Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा व्यापार मेला भौतिक संरचना निर्माणको काम तिब्र
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा व्यापार मेला भौतिक संरचना निर्माणको काम तिब्र

संसारपोस्ट संवाददाता · १ माघ २०७६ · 0
तिलोत्तमा व्यापार मेला भौतिक संरचना निर्माणको काम तिब्र
80
SHARES
ShareTweet

कृषि, पर्यटन र स्थानीय उत्पादनलाई बिशेष प्राथमिकता



बुटवल, १ माघ । कृषि, पर्यटन र उद्योग ब्यापारलाई प्रबद्र्धन गर्ने गरी दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव–२०७६ आयोजना गर्न लागेको तिलोत्तमा उद्योग वाणिज्य संघले स्टल दर्ता संगै भौतिक संरचना निर्माणको कामलाई तिब्रता दिएको छ ।
यही माघ १० गते देखि २१ गते सम्म तिलोत्तमा नगरपालिका –५ मणिग्राममा संचालन गरिने मेलाका लागि सहभागि स्टलहरुको दर्ता तथा स्टल, गेट, सचिवालय र मञ्च निर्माणको काम भैरहेको गेट स्टल, सचिवालय, मञ्च तथा भौतिक पूर्वाधार निमार्ण समितिका संयोजक दुर्गा प्रसाद खरेलले जानकारी दिनुभयो ।
लुम्विनी स्थित मायादेवी मन्दिरको आकृति झल्किने मुल गेट र विशेष मन्दिरको आकृति झल्किने सचिवालय निर्माण गरिनुका साथै यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, लुम्विनी भ्रमण वर्ष २०७६ तथा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्य सहित मेला सञ्चालन गर्न लागिएको मूल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव) ले जानकारी दिनुभयो । यसका साथै बद्लिदो आन्तरिक र वाह्य परिवेश अनुरुप उद्योग ब्यवसायलाई परिमार्जित गरी प्रतिष्प्रधि रुपमा उत्पादकत्व बृद्धि गर्न प्रोत्साहित गर्ने लगायतका उद्देश्यहरु समेत रहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
तीन सय बढी स्टल वनाउने लक्ष राखिएको मेलाका लागि अहिलेसम्म २१० वटा फर्म तथा उद्योगी ब्यवसायीहरुले स्टल बुकिङ् गरिसकेको र अन्य ब्यवसायिक संघ संस्थाहरुले दर्ताका लागि सम्पर्क गरिरहेको संघका वरिष्ठ उपाध्यक्ष एबं स्टल दर्ता तथा प्रायोजक ब्यवस्थापन समितिका संयोजक ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार, रेष्टुरेन्ट लगायतका स्टलहरु रहने छन् ।


उपभोक्ताहरुलाई स्वदेशी उत्पादन प्रति आकर्षित गरी निर्यात प्रवद्र्धनमा टेवा पुर्याउने र उद्यमशिलताको विकास तथा लगानीका नयाँ क्षेत्रहरुको खोजी गर्ने उद्देश्यले मेला अवधीमा कृषि, पर्यटन र उद्योग ब्यापार लगायतका विषयमा गोष्ठी, तालिम र सेमिनारको समेत आयोजना गरिने उद्योग उपाध्यक्ष कृष्ण प्रसाद शर्माले वताउनु भयो ।
“तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी” भन्ने नारा सहित आयोजना गर्न लागिएको मेलालाई फरक पहिचान र भब्यरुपमा सफल वनाउन विभिन्न विषयगत उपसमितिहरु गठन गरी कामहरु अगाडी वढाईएको संघका कोषाध्यक्ष एबं आर्थिक संयोजक सूरज पंगेनीले वताउनु भयो ।
विभागिय जिम्मेवारी अनुसार भौतिक संरचना निर्माणमा दुर्गा प्रसाद खरेल, सूचना प्रविधिमा कमल प्रसाद कंडेल, गोष्ठी सेमिनारमा कृष्ण प्रसाद शर्मा, उद्घाटन तथा समापनमा टिकाराम भण्डारी, आर्थिकमा सूरज पंगेनी, अतिथि सत्कार हरिलाल पाण्डे, प्राथमिक उपचार लालमणि भुसाल, महिला परिचालन विना न्यौपाने, खेलकूद अमनमान श्रेष्ठ, खाना तथा आवास कृष्ण प्रसाद पाण्डे, गेट टिकट अमृत भुसाल र सुरक्षा तथा पार्किङमा नारायण पौडेललाई संयोजकको जिम्मेवारी दिईएको संघका सचिव विष्णु भण्डारीले जानकारी दिनुभयो ।
यस्तै प्रकाशन, जनचेतना र्याली र श्रब्यदृष्यमा कृष्ण प्रसाद शर्मा, सांस्कृतिक र साउण्ड सिष्टममा धन बहादुर गुरुङ, वाल उद्यान र मनोरन्जनमा निरन्जन सिलवाल, मञ्च तथा गेट सजावटमा संगिता गौतम अर्याल, खानेपानी तथा सरसफाईमा तोलाकान्त अधिकारी, विद्युत, टेलिफोनमा छोटेलाल यादव, पुरस्कार, मायाको चिनो, प्रमाण पत्र र परिचय पत्रमा विष्णु भण्डारी, प्रचार प्रसारमा हरिलाल पाण्डे, स्टल दर्ता तथा प्रायोजक ब्यवस्थापनमा ज्ञानेन्द्र कार्की, महिला उद्यमी प्रवद्र्धनमा राधिका देवी शर्मा, मूल्यांकन तथा अनुगमनमा सल्लाहकार, स्टल ब्यवस्थापनमा पाराश्वर उपाध्याय र खाजा नास्ता ब्यवस्थापनमा सूर्य प्रसाद न्यौपानेलाई जिम्मेवारी दिईएको छ ।
बुद्ध केवल–भुसाल वायर इण्डष्ट्रिज प्रालि भैरहवाले मुख्य प्रायोजन र यशोधा फुड्स अन्तर्गतको लाली चाउचाउले सह प्रायोजन गर्ने मेला मार्फत कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन गरिनुका साथै खेल क्षेत्रको विकासका लागि विविध खेलकुद प्रतियोगिता संचालनका लागि विभिन्न क्लव र संघसंस्थाहरु संग समन्वय भैरहेको खेलकुद संयोजक अमनमान श्रेष्ठले वताउनु भयो ।
२०७३ सालमा पहिलो पटक मेलाको आयोजना गरेको तिलोत्तमा उद्योग वाणिज्य संघले दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सवमा कृषि, पर्यटन र स्थानीय उत्पादनलाई बिशेष प्राथमिकता दिनुका साथै कृषिसँग सम्बन्धित स्टल र संघमा आवद्ध ब्यवसायीहरुका स्टललाई विशेष छुट सहित प्रोत्साहन गर्न लागेको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन र प्रोत्साहन गर्न गेट तथा मञ्च सजावटमा फुल माला स्थानीय उत्पादन नै प्रयोग गरिने मञ्च तथा गेट सजावट समितिका संयोजक संगिता गौतम अर्यालले वताउनु भयो ।

≪ Previous Post

सार्वजनिक सरोकार संघद्वारा सहयोगापेक्षीहरुलाइ खाना

Next Post ≫

रुपन्देहीको सियारी गाउँपालिकामा प्रथम माछा महोत्सव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क