Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य खाँणलाई सम्मान
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य खाँणलाई सम्मान

संसारपोस्ट संवाददाता · ११ माघ २०७६ · 0
राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य खाँणलाई सम्मान
70
SHARES
ShareTweet

उत्पादन मुलक क्षेत्रमा लगानी गर्न नेता खाँणको सुझाव



बुटवल, ११ माघ । राष्ट्रिय सहकारी महासंघको संचालक सदस्यमा हालै निर्विरोध निर्वाचित हुनु भएका रुपन्देहीका रामकृष्ण खाँणलाइ तिलोत्तमा सहकारीले शनिबार सम्मान गरेको छ ।
सहकारीको भवन शंकरनगरमा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँण र सहकारीका अध्यक्ष माधवलाल देवकोटाले संस्थाका सल्लाहकार समेत रहनुभएका खाँणलाइ दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।
सम्मान कार्यक्रममा बोल्दै पुर्व रक्षामन्त्री समेत रहनुभएका नेता खाँणले सहकारीको लगानी उत्पादनशील क्षेत्रमा लगाएर शेयर सदस्यहरुलाइ आत्मनिर्भर बनाउनु पर्ने बताउनु भयो । बिषादि रहित कृषि उत्पादन र हस्तकलाको क्षेत्रमा लगानी गरेर शेयर सदस्यहरुको जीवनस्तर उकास्न नेता खाँणले सहकारीलाइ सुझाव दिनु भयो ।
सोही अवसरमा भारतमा हालै सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दशबर्ष मुनीको समूहबाट स्वर्ण पदक बिजेता अमिसा पोखरेल र शंकरनगर खानेपानी उपभोक्ता समितिको उपाध्यक्षमा निर्वाचित शेयर सदस्य किशोर सुवेदीलाइ पनि सम्मान गरियो ।
तिलोत्तमा बहुमुखी सहकारी संस्थाका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षता, उपाध्यक्ष हरि तिवारीको स्वागत, सचिव र्पावती थापाको संचालनमा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष यमबहादुर खत्री, सहकारीको सिष्टर सोसाइटी क्लबका अध्यक्ष यादा क्षेत्री लगायतले बोल्दै सहकारीले स्वरोजगार मुलक क्षेत्रमा लगानी गरी आफ्ना शेयर सदस्यलाइ आत्मनिर्भर बनाउने काममा लागेको बताउनुभयो । ४० करोड बढीको कारोबार रहेको सहकारीमा ३२ सय शेयर सदस्य छन् ।
सहकारीले तिलोत्तमा उद्योग बाणिज्य संघको अयोजनामा भइरहेको औद्योगिक व्यापार मेलामा आफ्ना शेयर सदस्यहरुले उत्पादन गरेका सामाग्रीहरुको बजार प्रबद्र्धन गर्ने उद्देस्यले सहकारी अन्तरगतकै सिष्टर सोसाइटी क्लबको स्टल समेत राखेको सहकारीका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

काँग्रेसलाइ बलियो बनाउन एकजुट बनौं :नेता खाँण


नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाली काँग्रेसलाइ बलियो बनाएर अगाडी बढाउन नेता कार्यकर्ता सबै एकजुट हुनुपर्ने बताउनु भएको छ ।
काँग्रेसको तिलोत्तमा नगरसमिति वडा नं २ ले शनिबार आयोजना गरेको क्रियाशील सदस्यता बितरण तथा बनभोज कार्यक्रमलाई सम्बोधन गर्दैैै नेता खाँणले कार्यकर्ता पंक्तिनै पार्टीको मुल जग भएकाले व्यक्तिबादी प्रबृत्ति त्यागेर एकजुट हुन नेता कार्यकर्ताहरुलाइ आग्रह गर्नुभयो ।
दुइ तिहाइको सरकारले आम जनताको हितमा काम गर्नुको साटो उल्टै जनताका मौलिक अधिकारहरु समेत हनन गरी शक्ति केन्द्रिकृत गरिरहेकाले त्यसका बिरुद्ध स्थानीय तहदेखि नै शसक्त खबरदारी गर्न पनि नेताकार्यकर्तालाइ नेता खाँणले आग्रह गर्नुभयो ।
वडा नं. २ का सभापति तिर्थराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, जिल्ला सदस्य कृष्ण गौतम, महिला संघका सभापति गंगा शाही, वडाका उपसभापति पुर्णबहादुर खत्री, सचिव कुलप्रसाद पराजुली लगायतयले बोल्नु भएको थियो । कार्यक्रममा करिब १ सय जनालाइ पार्टीको क्रियाशील सदस्यता बितरण गरिएको थियो ।

≪ Previous Post

सामान्य विवादमा चक्कु प्रहार गरी हत्या, हत्या गर्ने पक्राउ

Next Post ≫

मणिग्राम मेलामा दोस्रो दिन १५ हजार दर्शक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क