Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सूचना प्रविधि विधेयकको विरोध : नेपाली काँग्रेसले वुझायो देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सूचना प्रविधि विधेयकको विरोध : नेपाली काँग्रेसले वुझायो देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

संसारपोस्ट संवाददाता · ५ माघ २०७६ · 0
सूचना प्रविधि विधेयकको विरोध : नेपाली काँग्रेसले वुझायो देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र
110
SHARES
ShareTweet

बुटवल ५ माघ
नेपाली काँग्रेसले सरकारले ल्याएको सूचना प्रविधि बिधेयकको विरोधमा मुलुकभरवाट प्रधान मन्त्री समक्ष ज्ञापनपत्र कुझाएको छ ।
नेपाली काँग्रेसले सो विधेयक सच्याउन माग गर्दै आईतबार देशब्यापी रुपमा प्रदर्शन सहित सरकारलाई ज्ञापनपत्र बुझाउने पुर्व घोषित कार्यक्रम अनुसार मुलुकका ७७ वटै जिल्लामा कार्यक्रम गरिएको हो ।
काँग्रेसले मुलुकका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी ओलीलाई सूचना प्रविधि बिधेयकको विरोधमा ज्ञापन पत्र बुझाएका हो ।
नेपाली काँग्रेस रुपन्देहीले आईतवार पार्टी कार्यालय भैरहवावाट निकालेको विरोध जुलुस सहितको र्याली वजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई प्रधान मन्त्रीको ज्ञापनपत्र बझाएको हो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकको नेतृत्वमा जिल्लाभरीवाट आएका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको सहभागितामा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बझाएको सचिव रामकृष्ण खाँणले बताउनु भयो ।
ज्ञापनपत्र बुझाएपछि आयोजित सभामा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले नागरिक अधिकार र नागरिक स्वतन्त्रता बिरुद्ध सरकारले बिधेयक ल्याएको र नागरिक स्वतन्त्रता बिना लोकतन्त्र रहन नसक्ने भएकाले लोकतन्त्रको रक्षाकालागि नेपाली काँग्रेसले विधेयकको बिरोध गरेको बताउनु भयो ।
विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भएकाले नागरिक अधिकार रक्षाकालागि बिधेयकको बिरोध गरिएको वताउदै पूर्व राज्यमन्त्री समेत रहनु भएका पार्टी सभापति रज्जाकले बिधेयक नेपाली काँग्रेसले कुनैपनि हालतमा पास हुन नदिने दावी गर्नुभयो ।
संविधान प्रदत्त नागरिक अधिकार कसैले पनि खोस्न नपाईने भएकोले नागरिक अधिकार रक्षाकालागि नेपाली काँग्रेसले जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने रज्जाकले बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पुर्व सभापति राचन्द्र ढकाल र प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालले पत्रकार स्वतन्त्र नभएको मुलुकमा लोकतन्त्र वलियो र दीगो हुन नसक्ने भन्दै मौलिकहर्क विरुद्ध ल्याईएका कानुन तत्काल फिर्ता लिन माग गर्नु भएको थियो ।
उक्त विधेयकमा विचार तथा अभिव्यक्ति लेखेकै भरमा पाँच वर्ष जेल र १५ लाख रुपैया जरिवाना वा दुवै सजाँय सहितको कठोर दण्ड व्यवस्था गरिएको छ ।

≪ Previous Post

रम्भादेवी कलेजको स्वास्थ्य शिविरमा ५ सयको स्वास्थ्य परिक्षण

Next Post ≫

तिलोत्तमा मेला सफल पार्न दलहरुले गरे सामुहिक प्रतिवद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क