Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ युवाहरुमा रहेको लाहुरे मानसिकता सामाजिक समस्या : मुख्यमन्त्री पोखरेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

युवाहरुमा रहेको लाहुरे मानसिकता सामाजिक समस्या : मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · ४ माघ २०७६ · 0
युवाहरुमा रहेको लाहुरे मानसिकता सामाजिक समस्या : मुख्यमन्त्री पोखरेल
90
SHARES
ShareTweet


नवलपरासी, ४ माघ । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली युवाहरुमा रहेको लाहुरे मानसिकता अहिलेको ठुलो सामाजिक समस्या भएको बताउनु भएको छ । नेपाल स्काउटको ५ नम्बर प्रदेश स्तरीय आधारभुत तालिमको उद्घाटनका क्रममा नवलपरासी बर्दघाटमा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो ।
बर्दघाट स्थित सशस्त्र प्रहरीको तालिम केन्द्रमा शनिबारदेखि शुरु भएको नेपाल स्काउटको आधारभुत तालिमको उद्घाटनका क्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले नेपाली युवाहरुमा आफ्नो देश र समाजमा रहेका विभिन्न प्रकारका कामको विकल्प खोज्नु भन्दा पनि विदेश तर्फ लाग्न सहज मान्ने मानसिकताले गर्दा अधिकांश युवाहरु बैदेशिक रोजगारीमा जाने गरेको उल्लेख गर्नुभयो ।
अहिले हाम्रो समाजमा रेमिट्यान्स ल्याउने मात्र कुरामा छलफल चल्दछ तर हाम्रो देशबाट ठुलो मात्रामा रेमिट्यान्स भारत गएको बारेमा छलफल नहुँने भन्दै नेपाली युवाहरु आफ्नो देशमा नै सानोतिनो कामको विकल्प खोज्नुभन्दा विदेशमा अर्काको जागिर गर्न सहज मान्ने मानसिकता एउटा सामाजिक समस्या रहेको उहांले बताउनु भयो ।
यहां भन्दा गाह्रो अप्ठ्यारो काम गर्न विदेश जान तयार हुने नोकरी मानसिकता वा लाहुरे मानसिकताले अहिले ठुलो संख्यामा युवाहरु विदेशिने गरेको भन्दै भिन्न तरिकाबाट सोच्न युवाहरुलाई आह्वान गर्नुभयो ।
नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीको अध्यक्षतामा भएको आधारभुत तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले हाम्रो देशमा उद्योगका प्राविधिक, सानो मात्रामा गरिने घुम्ती ब्यापार, बाल काट्ने हजाम, कपडा उद्योगका सामान्य मजदुर, निर्माण क्षेत्रका प्राविधिक एवं मजदुरको रुपमा भारतीयहरुले काम गर्ने गरेको र नेपालबाट ठूलो रकम भारत लैजाने गरेकोले त्यसको विकल्प खोज्नु पर्नेमा समेत जोड दिनुभयो । भारतीयले नेपालमा गरेका कामहरु नेपाली युवाहरुले गर्न नचाहने गरेका कारण पनि युवाहरुमा अनियन्त्रित बैदेशिक रोजगारीमा जाने अभियान चलेको उहांले बताउनु भयो ।
स्काउटको आधारभुत तालिमले युवाहरुलाई आफ्नो देशमा आफ्नै काम गर्न पनि प्रोत्साहित गर्ने भन्दै सोचका आधारमा निर्माण हुने मानसिकताका आधारमा चरित्र निर्माण हुने भएकाले स्काउटले अहिलेका युवाहरुलाई केही प्रतिशत भए पनि राष्ट्रियताको भावको पनि विकास गराउने भन्दै तालिमको सफतलाको कामना समेत गर्नुभयो । स्काउटले प्राकृतिक प्रकोप व्यवस्थापन, भिड ब्यवस्थापन सहित युवाहरुको सोचको पनि सकारात्मक व्यवस्थापन हुने भन्दै युवाहरुलाई यसमा लाग्न प्रोत्साहित गर्नुभयो ।
प्रदेश नम्बर ५ का १२ वटा जिल्लाहरुबाट विद्यार्थी एवं अन्य युवाहरु गरि ६ सय ३ जना युवाहरु स्काउटको आधारभूत तालिममा सहभागि रहेका छन् । तालिम ५ दिनसम्म संचालन हुनेछ ।
तालिमको उद्घाटन कार्यक्रममा प्रदेश पाँचका भौतिक विकास मन्त्री बैजनाथ चौधरी, वर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा लगायतले धारणा राख्नुभएको थियो ।

≪ Previous Post

एमसीसीको विषयमा पार्टीमा निर्णय भईसकेको छैन : नेकपा प्रवक्ता श्रेष्ठ

Next Post ≫

कर्तब्य ज्यान मुद्धामा फरार अभियुक्त १३ बर्ष पछि पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क