नवलपरासी, ३ माघ । पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका ५ गेर्मीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
गेर्मी प्रहरी चौकीका अनुसार चौकी अगाडी रहेको जटाशंकर तिवारी नामका मानिसको घर आगलागीबाट नष्ट भएको हो । शुरुमा विद्युत सर्ट भई आगलागी भएको भए पनि घरमा कोही नभएका कारण सिलिण्डर समेत विस्फोट भएको थियो । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।
घरका सबै आफन्तकोमा पाहुना गएका कारण क्षतिको यकिन विवरण भने नआएको गेर्मी प्रहरी चौकीका इन्चार्ज नारायणप्रसाद लुइटेलले बताउनु भयो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट कच्ची घर जलेर नष्ट भएको हो ।
