Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानीय उत्पादनलाई स्थान दिन सुझाव
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानीय उत्पादनलाई स्थान दिन सुझाव

संसारपोस्ट संवाददाता · ७ माघ २०७६ · 0
औद्योगिक व्यापार मेलामा स्वदेशी र  स्थानीय  उत्पादनलाई स्थान दिन सुझाव
120
SHARES
ShareTweet


बुटवल, ७ माघ । तिलोत्तमा नगर क्षेत्र भित्रका टोल विकास संस्था तथा आमा समूहहरुले तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानीय उत्पादनलाई स्थान दिन सुझाव दिएका छन् ।
मेलालाई सफल पार्ने प्रतिवद्धता जनाउदै उनीहरुले साँस्कृतिक कार्यक्रम तर्फ स्थानीय गायक र नायकलाई स्थान दिन आग्रह गदै आमा समूहहरुलाई प्रयोग मात्र नगरी उत्कृष्टताको आधारमा उचित समान्न र पुरष्कृत गर्न समेत आग्रह गरेका छन् ।
तिलोत्तमा उद्योग वाणिज्य संघले तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो विहानी, भन्ने नाराका साथ यही माघ १० देखि २१ गतेसम्म आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव–२०७६ लाई सफल वनाउन आयोजित छलफल कार्यक्रममा सहभागी टोल विकास संस्था तथा आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुले मेला सफल पार्न महिलाहरुको भूमिका महत्वपुर्ण हुने हुदा समान्न गर्ने विषयमा कन्जुसायी नगर्न आग्रह गरेका छन् ।
उनीहरुले महिला मैत्री शौचालय निर्माण, शौचालयमा प्याड र डस्बिनको व्यवस्था गर्न आग्रह गर्दै वालवालिका सहित आउने महिलाहरुका लागि स्तनपान गराउने छुट्टै स्थानको व्यवस्था मिलाउन समेत सुझाव दिएका छन् ।


तिलोत्तमा नगरमा टोल विकास संस्था, आमा समूह र सहकारी संस्थाहरुको संन्जाल ठुलो भएकाले यी संस्थाहरुलाई परिचालन गर्न सके मेला सफल हुने विश्वास ब्यक्त गर्दै उनीहरुले सबै स्टलहरुमा मूल्य सूचिको व्यवस्था गर्न सके उपभोक्तालाई सहज हुने बताए ।
यस्तै मेलामा पोलिथिनको प्रयोग नगर्न, दुग्ध जन्य पदार्थका स्टललाई सहुलियत सहित प्राथमिकता दिन आग्रह गर्दै उनीहरुले मेला रुपन्देहीकै गौरव भएकाले सुझाव कार्यान्वयन गर्न र मेला सफल वनाउन सक्रिय सहभागिता जनाउने प्रतिवद्धता जनाएका छन् ।
छलफल कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष शुकदेव न्यौपानेले मेलाको सफलता र असफलता तिलोत्तमा नगरवासीको प्रतिष्ठासंग जोडिएकाले मेलालाई सफल बनाउने दायित्व पनि नगरवासीकै भएको बताउनु भयो । उहाँले सबैको सक्रिय सहयोग र सहभागिताले मेला सफल हुने भन्दै अन्य क्षेत्रलाई मेला तिलोत्तमाको जस्तो होस भन्ने सन्देश दिनका लागि पनि टोल विकास संस्था, आमा समूह, सहकारी संस्था लगायत सम्पुर्ण नगरवासी एकजुट भएर लाग्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
छलफल कार्यक्रममा टोल विकास तथा आमा समूहका अध्यक्ष र प्रतिनिहिरु कृष्ण प्रसाद कडेल, ढालानन्द चालिसे, सलमान खाँन, गीतादेवि न्यौपाने, टोपलाल खनाल, आशा चौधरी, वबि कुमारी भटृराई, दुर्गा खड्का, टीका राना, लेखनाथ पाण्डे र तिलोत्तमा व्यापार संघका उपाध्यक्ष रामचन्द पाण्डेलगायतले बोल्दै मेला सफल पार्नु नगरवासीका लागि सुनौलो अवसर भएकाले मेलाको प्रचार प्रसार र अन्य कार्यक्रममा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउननु भयो ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले आमा समूह र टोल विकास संस्थाहरुले दिएका सुझावहरुलाई आत्मसाथ गर्दै मेलामा सोही अनुसारको व्यवस्थापनका लागि पहल गरिने बताउनु भयो । उहाँले अपाङ्ग, असक्त तथा वृद्ध वृद्धाहरुलाई परिचय पत्रका आधारमा मेलामा निशुल्क प्रवेशको व्यवस्था मिलाईएको जानकारी गराउनु भयो । कृषि र पर्यटनलाई विशेष महत्व दिइएको मेलामा धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरुको वृत्तचित्र प्रदर्शनी, स्थानीय उत्पादन र कलाकारलाई विशेष प्राथमिकता दिनुको साथै मेला तथा र्यालीमा सहभागि जात जाती, संघ संस्था लगायत सवैलाई उचित संमान्न गरिने बताउनु भयो ।
संघका महासचिव कमल प्रसाद कंडेलको संचालनमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले मेलालाई साझा पर्वको रुपमा लिन आग्रह गर्दै स्थानीय उद्योग व्यवसायका साथै कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन हुने गरि मेला संचालन गर्न लागिएको बताउनु भयो ।
मंगलवार नै मेला स्थल मणिग्रामा आयोजित छलफल कार्यक्रममा तिलोत्तमा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रध्यानाध्यापकहरुले मेला सफल वनाउने प्रतिवद्धता जनाएका छन् ।
सामुदायिक विद्यालयका प्राध्यानाध्यापकहरुले मेला अवलोकनका लागि आउने विद्यार्थीहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाउन माग गरेका थिए । छलफल कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष डिल्लीराज भण्डारी, नेपाल शिक्षक महासंघका खेमराज पाण्डे, राम प्रसाद न्यौपाने, प्रचण्ड जिसी, नारायणी नेपाल, मन्जु पाण्डे, पदम रानालगायतले मेला सफल बनाउने दायित्व आफुहरुको पनि भएकाले तिलोत्तमा उद्योग वाणिज्य संघले दिएको जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

≪ Previous Post

सात वर्षमा हराएका वालक १२ वर्ष पछि भेटीए, परिवारमा खुशी

Next Post ≫

रोडीज अटोद्धारा अपाङग आश्रममा सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क