Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही व्यापार संघको तेस्रो पूर्ण बैठक
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही व्यापार संघको तेस्रो पूर्ण बैठक

संसारपोस्ट संवाददाता · १० माघ २०७६ · 0
रुपन्देही व्यापार संघको तेस्रो पूर्ण बैठक
60
SHARES
ShareTweet

पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारी बांडफांड


बुटवल, १० माघ । रुपन्देही व्यापार संघको तेस्रो पूर्ण बैठक शुक्रवार संघको कार्यालयमा बसेको छ । बैठकले संघको गतिविधिलाई व्यवश्थित रुपमा अगाडी बढाउन तथा नियमित कामलाई चुस्तदुरुस्त बनाउन आवश्यक निर्णयहरु गरेको संघका महासचिव दयानिधि भण्डारीले जानकारी गराउनु भयो ।
संघको हालै पर्यटकिय स्थल लमजुङको घले गाउमा सम्पन्न रणनीतिक कार्यशाला गोष्ठिमा भएको छलफल र गोष्ठिले निकालेका निश्र्कषलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै जिम्मेवारी बाडफाड गरिएको छ । महासचिव भण्डारीका अनुसार बैठकले संघका कामलाई व्यवसायीमुखी बनाउदै सबै क्षेत्रका समस्याको पहिचान गर्ने र समाधानका लागि समन्वय गर्ने जिम्मेवारीसहित संघका पदाधिकारी तथा सदस्यहरुलाई बाडफाड गरिएको छ ।
बैठकले सामाजिक उत्तरदायित्व पुरा गर्ने लक्ष्यसहित सरकारी तथा गैरसरकारी क्षेत्रमा संघको उपश्थितिका लागि तथा संगठनात्मक र समन्वयात्मक हिसाबले व्यापार, व्यवसायको प्रकृति अनुसार जिम्मेवारी दिइएको संघका अध्यक्ष यमलाल लोहनीले बताउनु भयो ।
बैठकले संघका निर्वमान अध्यक्ष पदमप्रसाद श्रेष्ठलाई अध्ययन, अवलोकन भ्रमण तथा अनुगमन, वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद घिमिरेलाई सरकारी तथा गैरसरकारी संघसंस्था समन्वय, प्रथम उपाध्यक्ष डिल्लीराज भण्डारीलाई संगठन सुदृढिकरण,विस्तार एवं परिचालन, द्वितिय उपाध्यक्ष प्रकाश ढकाललाई सचिवालयमा समन्वय, महासचिव दयानिधी भण्डारीलाई संगठन तथा सचिवालय एवं प्रशासनीक व्यवस्थापन, सूचना र संचार, प्रमाणिकरण एवम् संघको प्रवक्ता, कोषध्यक्ष दिपक अधिकारीलाई कोष तथा लेखानियन्त्रणको व्यवस्थापन, आर्थिक स्रोत पहिचान तथा कार्यान्वयन, सचिव नामदेव पाण्डेलाई अभिलेख व्यवस्थापन तथा महासचिवको काममा सहयोग, सह–सचिव फर्सुराम पन्तलाई वस्तुगत उपसमितिहरुको गठन, पुर्नगठन एवम् परिचालन, सहकोषाध्यक्ष ऋषिराम पाण्डेलाई आर्थिक संकलन तथा कोषाध्यक्षको काममा पूर्ण सहयोग गर्ने जिम्मेवारी दिएको छ ।
