बुटवल माघ
बुटवलमा रहेको रोडिज अटो मार्ट प्रा.लि दोस्रो बर्षमा प्रबेश गरेको छ । बुटवल चौराहामा रहेको मार्ट अटोसम्बन्धि काम गर्ने उत्कृष्ट मार्टका रुपमा चिनिन्छ । प्रालीले बार्षिकउत्सबको अबसरमा देविनगरमा रहेको नेपाल अपाङग आश्रममा खाद्यान्य सहयोग गरेको छ ।
मार्टले बार्षिक उत्सवको अवसरमा अपाङगआश्रममा पुगेर खाद्यान्य सामाग्री वितरण गरेको हो । मार्टका अध्यक्ष विजय कुमार
कार्कीले आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई करिव ५० हजार मुल्य बराबरको खाद्यान्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा बोल्दै मार्टका अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व अनुसार आश्रममा सहयोग गरेको बताउनु भयो ।
उहाँले आश्रमको पुर्वाधार विकास एवं खाद्यान्य सहयोगमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै आश्रममका अध्यक्ष रामदामले आश्रमलाई दिगो रुपमा सञ्चालन गर्न अक्षयकोष समेत बनाएकाले अक्षयकोषमा
पनि सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रम सुदीप विक्रम कार्कीको स्वागत तथा दिपक न्यौपानेकोे सञ्चालनमा सम्पन्न भएको थियो ।