Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तेस्रो कञ्चन प्रतिभा सप्ताह शुरुसंगै झरीका कारण ४ दिन स्थगित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तेस्रो कञ्चन प्रतिभा सप्ताह शुरुसंगै झरीका कारण ४ दिन स्थगित

संसारपोस्ट संवाददाता · ३ माघ २०७६ · 0
तेस्रो कञ्चन प्रतिभा सप्ताह शुरुसंगै झरीका कारण ४ दिन स्थगित
100
SHARES
ShareTweet


सामुदायिक बिद्यालयको शैक्षिक स्तर बढाउन गणित र बिज्ञान बिषयको अतिरिक्त कक्षा संचालन:मन्त्री वराल

बुटवल ३ माघ रुपन्देहीको कञ्चन गाउपालिकाको आयोजनामा संचालित तेस्रो कञ्चन प्रतिभा सप्ताह तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहिवारदेखि शुरु भएको छ।
प्रदेश ५का सामाजिक बिकास मन्त्री शुर्दसन बरालले एक कार्यक्रमका बिच हिमालय सामुदायिक बिकास केन्द्रको खेल मैदानमा प्रतिभा सप्ताहको उद्धघाटन गर्नु भएको छ।
प्रतिभा सप्ताहको उद्धघाटन गर्दै सामाजिक बिकास मन्त्री बरालले खेलकुद प्रतियोगिताले बिधार्थीहरुको अन्तरनिहित क्षमताको पहिचान गरी उनिहरुको क्षमता अनुसार शिक्षण गर्न सके बिद्यार्थीहरुको शैक्षिक स्तर पनि बृद्धीहुने बताउनु भएको छ। मन्त्री बराललले बिधालय तहबाटै बिद्यार्थीहरुको क्षमता पहिचान गर्न सके मात्र बिद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाउन सकिने बताउदै बिभिन्न प्रतियोगिताहरुले प्रतिस्पर्धी बिद्यार्थीहरुबाट फरक फरक अनुभव सिक्ने र एकअर्काबाट सिकेको अनुभव र सिकाईले बिद्यार्थीहरुमा सृजनात्मकता आउने बताउनु भएको छ। प्रदेश ५ले सामुदायिक बिद्यालयहरुको शैक्षिक स्तरलाई राम्रो बनाउन गणित र बिज्ञान बिषयको अतिरिक्त कक्षा संचालन गर्न लागिरहेको त्यसको लागि प्रदेश ५ का उत्कृष्ट बिषय शिक्षकहरुसं समन्वय गरिरहेको बताउदै माघको दोश्रो हप्ताबाट गणित र बिज्ञान बिषयको अतिरिक्त कक्षा संचालन गरिने बताउनु भएको छ।
स्थानिय सरकारहरुले आफ्नो कार्यक्षमता र अधिकार भित्र रही जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिषय संग सम्बन्धित बिकासका कार्यहरु गरिरहेको प्रति स्थानिय सरकारका जनप्रतिनिधीहरुलाई धन्यबाद दिदै खेलकुद र शिक्षा क्षेत्रमा स्थानिय सरकारले गरेको लगानी निकै प्रशंसनिय कार्य भएको उल्लृेख गर्नु भएको छ।
बिद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउने उद्धेश्यका साथ कञ्चन आयोजना गरिएकोे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेस्रो कञ्चन प्रतिभा सप्ताह लाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य भुमिश्वर ढकालले आजका बिद्यार्थी भनेका भबिष्यका कर्णधार भएको र ती कर्णधारहरुलाई सृजनात्मक प्रतिस्पर्धामा सहभागि बनाउन सके बिद्यार्थीहरुको शैक्षिक स्तरमा समेत सुधार हुने बताउनु भएको छ।