Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेशको स्थायी राजधानी बुटवल नै हुनुपर्छः खाँण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेशको स्थायी राजधानी बुटवल नै हुनुपर्छः खाँण

संसारपोस्ट संवाददाता · १० माघ २०७६ · 0
प्रदेशको स्थायी राजधानी बुटवल नै हुनुपर्छः खाँण
70
SHARES
ShareTweet


तिलोत्तमा, १० माघ ।
नेपाली कांगे्रस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले प्रदेश पांचको स्थायी राजधानी रुपन्देहीको विकल्प हुन नसक्ने बताएका छन् । सुगमता, भौतिक पूर्वाधार, सुरक्षा, यातायात, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक गतिविधि र भौगौलिकताको हिसावले पनि प्रदेशको राजधानी रुपन्देहीमा नै उचित हुने उनले बताए ।
तिलोत्तमा उद्योग वाणिज्य संघले शुक्रबारदेखि आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव उद्घाटन गर्दै नेता खांणले यस्तो बताएका हुन् । पूर्व रक्षामन्त्री समेत रहेका खांणले पूर्वाधारको हिसावले प्रदेश पांचको राजधानी रुपन्देहीको पनि बुटवलमा उपयुक्त हुने उल्लेख गर्दै रुपन्देहीमै स्थायी राजधानी बनाउने गरी पहल गर्न प्रदेश सरकारलाई आग्रह गरे ।
नेपाली कांगे्रसका केन्द्रीय सदस्य खांणले सरकारले संविधानको प्रतिकुलमा काम गरेको आरोप लगाउंदै सरकारले जनतालाई मालिक बनाउने बेला आफै मालिक बन्न खोजेको बताए । जनतालाई सुरक्षा दिने र अधिकार दिने प्रमुख दायित्व सरकारको भएको उल्लेख गर्दै उनले आफ्नो प्रमुख दायित्वलाई सरकारले आत्मसाथ गर्न नसकेको दावी गरे ।
सरकारले आफुलाई मालिक सम्झनु संविधान बिपरित भएको बताउंदै लोकतान्त्रिक परिपाटीमा सर्वेसर्वा जनता भएको खाणको भनाइ छ । उनले मुलुकको आर्थिक सम्मृद्धिको लागि हरेक नागरिकलाई उत्पादनको क्षेत्रसंग जोड्ेर जनताको आर्थिक वृद्विदर बढाउनुको विकल्प नभएको बताए ।
उद्योगीहरुको लगानी संरक्षण गर्ने र लगानीमैत्री वातावरण बनाउने दायित्व सरकारको भएको उल्लेख गर्दै नीजि क्षेत्रका उद्योगी व्यवसायीको समस्यामा गम्भीर हुनुपर्नेमा जोड दिए । तिलोत्तमाको विकासले समग्र रुपन्देहीको विकासलाई माथि उठाउने उल्लेख गर्दै रुपन्देहीको विकासले देशको विकासमा टेवा पु¥याउने नेता खांणको तर्क छ ।
प्रदेश सांसद रमा अर्यालले उद्योगी व्यवसायीलाई स्वतन्त्र रुपमा उद्योग सञ्चालनका लागि सरकारले वातावरण सिर्जना गर्न नसकेको बताइन् । सरकार उद्योगी व्यवसायीको अभिभावक बन्न नसकेको आरोप लगाउंदै आम्दानीका श्रोतका आधारमा मात्र कर उठाउनु पर्ने उनले बताइन् ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले मेला तथा महोत्सवले स्थानीय कला, संस्कृति, उद्योग पर्यटनको विकासमा सहयोग पु¥याउने बताए । उनले हरेक वर्ष मेला महोत्सव आयोजना गर्दा निर्माण गरिने अस्थायी संरचनामा लाखौलाख हुने खर्चलाई रोक्ने गरी स्थायी संरचना बनाउनु पर्ने र स्थायी संरचनाका लागि तिलोत्तमा नगर सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
तिलोत्तमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले सम्मृद्ध नगर बनाउनका लागि उद्योगी व्यवसायीबाट कर उठाउनु पर्ने उल्लेख गर्दै तिलोत्तमाले अन्य स्थानीय सरकारले भन्दा कम कर उठाएको बताइन् । मेला आयोजक संस्थाका अध्यक्ष गुणनीधि भण्डारीले पुराना नीति नियमका कारण उद्योगी व्यवसायीले नयां उद्योग सञ्चालनमा समस्या भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठले उद्योग व्यवसाय नफस्टाउंदासम्म देशको आर्थिक सम्मृद्धि हुन नसक्ने बताए ।
सरकारका नीति नियम गलत भएकाले उद्योग व्यवसाय फस्टाउन नसकेको दावी गर्दै सरकारले गर्ने काम नीजि क्षेत्रले गरेको उनले बताए । कार्यक्रममा नेपाली कांगे्रस रुपन्देही सभापति अब्दुल रज्जाक, तिलोत्तमा नगरपालिका वडा नम्बर पांचका वडाध्यक्ष चेतनारायण भण्डारी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल, तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्र कंडेल, तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहाकार चन्द्रमान श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, महासचिव कमल कंडेल लगायतले बोल्दै लगानीमैत्री वातावरण बनाइ दिन सरकारसंग माग गरे । कार्यक्रममा विभिन्न झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो । १५ करोडको आर्थिक कारोवार हुने र ३ सय बढी स्टल रहेको मेलामा ५ लाख दर्शकले अवलोकन गर्ने आयोजकहरुको अपेक्षा छ ।

≪ Previous Post

शाइन रेसुङ्गा बैंक र ई–सेवा बीच सम्झौता

Next Post ≫

मणिग्राममा ब्यापार मेला शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क