Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नवलपरासीमा विभिन्न घटनामा तीन जनाको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीमा विभिन्न घटनामा तीन जनाको मृत्यु

संसारपोस्ट संवाददाता · ११ माघ २०७६ · 0
नवलपरासीमा विभिन्न घटनामा तीन जनाको मृत्यु
60
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



नवलपरासी, ११ माघ । नवलपरासीमा शनिबार भएका छुट्टा छुट्टै घटनामा परी ३ जनाको मृत्यु भएको छ । गैडाकोट र त्रिवेणीमा भएका तीन वटा घटनामा तीन जनाको मृत्यु भएको हो ।
पूर्वी नवलपरासीको गैडाकोटमा शुक्रबारराति टिप्परको ठक्करबाट एक जनाको निधन भएको छ ।
गैडाकोट ८ मौलाकालिका होटेल अगाडि ना १ क ८३३० नम्बरको टिप्परले विपरित दिशाबाट आउँदै गरेको बा ६७ प ७८८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक रूपन्देहीको देवदह शितलनगर बस्ने ३५ बर्षीय भुवन केसीको निधन भएको हो ।
ठक्करबाट गम्भीर घाईते केसीको उपचारको क्रममा राति जिल्ला अस्पताल चितवनमा निधन भएको हो । दुर्घटनामा परी सोही मोटरसाईकलमा सवार गैडाकोट ५ निवासी २६ बर्षीय शशिकपुर केसी घाईते भएका छन् ।
उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भई रहेको छ भने ठक्कर दिने टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ वनकट्टीमा बसको ठक्करबाट शनिबार दिउँसो एक जना पैदल यात्रुको घटना स्थलमानै मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत बिहारको मुजफरपुर जिल्लाको बखराग्राम पन्चायत बस्ने वर्ष ४५ का धर्मा माझी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी मोहनबहादुर खाँडले दिएको जानकाीर अनुसार त्रिवेणीबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७४८४ नम्बर को यात्रुवाहक बसले पैदल यात्रीलाई ठक्कर दिदाँ उनको घटना स्थलमानै मृत्यु भएको हो । बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय त्रिवेणीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ त्रिवेणीमा लागेको माघे औंसी मेलामा आएका एक जना जेष्ठ नागरिक भक्तजनको चिसोले मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका २ अमानीगञ्ज बस्ने ६० बर्षीय विजयी ठठेरको चिसोले निधन भएको हो । उनको त्रिवेणी बसपार्कमा मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक मोहनप्रसाद पोख्रेलले बताउनुभयो । मृतक ठठेरको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको छ ।

≪ Previous Post

स्वास्थ्य सेवालाई सस्तो र गुणस्तरीय बनाउन सुझाव

Next Post ≫

जन्म दिनमा बिपन्न कुर्मीपरिवारलाई पपकर्न मेसिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क