Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज माघे संक्रान्ति पर्व, विभिन्न कार्यक्रमका साथ मनाइदै
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज माघे संक्रान्ति पर्व, विभिन्न कार्यक्रमका साथ मनाइदै

संसारपोस्ट संवाददाता · १ माघ २०७६ · 0
आज माघे संक्रान्ति पर्व, विभिन्न कार्यक्रमका साथ मनाइदै
80
SHARES
ShareTweet

आज माघे संक्रान्ति पर्व, विभिन्न कार्यक्रमका साथ मनाइदै
बुटवल, १ माघ । आज माघे संक्रान्ति । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति धार्मिक हिसावले समेत महत्वपुर्ण पर्व भएकाले देशभरका नदी, दोभान तथा त्रिवेणीमा भक्तजनहरुले स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्ने गर्दछन् । यस क्षेत्रका पवित्र धार्मिक स्थलहरु गुल्मी र पाल्पाको संगमस्थल रिडी, चितवन–नवलपरासीको देवघाट, त्रिबेणी, राम्दी, लक्ष्मणघाट, काठमाडौको बाग्मतीलगायतका नदी तथा विभिन्न तीर्थस्थलहरुमा माघ स्नान र पुजापाठ गर्ने भक्तजनको विहानै देखि घुईंचो लागेको छ । यस क्षेत्रका नदी किनारहरुमा बिशेष मेला तथा महोत्सवको समेत आयोजना गरिएका छन् ।
ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ । त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आजैदेखि दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
यस पर्वमा तिलको लड्डु, चाकु, घ्यू, तरुल, खिचडी जस्ता परिकार खाने गरिन्छ । यी परिकारले जाडोमा न्यानो र उर्जा दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । तराईका बासिन्दाले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउने गर्दछन् ।
यस्तै थारु समुदायले आज नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको माघी पर्व पर्दछ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउने चलन छ । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने गरिन्छ ।

≪ Previous Post

उप–मेयर कप भलिबल प्रतियोगिताको उपाधि कुँवरवर्तीलाई

Next Post ≫

नवलपुरबाट यस बर्ष एसईई परीक्षामा ६५४२ परीक्षार्थी सहभागी हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क