Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उप–मेयर कप भलिबल प्रतियोगिताको उपाधि कुँवरवर्तीलाई
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उप–मेयर कप भलिबल प्रतियोगिताको उपाधि कुँवरवर्तीलाई

संसारपोस्ट संवाददाता · १ माघ २०७६ · 0
उप–मेयर कप भलिबल प्रतियोगिताको उपाधि कुँवरवर्तीलाई
60
SHARES
ShareTweet


तिलोत्तमा, १ माघ । रुपन्देहीको तिलोत्तमामा सञ्चालन भएको प्रथम उप–मेयर रनिङ कप खुला महिला भलिबल प्रतियोगिताको उपाधि तिलोत्तमा–८, प्रदीपनगर स्थित कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कुलले प्राप्त गरेको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा बुटवल स्थित एभरेष्ट बोर्डिङ स्कुललाई उपविजेता बनाउँदै कुँवरवर्तीले उपाधि चुमेको हो ।


उपाधिसँगै कुँवरवर्तीले नगद २५ हजार र उपविजेता एभरेष्टले नगद १५ हजार रुपैंयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तृतीय हुने तिलोत्तमा–८, चार नम्बर स्थित नवज्योती इङ्गलि बोर्डिङ स्कुलले नगद १० हजार र सान्त्वना हुने मणिमुकुन्द भलिबल क्लवले नगद ५ हजार रुपैंयाँ प्राप्त गरेका छन् ।


दश टिमको सहभागिता रहेको प्रतियोगिता महिला खेलाडीलाई प्रोत्साहन गर्न लिग चरणको आधारमा आयोजना गरिएको हो । मणिमुकुन्द भलिबल क्लव र कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कुलको सहकार्यमा आयोजित प्रतियोगिताका विजयी टीमलाई तिलोत्तमा उप–प्रमुख जागेश्वरी चौधरीले पुस्कार प्रदान गर्नुभयो । त्यसअवसरमा उप–प्रमुख चौधरीले खेलकुदको विकासमा तिलोत्तमा नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।
प्रतियोगिता संयोजक गोविन्द रेग्मीको अध्यक्षता, मिलन रानाको सञ्चालनमा भएको खेल समापन कार्यक्रममा भलिबल रेफ्री लोकेन्द्र भण्डारीलगायतले बोल्नुभएको थियो ।

≪ Previous Post

सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार : मुख्यमन्त्री पोखरेल

Next Post ≫

आज माघे संक्रान्ति पर्व, विभिन्न कार्यक्रमका साथ मनाइदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क