सैनामैना, ३ माघ । प्रतिकूल मौसमका कारण रुपन्देहीको सैनामैना उद्योग वाणिज्य संघले संचालन गरेको महोत्सव प्रभावित भएको छ ।
बिहीबारदेखि लगातार परेको वर्षा र मौसममा आएको परिवर्तनले आज शुक्रबारका लागि तय गरिएका मेलाका सम्पुर्ण कार्यक्रम स्थगित गरिएको सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष एबं मेला कार्यसम्पादन समितिका संयोजक राजबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
लगातर परेको वर्षाका कारण मेला स्थल हिलाम्य भएको र ठाउंठाउंमा पानी जमेका कारण कुनै पनि कार्यक्रम संचालन गर्न नमिल्ने अवस्था सिर्जना भएको छ । मेलाका संयोजक राज बहादुर क्षेत्री र सदस्य सचिव दिपक अधिकारीले विज्ञप्ती जारी गरी प्रतिकूल मौसमका कारण आज माघ ३ गते शुक्रबारका सबै कार्यक्रम स्थगित गरिएको जानकारी गराउनु भएको छ ।
आज स्थगित भएका सबै कार्यक्रम शनिबारदेखि नियमित रुपमा सञ्चालन हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघका सचिव एबं सांस्कृतिक समितिका संयोजक सचिव हिमाल गैरेका अनुसार लगातारको वर्षा र मौसम प्रतिकुलताका कारण मेलामा आउने दर्शक, उद्योगी, व्यबसायीलगायत सबैलाई असुविधा भएकोले शुक्रवारका कार्यक्रम स्थगित गरिएको हो ।
सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव मुर्गिया स्थित निर्माणाधिन बहुउद्देश्यीय रंगशालमा सञ्चालन गरिएको छ । पुस २४ गते देखि सञ्चालन भएको मेला माघ ६ गते सम्म सञ्चालन हुने छ ।
