Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्वास्थ्य सेवालाई सस्तो र गुणस्तरीय बनाउन सुझाव
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वास्थ्य सेवालाई सस्तो र गुणस्तरीय बनाउन सुझाव

संसारपोस्ट संवाददाता · ११ माघ २०७६ · 0
स्वास्थ्य सेवालाई सस्तो र गुणस्तरीय बनाउन सुझाव
70
SHARES
ShareTweet

श्यामलाल पोखरेल



बुटवल, ११ माघ । स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउनु पर्ने सरोकारवालाले सुझाव दिएका छन् । स्वास्थ्य सेवा महंगो र प्रभावकारी नहुंदा सर्वसाधारण नागरिकले ज्यान गुमाउनु परेको उनीहरुले बताए ।
मानिसको स्वास्थ्यप्रति जवाफदेही भएर स्वास्थ्य सेवा सर्वशुलभ बनाउन स्वास्थ्य सेवा सञ्चालकहरुलाई सरोकारवावाले सुझाव दिएका हुन् । बुटवलमा दिइने स्वास्थ्य सेवालाई सस्तो र गुणस्तरीय बनाउनु पर्ने उनीहरुको भनाइ छ ।
बुटवलमा सञ्चालित लर्ड बुद्ध डेण्डल क्लिनिक उद्घाटन कार्यक्रममा बोल्ने सरोकारवालाले यस्तो बताएका हुन् । गुणस्तरीय सेवा दिए बुटवललाई स्वास्थ्यको हवको रुपमा विकास गर्न सकिने उनीहरुको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद तारा जीसीले हरेक नागरिकलाई स्वास्थ्यको पहुंचमा पुराउने गरी सस्तो र गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो । स्वास्थ्य उपचार सेवा महंगो भएकाले गरिवीका रेखामुनी रहेका जनताले उपचार गराउन नसकेका कारण मृत्यु हुनुपरेको उहांले बताउनुभयो । देशमा दिन प्रतिदिन बढ्दै गएको भ्रष्टाचारलाई न्यूनीकरण गरेर शिक्षा र स्वास्थ्यलाई सस्तो बनाउनु पर्नेमा जोड दिदै उहांले शिक्षा, स्वास्थ्य निःशुल्क गराउने दायित्व सरकारको भएपनि तिनै तहका सरकारले जनताप्रतिको दायित्व पुरा गर्न नसकेको बताउनुभयो ।
नेपाल डेण्टल हाइजेनिष्ट एशोसिएसनका महासचिव अमृत भुसालले मानिसको स्वास्थ्यलाई ख्याल गरेर बुटवलमा दाँतको उपचार गुणस्तरीय रहेको बताउनुभयो ।
कार्यक्रममा डाक्टर तिर्थनारायण शाहा, डाक्टर गान्धीराज उपाध्याय, रुपन्देही व्यापार संघका निवर्तमान अध्यक्ष पदम श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिलकुमार श्रेष्ठ, ढुण्डीराज शर्मा, महिमा भुसाल, दिनेश दर्नाल लगायतले बोल्दै चेतनाको अभावले दाँतका रोगीहरुको संख्या बढ्दो अवस्थामा रहेको बताउनुभयो ।
लोकराज भुसालको अध्यक्षतामा कार्यक्रम भएको थियो । बुटवलका तीन जना युवाको करिव २५ लाखको लगानीमा अत्याधुनिक प्रविधिबाट लर्ड बुद्धबाट दाँतको स्वास्थ्य सेवा शुभारम्भ गरिएको छ ।

≪ Previous Post

मणिग्राम मेलामा दोस्रो दिन १५ हजार दर्शक

Next Post ≫

नवलपरासीमा विभिन्न घटनामा तीन जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क