Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मणिग्राममा ब्यापार मेला शुरु
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मणिग्राममा ब्यापार मेला शुरु

संसारपोस्ट संवाददाता · १० माघ २०७६ · 0
मणिग्राममा ब्यापार मेला शुरु
40
SHARES
ShareTweet

प्रदेश राजधानी बदल्न नखोज : काँग्रेस नेता खाँण



बुटवल, १० माघ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र सार्ने कुरा नसोच्न मुख्यमन्त्री र सभामुखलाई आग्रह गर्नुभएको छ । उहांले बुटवललाई अस्थायी राजधानी लहडका भरमा नतोकिएको उल्लेख गर्दै यहांबाट सार्ने प्रयत्न भए असहज परिणाम आउने चेतावनी दिनुभयो । ‘हुन त यो प्रदेशसभाको अधिकार क्षेत्रको कुरा हो, तर दलको निर्णयका आधारमा हुने भएकाले प्रदेशका मुख्यमन्त्री, सभामुख र प्रदेश सांसदहरुलाई आग्रह गर्छु,अहिलेको राजधानी बदल्न नखोजौं’– रुपन्देहीको मणिग्राममा दोस्रो औद्योगिक ब्यापार मेलाको उद्घाटन गर्दै खांणले भन्नसभयो –‘बुटवलबाट दायाँबायाँ गर्ने र अल्झाउने काम भए यसले सहज परिणाम ल्याउंदैन अन्तराष्ट्रिय पहिचान र तागत बोकेको लुम्बिनी, सुरक्षा व्यवस्था,अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन, शिक्षा, स्वास्थ्य, यातायातको सुगमता आदि पर्याप्त पुर्वाधारका आधारमा प्रदेश राजधानी बुटवलको विकल्प सोच्न नसकिने खांणले तर्क गर्नुभयो । अन्य प्रदेशहरुले स्थायी राजधानी पाइसकेकाले अब प्रदेश ५ ले पनि ढिला नगरी बुटवललाई निरन्तरता दिनुपर्ने उहांले बताउनु भयो । ‘अब जनतालाई अल्मल्याउने काम गर्न हुंदैन’–खांणले भनुभयो ‘यसले जनता, प्रदेश र देशलाई नै हित गर्दैन ।’ भुगोलका आधारमा मध्य भागमा नै राजधानी हुनुपर्छ भन्ने मान्यता उचित नभएको र अन्य प्रदेशको पनि मध्य भागमा राजधानी नभएकाले प्रदेश ५ का हकमा पनि बुटवलबाट दायांबाया नगर्न खांणले आग्रह गर्नुभयो ।


सरकारले मिडिया काउन्सील,सूचना प्रविधि,सम्पत्तिको हक, ,गोपनियताको हक, मानवअधिकार लगायत जनताका अभिव्यक्ति स्वतन्त्रता र मौलिक हक कुण्ठित गर्ने खालका विधेयकहरु ल्याएर निरंकुश बन्न खोजेको खांणले आरोप लगाउनसभयो । नेपाली जनताले अब कुनै पनि खालको निरंकुशता स्वीकार नगर्ने स्पष्ट पार्दै आफूलाई मालिक र जनतालाई सेवक ठान्ने सोंच र व्यवहार बदल्न सरकारलाई आग्रह गर्नुभयो । सरकारले संविधानको प्रतिकूलतामा काम गर्न खोजेर संविधान उल्लंघनको प्रयास गरेको भन्दै खांणले संविधान विपरित नजान सुझाव दिनुभयो । मुलुकमा लगानीमैत्री वातावरण बनाउने र लगानीको सुरक्षा गर्ने दायित्व सरकारको भएपनि वर्तमान सरकारबाट यी काम हुन नसकेको र उद्योगी व्यवसायी निराश भएको खांणले उल्लेख गर्नुभयो । तिलोत्तमा नगरपालिका रुपन्देहीको मध्य भागमा रहेकाले सुन्दर भविष्यलाई दृष्टिगत गरी योजनावद्ध विकासको गतिमा अघि बढ्न खांणले आग्रह गर्नुभयो ।
प्रदेश सभा सदस्य रमा अर्यालले सरकारले नीजि क्षेत्र र जनताका अधिकार कटौति गर्दै निरंकुश बाटोमा अघि बढ्दा लगानीमैत्री वातावरण बन्न नसकेको बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा क्षेत्र लगानीका लागि भर्जिन ल्याण्ड रहेको उल्लेख गर्दै लगानीकर्तालाई रोजगारी र लगानीका आधारमा कर छुट लगायत सुविधा दिइएको बताउनुभयो । उहांले तिलोत्तमामा कृषि,उद्योग र पर्यटनको प्रचूर संभावना रहेको उल्लेख गर्नुभयो ।
स्थानीय उत्पादनको बजार प्रवद्र्धन र मेला महोत्सव आयोजना गर्न नगरपालिकाले स्थायी प्रदर्शनी स्थलका लागि जग्गा उपलब्ध गराउन तत्पर रहेको बताउनुभयो ।
महोत्सव आयोजक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले मेला सञ्चालनका लागि आफ्नै जग्गा र स्थायी संरचना नहुंदा जग्गा र अस्थायी संरचनामा हरेक वर्ष लाखौं रुपैयां अनुत्पादक रुपले खेर गइरहेको गुनासो गर्नुभयो । उहांले स्थानीय उत्पादनको बजारिकरण, कृषि र पर्यटन प्रवद्र्धन र यस क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न ‘तिलोत्तमामा लगानी समृद्धिको सुनौलो बिहानी’ नारा तय गरिएको बताउंदै महोत्सवले लगानीमैत्री वातावरण निर्माणमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सव उद्घाटनका अवसरमा पुर्वमन्त्री अब्दुल रज्जाक, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, व्यवसायी बालकृष्ण भुसाल, तिलोत्तमा च्याम्बर अफ कमर्सका अध्यक्ष जेपी कंडेल, तिलोत्तमा ५ का अध्यक्ष चेतनारायण भण्डारी, संघका सल्लाहकार चन्द्रमान श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, महासचिव कमलप्रसाद कंडेल लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।
महोत्सव उद्घाटनअघि मंगलापुरचोक र नयांमिलचोकबाट ६० बढी संघसंस्थाको सहभागितामा विभिन्न झाँकी, चेतनामुलक प्रचारप्रसार सहितको ¥याली निकालिएको थियो । माघ २१ गतेसम्म चल्ने महोत्सवमा तीन सय स्टल रहेका छन् । महोत्सव पांच लाख दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैया बराबरको आर्थिक कारोबार हुने आयोजकको लक्ष्य छ । महोत्सवमा शनिबारदेखि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र सांगीतिक कार्यक्रम सञ्चालन हुने सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङले जानकारी दिनुभयो ।

≪ Previous Post

प्रदेशको स्थायी राजधानी बुटवल नै हुनुपर्छः खाँण

Next Post ≫

पर्यटन व्यवसायीलाई सौतेलो व्यवहार गरिने छैन ः प्रण्चड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क