Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एमसीसीको विषयमा पार्टीमा निर्णय भईसकेको छैन : नेकपा प्रवक्ता श्रेष्ठ
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमसीसीको विषयमा पार्टीमा निर्णय भईसकेको छैन : नेकपा प्रवक्ता श्रेष्ठ

संसारपोस्ट संवाददाता · ३ माघ २०७६ · 0
एमसीसीको विषयमा पार्टीमा निर्णय भईसकेको छैन : नेकपा प्रवक्ता श्रेष्ठ
100
SHARES
ShareTweet


नवलपुर, ३ माघ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को विषयमा पार्टीबाट निर्णय भई नसकेको बताउनु भएको छ ।
पार्टीमा बहस चलिरहेको भए पनि निर्णय भईसकेको छैन, सचिवालयको बैठक बसे पछि मात्रै यस विषयमा लिने नलिने निर्णय हुने उहांले बताउनु भयो । राष्ट्रहित विपरित कुनै पनि काम तथा निर्णय पार्टीले नगर्ने समेत उहांले बताउनु भएको छ ।
राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरद्वारा आयोजना गरिएको उम्मेद्वार, मतदाता र अगुवा कार्यकर्ता बीच भेटघाट कार्यक्रमका सन्दर्भमा कावासोती आउनुभएका पार्टी प्रवक्ता श्रेष्ठले पार्टीको वैचारिक कार्यदिशा र राजनैतिक कार्यदिशाको बारेमा प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रमका श्रेष्ठले राजनीतिक परिवर्तन र क्रान्तिलाई नयाँ प्रयोगमा लैजान पार्टी एकता भएको बताउदै राम्रो काम गर्न समय लाग्ने भएकाले सरकारको काम राम्रो देखिन पनि समय लागेको उल्लेख गर्नुभयो ।
सोही कार्यक्रममा प्रवक्ता श्रेष्ठले ७७ सालमा पार्टीको महाधिवेशन हुन्छ र सोही समयसम्म आन्तरिक विवादका कुरालाई थाती राखेको उहांले वताउनु भयो । यही माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन मार्फत् १८ जना सदस्यहरू निर्वाचित हुनेछन् र १ जना राष्ट्रपतिले मनोनित गर्नु हुनेछ । १८ मध्ये १६ सदस्यमा ने क पा ले उम्मेदवारी दिएको छ भने २ सदस्य २ नं. प्रदेशमा राजपालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी दिएको छैन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरका जिल्ला अध्यक्ष रोशन बहादुर गाहाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

≪ Previous Post

एमसीसीको विषयमा पार्टीमा निर्णय भईसकेको छैन : नेकपा प्रवक्ता श्रेष्ठ

Next Post ≫

युवाहरुमा रहेको लाहुरे मानसिकता सामाजिक समस्या : मुख्यमन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क