Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ तिलोत्तमामा उप–मेयर कप महिला भलिबल प्रतियोगिता सुरु, १० टिमको सहभागिता
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा उप–मेयर कप महिला भलिबल प्रतियोगिता सुरु, १० टिमको सहभागिता

संसारपोस्ट संवाददाता · २८ पुष २०७६ · 0
तिलोत्तमामा उप–मेयर कप महिला भलिबल प्रतियोगिता सुरु, १० टिमको सहभागिता
100
SHARES
ShareTweet

बुटवल २८ पुस
रुपन्देहीको तिलोत्तमामा सोमबारबाट प्रथम उप–मेयर रनिङ कप खुला महिला भलिबल प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा दश टिमको सहभागिता रहेको छ । महिला खेलाडीलाई प्रोत्साहन गर्न नगरपालिकाले लिग चरणको आधारमा प्रतियोगिता आयोजना गरेको हो ।

मणिमुकुन्द भलिबल क्लव र कुँवरवर्ती इंलिस बोर्डिङ स्कुलको सहकार्यमा आयोजित प्रतियोगिताको सोमबार आयोजित एक कार्यक्रमबीच तिलोत्तमा उप–प्रमुख जागेश्वरी चौधरीले उद्घाटन गर्नुभयो । त्यसअवसरमा उप–प्रमुख चौधरीले खेलकुदमा महिलाहरुको सहभागिता बढाउन नगरपालिकाले पहिलो पटक महिला भलिबल प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।

महिलाहरुको सशक्तिकरणमा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले खेलकुदलाई जिविकोपार्जनसँग पनि जोड्नुपर्नेमा जोड दिनुभयो । खेलकुदको विकासमा तिलोत्तमा नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै उहाँले हरेक वडामा कम्तिमा एउटा स्तरीय खेल मैदान बनाउने नगरपालिकाको योजना रहेको बताउनुभयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नं. १ का संयोजक यज्ञ गैरेले स्वस्थ शरीरका लागि पनि खेलकुद जरुरी रहेको बताउनुभयो । नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेयले खेलकुदले युवाहरुमा अनुशासनको भावना बढाउने बताउँदै खेलकुदमा महिला सहभागिता बढाउन तिलोत्तमाले आयोजना गरेको प्रतियोगिता सह्रानीय रहेको उल्लेख गर्नुभयो ।

कुँवरवर्ती स्कुलको खेलमैदानमा सञ्चालित प्रतियोगिताको उद्घाटन खेलमा मणिमुकुन्द कलेज र न्यू होराइजन कलेजबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रथम हुने समूहले नगद २५ हजार, द्धितीय हुनेले नगद १५ हजार, तृतीय हुनेले नगद १० हजार र सावन्तवना हुनेले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता संयोजक गोविन्द रेग्मीको अध्यक्षता, मिलन रानाको सञ्चालनमा भएको खेल उद्घाटन कार्यक्रममा कुँवरवर्ती इंलिस बोर्डिङ स्कुलका प्राचार्य दीपक खनालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

≪ Previous Post

चोरी विरुद्ध विशेष अभियान संचालन गरेको बुटवलको प्रहरीद्धारा ७२ जना चोर पक्राउ गरि मुद्दा दर्ता

Next Post ≫

खुद्रा किराना व्यवसायी संघमा न्यौपान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क