Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा मेला सफल पार्न दलहरुले गरे सामुहिक प्रतिवद्धता
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा मेला सफल पार्न दलहरुले गरे सामुहिक प्रतिवद्धता

संसारपोस्ट संवाददाता · ५ माघ २०७६ · 0
तिलोत्तमा मेला सफल पार्न दलहरुले गरे सामुहिक प्रतिवद्धता
80
SHARES
ShareTweet


तिलोत्तमा, ५ माघ
तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि एवं नगरमा क्रियाशिल राजनीतिक दलहरुले तिलोत्तमामा आयोजना गर्न लागिएको व्यापार मेला सफल पार्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । “तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी” भन्ने नाराका साथ तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव सबैको साझा भएकोले यसका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
आइतबार नगर प्रमुख, वडाध्यक्ष र नगरस्तरीय बिभिन्न राजनैतिक दलहरुका प्रतिनिधिहरुबीचको भेलामा उनीहरुले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन, पर्यटन र कृषि क्षेत्रको प्रवद्र्धन गर्न तिलोत्तमाको पहिचानलाई स्थापित गर्न मेला सफल हुने विश्वास समेत लिएका छन् ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले महोत्सवलाई भव्य रुपमा सफल बनाउन पुर्णरुपले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै नगरपालिकाले सुरु गरेको शुन्य पोलिथिन अभियानलाई आत्मसाथ गर्न र स्वदेशी फूलमालाको प्रयोग गर्न आग्रह गर्नु भयो । मेलाले उद्योग, व्यवसाय, कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने र यसका लागि तिलोत्तमाको पहिचान कायम गर्नेगरी अघि बढ्न पनि आयोजकलाई सुझाव दिनु भयो ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधी तिवारीले मेला तथा महोत्सवबाट यहाँका उत्पादन, भेषभुसा र संस्कृतिको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।
नेपाल कम्युनिष्ट पाटीं (नेकपा) का जिल्ला सदस्य तथा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले महोत्सव सबैको साझा पर्व जस्तै भएकाले पूर्णरुपमा सहयोग गर्ने बताउनु भयो । मेला तथा महोत्सवबाट बालउद्यानका नाममा लाखौं रकम विदेशिने गरेको उल्लेख गर्दै उनले स्वदेशी पुँजी पलायन हुनबाट रोक्ने दायित्व उद्योगी व्यवसायीको पनि भएको बताउनु भयो । उहाँले स्वदेशी उत्पादनलाई महोत्सवमा उच्च प्राथमिकता दिन आग्रह गर्नु भयो ।

नेपाली काँग्रेसका नगर सभापति हरिलाल पाण्डेले मेलामा राखिने स्टलहरु आम जनसमुदायलाई प्रभाव पार्ने खालको हुनुपर्ने बताउँदै त्यस्ता स्टलको लागि सबैको पहल हुनु पर्ने बताउनु भयो ।
जनमुक्ति पार्टीका नगर अध्यक्ष बमबहादुर थापा, तिलोत्तमा ५ का वडाअध्यक्ष चेतनारायण भण्डारी लगायतले मेला तिलोत्तमाकै प्रतिष्ठाको बिषय भएको बताउँदै मेलालाई सबै पक्षको सहकार्यमा अगाडि बढाउनुपर्नेमा जोड दिनु भयो । संस्थाका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक गुणनिधी भण्डारीले हाल सम्मको मेला तयारीको बिषयमा जानकारी गराउँदै स्वदेशकै बालउद्यानलाई मेलामा स्थान दिइएकाले यसपटक बालउद्यानका नाममा हुने पुँजी पलायन रोकिने बताउनु भयो ।
मेला यही माघ १० देखि २१ गतेसम्म तिलोत्तमा ५ मणिग्राम चोकदेखि दक्षिण, सिद्धार्थ राजमार्गको पूर्वमा सञ्चालन हुनेछ । पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको मेलामा १५ करोडको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेका छन् ।

≪ Previous Post

सूचना प्रविधि विधेयकको विरोध : नेपाली काँग्रेसले वुझायो देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Next Post ≫

प्रदेश ५ को राजधानी र नाम तोक्ने विषयमा ढिलाई नगर्न सदस्यहरुले गरे प्रदेशसभाको ध्यानाकर्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क