Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सामान्य विवादमा चक्कु प्रहार गरी हत्या, हत्या गर्ने पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सामान्य विवादमा चक्कु प्रहार गरी हत्या, हत्या गर्ने पक्राउ

संसारपोस्ट संवाददाता · १० माघ २०७६ · 0
सामान्य विवादमा चक्कु प्रहार गरी हत्या, हत्या गर्ने पक्राउ
90
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



नवलपरासी, १० माघ । पश्चिम नवलपरासीमा चक्कु प्रहार गरी हत्या गर्ने सुनवल नगरपालिका ३ कृतिपुरका २० बर्षीय महादेव पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सुनवल ३ कृतिपुरका २० बर्षीय महादेव पुनले उनका साथी २३ बर्षीय संयाजक गुरुङ र कास्कीको पोखरा महानगरपालिका १ का २४ बर्षीय जगदिश गुरुङलाई चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते पोखराका जगदिश गुरुङको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । अर्का घाइते संयोजक गुरुङ उपचार पछि घर फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार केही दिन अघि चिनजान भएका यि ३ जनाबीच फोनमा एकले अर्कालाई अपशब्द प्रयोग गरी गाली गरेपछि झगडा भएका थियो ।
मादक पदार्थ सेवन गरेपछि मंगलबार राति संयोजक गुरुङ र जगदिश गुरुङले फोन गरेर महादेव पुनलाई गाली गरेपछि दुवैले दुवैलाई अपशब्द प्रयोग गरेपछि ३ जना बीच विवाद भएको थियो ।
फोनमा विवाद भएपछि संयोजक र जगदिश राति नै महादेवको घर आएर झगडा गरेपछि दुवै पक्षबीच हात हालाहाल हुँदा महादेवले घरमा रहेको चक्कु निकालेर दुवैलाई चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
घटना पछि फरार रहेका महादेवलाई प्रहरीले बुधबार उनकै घर नजिकैबाट लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।

≪ Previous Post

रुपन्देही व्यापार संघको तेस्रो पूर्ण बैठक

Next Post ≫

राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य खाँणलाई सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क