यसैगरि सदस्यहरुतर्फ व्यवसायको प्रकृति अनुसार जिम्मेवारि दिइएको छ । जसमा मनिराम खनाल (मणि)लाई खुद्रा तथा किराना व्यवसायी, मेघनाथ पौडेललाई तरकारी,फलफूल,फिड्स,कृषिजन्य तथा मासुजन्य, ठाकुरप्रसाद आचार्यलाई अटोमोवाइल्स, रिकण्डिसन तथा साइकल, लक्ष्मण प्रसाद ज्ञवालीलाई हार्डवेयर, रितेश ज्ञवालीलाई युवा उद्यमी, विष्णुप्रसाद घिमिरेलाई सिसा, फर्निचर तथा फर्निसि·, विनित भट्टराईलाई आई.टी. तथा सूचना प्रविधि, वृन्दा आचार्य भट्टराईलाई पेट्रोलियम पदार्थ, ग्यास तथा सौर्यउर्जा, मनिमदिन मियालाई कस्मेटिक तथा श्रृंगार, खिमानन्द पोखरेललाई सालझण्डी शाखा, पूर्णप्रसाद काफ्लेलाई सेमलार शाखा, झविन्द्र प्रसाद अधिकारीलाई गल्ला, खाद्यन्न तथा दुग्धजन्य, प्रकाशराज पौडेललाई टायल,मार्वल तथा रंगरोगन, शोभाकुमारी जोशी क्षेत्रीलाई महिला उद्यमी, मनहरि बस्याललाई प्रेस, पुस्तक तथा स्टेशनरी, अर्जुनप्रसाद भट्टराईलाई जुत्ताचप्पल, बालकृष्ण बस्याल फेन्सी रेडिमेड (होलसेल तथा रिटेल), गेहेन्द्रराज न्यौपानेलाई डिलर्स तथा पेयपदार्थ, हरिबहादुर गहतराजलाई सुनचा“दीको जिम्मेवारी दिइएको छ ।
यसैगरि मार्नाथ सदस्य बैकुण्ठप्रसाद कोइरालालाई औषधि, प्रेमनाथ पाण्डेलाई व्याग तथा थान कपडा, केशवप्रसाद खनाललाई इलेक्ट्रिक, इलेक्ट्रोनिक्स तथा भिडियोग्राफी, कृष्णप्रसाद अर्याललाई भा“डा तथा प्लाष्टिक, राजेन्द्र ढकाललाई पर्यटन प्रवद्र्धन र मिलन सुनारलाई होटल तथा रेष्टुरेण्टको जिम्मेवारी दिइएको छ ।
बैठकले महासचिव दयानिधि भण्डारीको संयोजकत्वमा बुलेटिन प्रकाशन समिति गठन गरेको छ । जसमा सदस्यहरुमा ऋषिराम पाण्डे, मनिमदिन मिया, रितेश ज्ञवाली, झविन्द्रप्रसाद अधिकारी, शोभाकुमारी जोशी क्षेत्री, कृष्णप्रसाद अर्याल, केशवप्रसाद खनाल, राजेन्द्र ढकाल रहनु भएको छ । यसैगरि सचिव नामदेव पाण्डेको संयोजकत्वमा क्यालेण्डर प्रकाशन समिति गठन गरेको छ । जसमा सहसंयोजक फर्शुराम पन्त र सदस्यहरुमा ठाकुप्रसाद आचार्य, वृन्दा भट्टराई आचार्य, अर्जुन भट्टराई, प्रकाशराज पौडेल, प्रेमनाथ पाण्डे रहेका छन् ।
बैठकले संघका सल्लाहकार सूर्यबहादुर भट्टराई लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा नियुक्ति हुनुभएकोमा, संघका कार्यसमिति सदस्य मेघनाथ पौडेल लुम्बिनी तरकारी, फलफूल तथा थोक व्यवसायी संघको महासचिवमा निर्वाचित हुनुभएकोमा र मानार्थ सदस्य बैकुण्ठप्रसाद कोइराला औषधि व्यवसायी संघको सल्लाहकार मनोनित हुनुभएकोमा बधाई व्यक्त गरेको छ ।
वैठक संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता, महासचिव दयानिधी भण्डारीको संचालनमा भएको थियो । बैठकमा पूर्व अध्यक्ष श्रीकृष्ण पोखरेल र निवर्तमान अध्यक्ष पदमप्रसाद श्रेष्ठले मन्तव्य राख्नु भएको थियो ।

≪ Previous Post

त्रिवेणीमा माघे औंसीमा मेला

Next Post ≫

सामान्य विवादमा चक्कु प्रहार गरी हत्या, हत्या गर्ने पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क