Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दोस्रो ठूलो नाकाभैरहवामा :तस्करीले भन्सार राजस्व असुलि लक्ष्य पुरा हुन सकेन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दोस्रो ठूलो नाकाभैरहवामा :तस्करीले भन्सार राजस्व असुलि लक्ष्य पुरा हुन सकेन

संसारपोस्ट संवाददाता · ९ माघ २०७६ · 0
दोस्रो ठूलो नाकाभैरहवामा :तस्करीले भन्सार राजस्व असुलि लक्ष्य पुरा हुन सकेन
110
SHARES
ShareTweet


नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७६र०७७ को पुस मसान्तसम्म लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा कम राजस्व सङ्कलन गर्नुको कारण चोरी तस्करी भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । चालू आवको पुस मसान्तसम्म अर्थ मन्त्रालयले भैरहवा भन्सार कार्यालयलाई रु ५४ अर्ब ८१ करोड सात लाख ४८ हजारको लक्ष्य दिएको थियो । सो सात महिनाको अवधिमा भैरहवा भन्सार कार्यालयले रु ४५ अर्ब ४६ करोड ३२ लाख ८७ हजार मात्र राजस्व सङ्कलन गरेको छ ।
उक्त तथ्याङ्क हेर्दा रु नौ अर्ब ३४ करोड ७४ लाख ६१ हजार कम राजस्व सङ्कलन भएको देखिन्छ । चोरी तस्करी अत्यधिक बढ्नु कपिलवस्तु तथा नवलपरासीमा नयाँ भन्सारको स्थापना तथा सामान आयातमा कमी जस्ता विषयका कारण राजस्व सङ्कलन लक्ष्यअनुरुप पुग्न नसकेको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिनुभयो । विशेष गरी नेपालको राजस्व सङ्कलनको मुख्य मेरुदण्डका रुपमा रहेको भैरहवा भन्सार कार्यालयमा राजस्व सोचेअनुरुप सङ्कलन हुन नसक्नु चोरी, तस्करी मुख्य रहेको स्थानीयको समेत भनाइ छ ।
सो भन्सारबाट खोटो रोजिन, जडीबुटी, प्लाष्टिकको नालीपाइप, दाल, चिनी, चोकर, भुस, प्लाष्टिक बोतल, वियर पुराना कपडा तथा लुगाफाटा, प्लाष्टिक पाइप फिटिङ, चाउचाउ ९नुडल्स०, मसला, पिना, अदुवा, सुठो र रद्दी कागज जस्ता समान भारतलगायत तेस्रो मुलकमा निकासी हुने गरेको छ । आयातीत वस्तुमा एमएस ब्लेट, डिजेल, पेट्रोल जिप, कार भ्यानलगायतका सवारी साधन पेट्रोलियम पदार्थ, कोइला, पोलिथिन दाना, तेल, धुलो दूध, मार्बल, मोटर गाडीका पार्टपूर्जा, कागज, मेसिनरी पाटर्स, खाद्यान्न, माछा, विद्युतीय सामग्री रहेको भन्सार कार्यालयको सूचना शाखाले जानकारी दिएको छ । उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले लक्ष्यभन्दा कम राजस्व उठ्नुको कारण मुख्य चोरी तस्करी भएको बताउनुहुन्छ ।
रुपन्देहीमा रहेका सबै सीमा क्षेत्रबाट दैनिक करोडौँ मूल्यका भारतीय सामान विनाभन्सार चोरी बाटो हुँदै नेपाल आउने गरेको बताउँदै उद्योग व्यापार सङ्गठनका अध्यक्ष भण्डारीले स्थानीय प्रशासनले ध्यान दिए यसको नियन्त्रण हुने बताउनुहुन्छ । चोरी तस्करी नियन्त्रण समयमै सरकारले गर्न सकेन भने राजस्व सङ्कलनमा मात्र नभएर नेपालका सबै उद्योग व्यसायीका निम्ति समस्या सिर्जना हुने अध्यक्ष भण्डारीको दाबी छ । नेपाल भन्सार एजेन्ट महासङ्घका केन्द्रीय अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका निवर्तमान वरिष्ठ उपाध्यक्ष डा शान्तकुमार शर्माले भन्सारको लक्ष्यअनुरुपको राजस्व सङ्कलन नहुनु भन्सार नीति र भन्सार प्रमुखको ठूलो भूमिका रहने बताउनुहुन्छ । चोरी तस्करी नियन्त्रणका लागि खासै पहल नहुनु र विनाभन्सार भन्सारको दायाँबायाँबाट ठूलो परिमाणमा तस्करी भई नेपालतर्फ विभिन्न सामान ल्याउनु पनि कारण रहेको अध्यक्ष शर्माका भनाइ थियो ।
रासस

≪ Previous Post

अख्तियारद्धारा वन कार्यालयका प्रमुख श्रेष्ठ पक्राउ

Next Post ≫

तिलोत्तमा व्यापार मेलाको तयारी पूरा, उदघाटन अघि जनचेतना ¥याली

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क