Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नवलपुरबाट यस बर्ष एसईई परीक्षामा ६५४२ परीक्षार्थी सहभागी हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपुरबाट यस बर्ष एसईई परीक्षामा ६५४२ परीक्षार्थी सहभागी हुने

संसारपोस्ट संवाददाता · १ माघ २०७६ · 0
नवलपुरबाट यस बर्ष एसईई परीक्षामा ६५४२ परीक्षार्थी सहभागी हुने
90
SHARES
ShareTweet

२५ वटा विद्यालयमा परीक्षा केन्द्र निर्धारण

रामकुमार श्रेष्ठ



नवलपरासी, १ माघ । पूर्वी नवलपरासीको नवलपुरबाट यस बर्षको एसईई परीक्षामा ६ हजार पाँच सय ४२ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । नियमिततर्फ ६ हजार चार सय ५२ र एक्जाम्टेडतर्फ १ सय ९ जना गरी ६ हजार पाँच सय ४२ जना परीक्षार्थी यस बर्षको एसईई परीक्षामा सहभागी हुने भएका हुन् । यस बर्षको एसईई परीक्षा चैत्र ६ गतेबाट शुरु हुँदै छ । गत बर्षभन्दा यस बर्ष २ सय १२ जना परीक्षार्थी घटेका छन् ।
एसईई परीक्षाका लागि नवलपुरमा २५ वटा विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय नवलपुरका ईकाई प्रमुख कृष्ण चन्द्र पोख्रेलले जानकारी दिनुभयो । यस अघि हुप्सेकोट गाउँपालिकामा एउटा पनि परीक्षा केन्द्र नरहेकोमा यस बर्ष हुप्सेकोटको गिरुवारीमा रहेको सरस्वती संस्कृत माविमा परीक्षा केन्द्र थप गरिएको छ ।
यस बर्ष डेढगाउँको डेढगाउँ मावि, बुलिङटारको त्रिभुवन मावि परीक्षा केन्द्र कायम गरिएको छ । त्यसैगरी कालिका मावि गैडाकोट, जनक मावि गैडाकोट, लक्ष्मी मावि अमरापुरी, बरचुली मावि रजहर, देवचुली मावि रजहर, नेपाल मावि दिव्यपुरी, जनज्योति नमुना मावि प्रगतिनगर, जनज्योति मावि प्रगतिनरमा परीक्षा केन्द्र निर्धारण गरिएको पोख्रेलले बताउनुभयो ।
त्यसैगरी ज्ञानोदय मावि कावासोती, शिव मावि कावासोती, सहिद स्मृति मावि कावासोती, जीवन ज्योति मावि कावासोती, जनता मावि सहिद नगर डण्डा, सरस्वती संस्कृति तथा साधारण मावि गिरुवारी, जनता मावि डण्डा, सरस्वती मावि गोछडा, कुमारवर्ती मावि कोल्हुवा, नवजागरण मावि चोरमारामा पनि परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी नवलपुर बोर्डिङ्ग स्कूल, चोरमारा, जनता मावि मंगलचौर अरुणखोला, जनता मावि अरुणखोला, भानुदय मावि दुम्किबास र राष्ट्रिय मावि रानीनगर त्रिवेणीमा परीक्षा केन्द्र निधारण गरिएको छ ।
नवलपुरमा ७८ वटा सामुदायिक विद्यालय, ४९ वटा निजी विद्यालय, ५ वटा प्राविधिक विद्यालय र एउटा खुल्ला गरी एक सय २८ वटा विद्यालयले एसईई परीक्षामा परीक्षार्थी सहभागी गराउँदै छन् ।

≪ Previous Post

आज माघे संक्रान्ति पर्व, विभिन्न कार्यक्रमका साथ मनाइदै

Next Post ≫

सार्वजनिक सरोकार संघद्वारा सहयोगापेक्षीहरुलाइ खाना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क