Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा व्यापार मेलाको तयारी पूरा, उदघाटन अघि जनचेतना ¥याली
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा व्यापार मेलाको तयारी पूरा, उदघाटन अघि जनचेतना ¥याली

संसारपोस्ट संवाददाता · ९ माघ २०७६ · 0
तिलोत्तमा व्यापार मेलाको तयारी पूरा, उदघाटन अघि जनचेतना ¥याली
90
SHARES
ShareTweet

बुटवल ९ माघ
रुपन्देहीको तिलोत्तमा मणिग्राममा शुक्रबारदेखि आयोजना हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । मेला उदघाटन अघि तिलोत्तमाको नयाँमिल र मंगलापुरबाट जनचेतनामूलक ¥याली निकालिंदै छ ।
‘तिलोत्तमामा लगानी ः समृद्धिको सुनौलो बिहानी’ नारासहित तिलोत्तमा नगरपालिकाको मणिग्राममा तिलोत्तमा उद्योग बाणिज्य संघले दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव गर्न लागेको हो । उदघाटनअघि निकालिने ¥यालिमा नगरभित्रका विभिन्न संघसंस्था, टोलविकास समिति, आमा समूह, विद्यालय लगायतको सहभागिता रहने संघका अध्यक्ष गुणनिधी भण्डारीले जानकारी दिनु भयो । विभिन्न झाँकी, पन्चेबाजा सहित निकालिने ¥याली दुवै स्थानबाट बिहान १० बजे सुरु भै मेलास्थलमा पुग्नेछ । ¥यालीमा सहभागी संघसंस्थामध्येबाट उत्कृष्ट छनौट गरी पुरस्कृत समेत गरिने अध्यक्ष भण्डारीले बताउनु भयो ।
स्वदेशी र विदेशी गरी तीन सय स्टल सहभागी हुने महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा ५ लाख दर्शकलाई अवलोकन गराउने र १५ करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको अध्यक्ष भण्डारीले बताउनु भयो । मेलामा टिकटको सहज व्यवस्थापन हुने गरी वातावरण मिलाइएको संघका कोषाध्यक्ष एवं आर्थिक समिति संयोजक सुरज पंगेनीले जानकारी दिनु भयो ।
कृषि, ब्यापार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको मेलामा लुम्बिनी भ्रमण वर्ष र नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने गरी सातै प्रदेशभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरुको फोटो र वृत्तचित्र प्रदर्शन गरिने छ । सामाजिक उत्तरदायित्व अन्तर्गत महोत्सवमा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग संकलन गरिने भएको । महोत्सवमा तिलोत्तमामा पहिलोपटक नेपाली व्यवसायीकै बाल उद्यान राखेर नेपाली मुद्रा विदेश जान रोकिएको अध्यक्ष भण्डारीले बताउनु भयो । मेलामा मायादेवी मन्दिर आकारमा गेट निर्माण गरिएको छ ।
मेलामा कृषि, पर्यटन र ऐतिहासिक क्षेत्रको प्रवद्र्धन र यस क्षेत्रमा लगानी भित्र्याउन गोष्ठी र अन्तत्र्रिmया गरिने संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले बताउनु भयो । महोत्सवमा अशक्त, अपांग र संस्थागतरुपमा समूहमा आउने विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । विभिन्न जिल्लाबाट भ्रमणमा आउने भ्रमण टोलीलाई पनि निःशुल्क अवलोकन गराइने आयोजकले जानकारी गराएका छन् । मेलाको शुक्रबार दिउँसो १ बजे नेपाली काँग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले उदघाटन गर्ने कार्यक्रम छ ।
यसैबीच, मेलाकै सन्दर्भमा एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदी, कोरियाको विदेश विभाग युनिभर्सिटीका पुर्व प्रमुख ओन ह्यू दाउ ख्याङ, र तिलोत्तमा उद्योग बाणिज्य संघबीच छलफल भएको छ ।
छलफलका क्रममा पुर्व प्रमुख प्याङले नेपालमै रोजगारीका प्रशस्त संभावना रहेकाले यहीं रोजगारी गर्न र कोरिया आउनै परे गैरकानुनी ढंगले नआउन आग्रह गर्नु भयो । कोरियामा उच्च शिक्षा, वास्तविकता र संभावना अन्तर्गतको घुम्ती शिविर नेपालका विभिन्न ठाउँमा सञ्चालन गरिएको भन्दै उहाँले नेपालमा ठगिएर कोरिया नआउन र कोरिया आएर ठगिनु भन्दा कानुनी बाटो अवलम्न गरी आउन आग्रह गर्नु भयो । रुपन्देहीमा यो कार्यक्रमका संयोजक रहेका तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारीले कोरियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि आफूले पनि समन्वय गर्न सक्ने भन्दै यो कार्यक्रमको लागि धन्यवाद दिनु भयो ।

≪ Previous Post

दोस्रो ठूलो नाकाभैरहवामा :तस्करीले भन्सार राजस्व असुलि लक्ष्य पुरा हुन सकेन

Next Post ≫

शाइन रेसुङ्गा बैंक र ई–सेवा बीच सम्झौता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क