Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मणिग्राम मेलामा दोस्रो दिन १५ हजार दर्शक
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मणिग्राम मेलामा दोस्रो दिन १५ हजार दर्शक

संसारपोस्ट संवाददाता · ११ माघ २०७६ · 0
मणिग्राम मेलामा दोस्रो दिन १५ हजार दर्शक
70
SHARES
ShareTweet

तिलोत्तमा लोकतारा –२०७६ को प्रस्तुति शुरु



तिलोत्तमा, ११ माघ । तिलोत्तमाको मणिग्राममा बिहीबारदेखि सञ्चालित दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलामा दोस्रो दिन करिब १५ हजार दर्शकले मेला अवलोकन गरेका छन् ।
शनिबार सार्वजनिक विदा भएकाले मेलामा तिलोत्तमा नगरपालिका र आसपासका क्षेत्रबाट दर्शकको उत्साहजनक उपस्थिति रहेको मेला आयोजक तिलोत्तमा वाणिज्य संघका महासचिव कमलप्रसाद कंडेलले जानकारी दिनुभयो ।
‘तिलोत्तमामा लगानी ः समृद्धिको सुनौलो बिहानी’ नारासहित मणिग्राममा सञ्चालित ब्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सवमा शनिबारदेखि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि शुरु भएको छ ।
सांस्कृतिक कार्यक्रम तर्फ तिलोत्तमा लोकतारा २०७६ शुरु भएको छ । उक्त लोक गायन प्रतियोगितामा अडिसनबाट छनोट भएका उत्कृष्ट १० जनाले आफ्नो प्रस्तुति दिएका छन् । प्रतियोगितामा निर्णायकको ५० अंक, दर्शक भोटको ४० प्रतिशत र यु ट्युब भ्युअर्सको १० प्रतिशतका आधारमा विजेता घोषणा गरिने सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङले जानकारी दिनुभयो ।
एक्सपर्ट तिलोत्तमा लोकतारा प्रतियोगिताको विजेताले ४१ हजार,उपविजेताले २५ र तृतीयले १५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिताका लागि एक्सपर्ट एजुकेशनले प्रायोजन गरेको छ ।
स्वदेशी र विदेशी गरी तीन सय स्टल रहेको मेलामा मुख्य आकर्षणमा गोरुले उखु पेलेको, तातो उखुको रस (खुदो), मण्डल मत्स्य ह्याचरीको माछा पोखरी, परम्परागत कृषि औजार तथा सामाग्री लगायत रहेका प्रचार प्रसार समितिका सहसंयोजक नारायण पौडेलले जानकारी दिनुभयो । मेला उद्घाटनका अवसरमा कार्यक्रमका प्रमुख अतिथि बालकृष्ण खाँणले उखु पेल्ने स्टल संचालकलाई प्रोत्साहन स्वरुप रु ५ हजार प्रदान गर्नुभएको थियो ।


माघ २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा मेलामा आउने सवै दर्शकहरुलाई सहज र सरल तरिकाले निशुल्क नेपाल टेलिकमको प्रिपेड सिम उपलब्ध गराउने ब्यवस्था समेत मिलाईएको मेला आयोजक समितिका संयोक एबं तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले जानकारी दिनुभयो । टेलिकमको मंगलापुर शाखाले निशुल्क उपलब्ध गराउने सिमका लागि नागरिक्ता वा मतदाता परिचय पत्रको प्रतिलिपि र एक प्रति फोटो भए पुग्ने छ । यस्तै मेलाको सह प्रायोजक यशोदा फुड्सको लाली चाउचाउले आफ्नो स्टलमा मेलामा आउने सबै दर्शकलाई निशुल्क तातो सुप सहित चाउचाउ खुवाउने गरेको छ ।
मेलामा आइतबारदेखि अन्तर स्कुल÷कलेज फाइभ ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने खेलकुद समितिका संयोजक अमनमान श्रेष्ठले जानकारी दिनुभयो ।
जानकीनगर क्लबले व्यवस्थापन गरेको प्रतियोगितामा रुपन्देही जिल्लाका स्कूल र कलेज गरी २५ टिमको सहभागिता रहेको छ । प्रतियोगिता उद्घाटन अघि मेला आयोजक र रुपन्देहीका पत्रकारबीच दिउसो १२ बजे मैत्रीपूर्ण खेल हुने मेला आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले वताउनु भयोे ।
महोत्सवमा आइतबार लोकदोहोरी गायक नवीन पौडेल, शिलु भट्टराई, रेनु राना र हांस्य कलाकार विष्णुजी पाडे माइलाबाको प्रस्तुती रहने आयोजकले जनाएका छन् । आइतबार देखि नै तिलोत्तमा डान्स आइकनमा छनोट भएका उत्कृष्ट १० जनाको प्रस्तुति रहने छ । माघ २१ गतेसम्म चल्ने महोत्सवमा ५ लाख दर्शकलाई अवलोकन गराउने र १५ करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको संघका कोषाध्यक्ष सूरज पंगेनीले बताउनु भयो ।
यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत महोत्सवमा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग संकलन कार्य पनि शुरु भएको कोषाध्यक्ष पंगेनीले जानकारी गराउनु भयो ।

≪ Previous Post

राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य खाँणलाई सम्मान

Next Post ≫

स्वास्थ्य सेवालाई सस्तो र गुणस्तरीय बनाउन सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क