नवलपुर, २ माघ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १५ मा बुधबारराति एम्बुलेन्सको ठक्करबाट एक जनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको ना १ च ९३६ नम्बरको एम्बुलेन्सले ना २७ प २४३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा देवचुली १३ निवासी अन्दाजी २२ बर्षीय सुरेश गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते गुरुङलाई उपचारको लागि पुरानो मेडिकल कलेज चितवन पठाइएकोमा बुधबारराति नै अस्पतालले गुरुङलाई मृत घोषणा गरेको थियो । दुर्घटनामा सोही स्थानका अर्जुन तामाङ गम्भीर घाइते भएका छन् ।