Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जाडोमा सुकुम्बासीलाई न्यानो कपडा वितरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जाडोमा सुकुम्बासीलाई न्यानो कपडा वितरण

संसारपोस्ट संवाददाता · २ माघ २०७६ · 0
जाडोमा सुकुम्बासीलाई न्यानो कपडा वितरण
50
SHARES
ShareTweet


नवलपुर, २ माघ । पूर्वी नवलपरासीमा क्रियाशिल कावासोती र देवचुलीका युवा व्यवसायीहरुले कावासोती नगरपालिका ३ को सुकुम्बासी वस्तीका ७५ घरधुरी विपन्न परिवारलाई जाडोको न्यानो कपडा सिरक वितरण गरेका छन् ।
कावासोती नगरपालिका वडा न ३ का वडाध्यक्ष अमृत कुमार श्रेष्ठको रोहबरमा कावासोती र देवचुलीका युवा व्यवसायीहरुले ७५ घरधुरी परिवारलाई सिरक र एक जना शारिरीक रुपमा असक्त भएका महिलालाई नगद सहयोग गरेको युवा व्यवसायी विशाल तिवारीले बताउनुभयो ।
जाडो बढी रहँदा सुकुम्बासी बस्तीबाट सहयोगको लागि अनुरोध आएपछि आफूहरुले सहयोगको लागि अपिल गरेर सबैको सहयोगमा विपन्न परिवारलाई जाडोको लागि सिरक र नगद प्रदान गरिएको अभियन्ता प्रबिन सापकोटाले जानकारी गराउनु भयो ।
अभियानका संयोजक किरण भुर्तेलले संचालन गरेको कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले युवाहरुको कामको प्रशंसा गर्दै युवाहरु त्यसै समय व्यतित गरेर दिन विताउनु भन्दा यस्ता समाजसेवामा लाग्नु अत्यन्तै राम्रो हुने बताउनु भयो ।
कार्यक्रममा स्थानीय हार्डवेयर ब्यवसायी महेन्द्र भण्डरी, सिद्धार्थ सुनचाँदी पसलका संचालक रबिन्द्र गहतराज, सुन्दर लम्साल, केशर थापा, नवलपुर जेसिजका अध्यक्ष नारायण न्यौपाने, ओमकार घिमिरे, दिलिप तिमिल्सिना, चिरन पान्डे, बेट्टु रानाभाट, राजकुमार श्रेष्ठ, नवराज भण्डारी, केशव खत्री लगायतले अभियानमा सहयोग गर्नुका साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने वताउनु भयो ।

≪ Previous Post

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

Next Post ≫

भुकम्प सुरक्षा दिवसमा सचेतनामूलक कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क