेवा आश्रमद्धारा गरिने महायज्ञमा ११ करोड संकलनको लक्ष्य
90
SHARES
ShareTweet

बुटवल १२ माघ
मानवसेवा आश्रम ५ नं. प्रदेश शाखाले आफ्नो भवननिर्माण तथा अक्षयकोषको स्थापनाका लागि श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।
महायज्ञवाट एघार करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको र यो सबैको स्वेच्छिक सहयोगबाट संकलन हुने आईतवार बुटवलमा पत्रकार सम्मेलनमा जनाईएको छ ।
पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले मानवसेवा आश्रमले मानवता प्रवद्र्धनको लागि अत्यन्त महत्वपूर्ण भूमिका खेलिरहेको बताउदै बुटवल उपमहानगरपालिका क्षेत्रभित्र कोही पनि मानिस भोकै र नाङ्गै रहनु नपर्ने नगर घोषणा भइसकेको बताउनुभएको छ ।
लोकनाथ भूसालको संयोजकत्वमा ५०१ सदस्य महायज्ञ मूल आयोजक समिति घोषणा गरेको छ । त्यसैगरि २८ ओटा विभिन्न उपसमितिहरुको घोषणा गरिएको हो । मानवसेवा आश्रम ५ नं. प्रदेश संयोजक रुपा केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले महायज्ञका वारेमा प्रकास पार्नु भएको थियो ।
मानवसेवा आश्रम २०८२ सालभित्र नेपाललाई नै सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहिन) सडक मानव रहित राष्ट्र नेपाल निर्माण गरिने लक्ष्य सहित अघि बढिरहेको छ ।
देशका सम्पूण (सातै) प्रदेशमा १९ ओटा शाखा रहेको मानवसेवा आश्रमको बुटवलको सुख्खानगरमा २ ओटा सेवाकेन्द्रहरु सञ्चालनमा रहेका छन । त्यहाँ १३० जनाले संरक्षण लिइहेका छन् ।

≪ Previous Post

नवजीवन क्लवको अध्यक्षमा भुसाल

Next Post ≫

तिनपाको नयाँशैली: कुष्ठरोगी पत्ता लगाउन चर्म रोग शिविर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क