Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लगातारको वर्षाका कारण सैनामैनाको मेला प्रभावित
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लगातारको वर्षाका कारण सैनामैनाको मेला प्रभावित

संसारपोस्ट संवाददाता · ३ माघ २०७६ · 0
लगातारको वर्षाका कारण सैनामैनाको मेला प्रभावित
60
SHARES
ShareTweet


सैनामैना, ३ माघ । प्रतिकूल मौसमका कारण रुपन्देहीको सैनामैना उद्योग वाणिज्य संघले संचालन गरेको महोत्सव प्रभावित भएको छ ।
बिहीबारदेखि लगातार परेको वर्षा र मौसममा आएको परिवर्तनले आज शुक्रबारका लागि तय गरिएका मेलाका सम्पुर्ण कार्यक्रम स्थगित गरिएको सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष एबं मेला कार्यसम्पादन समितिका संयोजक राजबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
लगातर परेको वर्षाका कारण मेला स्थल हिलाम्य भएको र ठाउंठाउंमा पानी जमेका कारण कुनै पनि कार्यक्रम संचालन गर्न नमिल्ने अवस्था सिर्जना भएको छ । मेलाका संयोजक राज बहादुर क्षेत्री र सदस्य सचिव दिपक अधिकारीले विज्ञप्ती जारी गरी प्रतिकूल मौसमका कारण आज माघ ३ गते शुक्रबारका सबै कार्यक्रम स्थगित गरिएको जानकारी गराउनु भएको छ ।
आज स्थगित भएका सबै कार्यक्रम शनिबारदेखि नियमित रुपमा सञ्चालन हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।


संघका सचिव एबं सांस्कृतिक समितिका संयोजक सचिव हिमाल गैरेका अनुसार लगातारको वर्षा र मौसम प्रतिकुलताका कारण मेलामा आउने दर्शक, उद्योगी, व्यबसायीलगायत सबैलाई असुविधा भएकोले शुक्रवारका कार्यक्रम स्थगित गरिएको हो ।
सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव मुर्गिया स्थित निर्माणाधिन बहुउद्देश्यीय रंगशालमा सञ्चालन गरिएको छ । पुस २४ गते देखि सञ्चालन भएको मेला माघ ६ गते सम्म सञ्चालन हुने छ ।

≪ Previous Post

तेस्रो कञ्चन प्रतिभा सप्ताह शुरुसंगै झरीका कारण ४ दिन स्थगित

Next Post ≫

पश्चिम नवलपरासीमा एक घर जलेर नष्ट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क