कञ्चन गाउपालिका स्थानिय स्तरबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने उर्बर भुमि रहेको भन्दै खेलकुदको माध्यमबाट बिद्यार्थीहरुलाई समाज बिकास संग जोड्न सके भबिष्यमा ती बिधार्थीहरु समाज रुपान्तरणको दिशामा अगाडी बढ्नेछन र त्यसको अगुवाई सबैले गर्नुपर्ने बताउनु भएको छ ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले प्रतिभा सप्ताह तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालनको उद्धेश्यबारे प्रष्टाउदै बिगत ३ बर्ष देखि शुरु गरिएको प्रतिभा सप्ताहमा बिशेष गरी साहित्य र खेलकुद गरी दुई बिधामा ५८ इभेन्टमा सामुदायिक र संस्थागत बिद्यालयका बिधार्थीहरु बिच प्रतिस्पर्धा गराइनेछ र प्रतिभा सप्ताहबाट बिधार्थीहरुको अन्तरनिहित क्षमतालाई उजार गरी बिधार्थीहरुमा आफु भित्र भएको प्रतिभा प्रति गौरव गर्ने र आफ्नो प्रतिभालाई अझ परिस्कृत गराउन मदत गर्ने बिश्वास ब्यक्त गर्नु भएको छ।
अध्यक्ष क्षेत्रीले भन्नु भयो हरेक बर्ष फरक फरक बिधालयहरुले फरक फरक दिनमा आफ्नो बिधालयको बार्षिक उत्सवको बेला आन्तरिक र बाह्यगरी बिभिन्न प्रतियोगिताहरु संचालन गर्दा बिधालयहरुको अध्यन अध्यापनमा बाधा पुग्दै आएको र हरेक बर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्दा पनि बिधालयहरुको पढाइ र बिधालयहरुले झेल्नु परेको आर्थिक समस्यालाई समाधान गर्न प्रतिभा सप्ताहको अयोजना गरिएको बताउनु भएको छ । बिधालय बिधालय बिचको मैत्रीपुर्ण सम्बन्धलाई बलियो बनाउन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्न आउने केन्द्रको शसर्त बजेटमा गाउपालिकाले थप आर्थिक ब्यबस्थापन गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संगै गाउपालिकाले कञ्चन प्रतिभा सप्ताह संचालन गरेको बताउदै अध्यक्ष क्षेत्रीले प्रतिभा सप्ताहले बिधार्थीहरुमा आफ्नो प्रतिभा प्रस्फुटन गर्नमा प्रोत्साहन मिल्ने र यस प्रतिभालाई कञ्चनको बिशेष पर्वको रुपमा मनाइने समेत अध्यक्ष क्षेत्रीले उल्लेख गर्नु भएको छ ।
तेश्रो कञ्चन प्रतिभा सप्ताह संचालन समितिका संयोजक मेघनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले बिधार्थीहरुमा बाहिर नदेखिने अन्तरनिहित क्षमता हुन्छ तर त्यसको सहीढंगले पहिचान हुन सकेको छैन। बिधार्थीहरु भित्र रहेको आन्तरिक क्षमताको पहिचान गरी सृजनशिल बिधार्थी जसले उच्च शिक्षा हासिल पछि समाज रुपान्तरणमा महत्वपुर्ण योग्दान दिन सक्ने बिद्यार्थी तयार गर्न पनि यो प्रतिभा सप्ताह सफल हुने बिश्वास उपाध्यक्ष तरामुले ब्यक्त गर्नु भएको छ ।
प्रतिभा सप्ताहमा साहित्य तर्फ बत्तृmत्वकला,चित्रकला,हिज्जे,निबन्ध लेखन,हस्तलेखन,कबिता लेखन,हाजिरी जवाफ,बादबिबाद,हिसावदौड र नेपाली तथा अंग्रेजी बाचन गरी ११ वटा बिधामा आधारभूत र माध्यमिक गरी २० इभेन्टस र खेलकुद तर्फ १ सय,२ सय,४सय,८ सय, १५ सय र ३ हजार मिटर दौड,रिले दौड,लङजम्प,ट्रिपल जम्प,हाइजम्प,कबड्डी,भलिबल,ज्याभलिन थ्रो लगायत बिधामा आधारभूत र माध्यमिक तहका छात्र छात्र दुबै समूह गरी ४० भन्दा बढीमा प्रतिस्पर्धा हुनेछ भने प्रतियोगिता माघ ६ गते सम्म हुने भनिएकोमा लगातार झरीका कारण माघ ६ गते सम्मका लागि जाडो बिदा गरिएको र ७ गते देखि बिधालय संचालन भएपछि प्रतियोगिता संचालन हुने कञ्चन गाउपालिकाका शिक्षा अधिकृत रमेश भुषालले जानकारी गराउनु भएको छ

≪ Previous Post

गैडाकोटमा माघ १५ देखि गैडाकोट महोत्सव

Next Post ≫

लगातारको वर्षाका कारण सैनामैनाको मेला प्रभावित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क