Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश ५ को राजधानी र नाम तोक्ने विषयमा ढिलाई नगर्न सदस्यहरुले गरे प्रदेशसभाको ध्यानाकर्षण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ को राजधानी र नाम तोक्ने विषयमा ढिलाई नगर्न सदस्यहरुले गरे प्रदेशसभाको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · ५ माघ २०७६ · 0
प्रदेश ५ को राजधानी र नाम तोक्ने विषयमा ढिलाई नगर्न सदस्यहरुले गरे प्रदेशसभाको ध्यानाकर्षण
140
SHARES
ShareTweet

बुटवल ५ माघ
प्रदेशको राजधानी र नाम तोक्ने काममा ढिलाई नगर्न प्रदेश सभाका सदस्यहरुले सभाको ध्यानाकर्षण गराउनु भयो छ ।
आईतवारदेखि सुरु भएको प्रदेश नं. ५ प्रदेश सभाको पाँचौ अधिवेशनमा सुरुमै वोल्ने प्रदेश सदस्यहरुले यो अधिवेशनले प्रदेशको राजधानी र नाम टुङ्गो लगाउनु पर्नेमा जोड दिएका छन ।
प्रदेश सभाका सदस्यहरुले प्रदेश ५ का नेपाली कांग्रेसका संसदीय दलका नेता वलदेब शर्मा पोखरेलको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।
यसैगरी उपनिर्वाचनबाट प्रदेश सभाको सदस्यमा दाङबाट निर्वाचित बिमला ओलीलाई स्वागत समेत गरेका छन ।
प्रदेश सभामा बोल्दै राष्ट्रिय जनमोर्चाको तर्फवाट प्रदेश सभा सदस्य तारा जिसीले अहिले तीब्र विवादको रुपमा देखापरेको एमसीसी खारेज गर्नुपर्ने बताउनु भयो । उहाँले एमसीसी देश र जनताको हितमा नरहेकोले यसको विरोध गर्नुपर्ने बताउनु भयो ।
समाजबादी पार्टीका सांसद सन्तोष पाण्डेले प्रदेशका जनता अझैपनि गरिवी र भोकमरीबाट आक्रान्त रहेकोले मुख्यमन्त्री खाद्य योजना समिति वनाउन माग गर्नुभयो ।
नीजि क्षेत्रले नै अहिले २०–२५ रुपैयाँमा गरिव जनतालाई खाना खुवाईरहेकोले प्रदेश सरकारले पनि कल्याणकारी कार्यक्रम मार्फत गरिव जनतालाई भोजनको व्यवस्था गर्न माग गर्नुभयो ।
उहाँले प्रदेशको नाम र राजधानीको विषय अहिले सवैको चासो र चिन्ताको विषय भएकोले यसको टुंगो यही अधिवेशनले लगाउनु पर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका फकरुद्दीन खानले जनताको गुनासो सुन्ने प्रतिनिधिहरुले प्रदेश सभामार्फत नै सरकारको ध्यानाकर्षण गराउने भएकोले लामो समयसम्म पं्रदेश सभाको अधिवेशन नगराउनु राम्रो नहुने बताउनु भयो ।
उहाँले प्रदेशको राजधानी र नाम एकमतले टुंगो लगाउन सकेमा बाहिर सन्देश राम्रो जाने र त्यसले प्रदेशकै गरिमा बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसकी निर्मला क्षेत्रीले जनताको मर्म र भावना अनुसार अव प्रदेशको राजधानी र नाम तोक्ने काममा ढिलाई नगर्न प्रदेश सभाको ध्यानाकर्षण गराउनुभयो ।
नेकपाका दिपेश थारुले जनताले अनुभूति पाउने गरी प्रदेश सभाले अव प्रदेशको राजधानी र नाम पाउने विश्वास व्यक्त गर्दै अव यही अधिवेशनले नै यसको टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो ।
नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभामा विशेष समितिले प्रतिवेदन बुझाईसकेकोले अव प्रदेशको राजधानी र नामका विषयमा छलफल गर्नुपर्ने भन्दै यही अधिवेशनबाटै त्यसको टुंगो लगाउन प्रदेश सभाका सवै सदस्यहरुलाई आग्रह गर्नुभयो ।
उहाँले प्रदेश सभाका सदस्यहरुवीचमै छलफल गरि विशेष समितिले बुझाएको प्रतिवेदनले दिएको सुझावलाई समेत मध्यनजर राख्दै छलफलबाटै राजधानी र नाम टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले सहमति र संवादकै माध्यमबाट विगतमा पनि प्रदेश सभा अघि बढेको र अव पनि प्रदेश सभालाई सहमति र सम्बादकै थलोको रुपमा अघि बढाउन सत्ता र प्रतिपक्ष नभनिकन अघि बढ्नु जरुरी रहेकोमा जोड दिनुभयो ।
त्यसअघि प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको बैठक आह्वान सम्वन्धि पत्र सभामुखले पढेर सुनाउनु भएको थियो भने चौथो अधिबेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भई आएको प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सम्वन्धि पत्र सभामुखले पढेर सुनाउनु भएको थियो । प्रदेश सभाको अर्को बैठक माघ १२ गते बस्ने भएको छ ।

≪ Previous Post

तिलोत्तमा मेला सफल पार्न दलहरुले गरे सामुहिक प्रतिवद्धता

Next Post ≫

सूचना प्रविधि विधेयक फिर्ता लिन काँग्रेसको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क