Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शिक्षाले सभ्य समाज निर्माण गर्छ : पूर्वराष्ट्रपति
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शिक्षाले सभ्य समाज निर्माण गर्छ : पूर्वराष्ट्रपति

संसारपोस्ट संवाददाता · २८ पुष २०७६ · 0
शिक्षाले सभ्य समाज निर्माण गर्छ : पूर्वराष्ट्रपति
70
SHARES
ShareTweet

मध्यविन्दु नगरपालिकाले गर्यो १ करोड २० लाख दानको घोषणा

रामकुमार श्रेष्ठ




नवलपरासी, २८ पुस । पूर्व राष्ट्रपति डा. रामवरण यादवले देशमा असल सभ्यता र संस्कृति निर्माणका लागि शिक्षाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । उहांले शिक्षाले सभ्य समाज निर्माण गर्ने बताउँदै शिक्षाको विकास विना कुनै पनि देशले प्रगति गर्न नसक्ने उल्लेख गर्नुभयो ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चोरमारामा रहेको नवजागरण बहुमुखी क्याम्पसमा आइतबारबाट शुरु भएको श्रीमद् भागवत, पितृमोक्ष एवम् धनधान्यान्चल महायज्ञको उद्घाटन गर्दै पूर्व राष्ट्रपति डा. यादवले शिक्षानै सबै असल सभ्यता र सस्कृतिको जग भएको बताउनुभयो ।
यादवले भन्नुभयो – ‘शिक्षित समाज भए मात्र असल सभ्यता र संस्कृतिको विकास हुन्छ, यसका लागि शिक्षाको विकासमा जोड दिनुपर्छ ।’ उहांले संसारका जति पनि विकसित देशहरु छन् ति सबैले शिक्षको विकासमा जोड दिएकै कारण यो आर्थिक रुपमा फड्को मारेको बताउनु भयो ।
चिन र भारत जस्ता दुई महान् सभ्यता बोकेका देशको बिचमा रहेको सुन्दर राष्ट्र नेपालको आफ्नै मौलिक, पहिचान र सस्कृति रहेको उल्लेख गर्दे नेपालको यो मौलिकपन जोगाईराख्न र अर्को पुस्तालाई सही सस्कृति हस्तान्तरण गर्न पनि शिक्षाको विकासमा जोड दिनुपर्नेमा पूर्व राष्ट्रपति यादवले जोड दिनुभयो ।
जनकपुरमा एक युवकको ट्रिपरले किचेर हत्या गरेको प्रसङ्ग उल्लेख गर्दे उहांले अशिक्षाकै कारण अपराध बढेको बताउनुभयो । ‘एकजना पढे लेखेका युवाले खोला जोगाउनु पर्छ, पानीको मुहान जोगाउन पर्छ भने तर उनको हत्या भयो । यो विडम्वना हो ।’ उहांले भन्नुभयो । मुलुकको अखण्डता र एकता कायम राख्न सबै देशवासीलाई आग्रह गर्दै उहांले सस्कृति र सभ्यताको संरक्षणमा लाग्न सबैलाई आव्हान समेत गर्नुभयो ।


माघ ५ गतेसम्म चल्ने महायज्ञमा मध्यविन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर रानाले क्याम्पसलाई १ करोड २० लाख नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी संघिय सांसद तिलक महतले निर्वाचन क्षेत्र विकास मार्फत् २१ लाख र क्याम्पस संचालक समितिका अध्यक्ष तुलसीराम तिवारीले १० लाख, मध्यविन्दु ७ का स्थानीय भक्तबहादुर थारुले ४ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । महायज्ञको पहिलो दिन नै २ करोड संकलन भएको आयोजकले जनाएको छ ।
महायज्ञमा पंण्डित नेत्र प्रसाद पराजुली प्रमुख बाचकको रुपमा रहनुभएको छ । आयोजकले महायज्ञबाट १५ करोड चन्दा संकलन गर्ने अपेक्षा गरेको छ ।
क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वसुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गराउने उद्देश्यले महायज्ञको आयोजना गरिएको क्याम्पसका प्रधान संरक्षक विष्णुकुमार कार्कीले बताउनु भयो । उहांले एक्लैको रकम कहिल्यै धेरै नहुने भन्दै आत्मै देखि सबैले सहयोग गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा धन धान्याचल ज्ञान महायज्ञ मूल समारोह समितिका उपाध्यक्ष केदार प्रसाद पराजुलीको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा संघीय सांसद तिलक महत, प्रदेश सांसद कृष्णचन्द्र नेपाली, ओमकला गौतम, मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।
स्थानीय जनप्रतिनिधि, शिक्षक, प्रधापक, विद्यार्थी, अभिभावक, विभिन्न वन समूहका पदाधिकारी, सहकारी समूह, विद्यालय, टोल विकास संस्था, क्लब, आमा समूह, लगायतका स्थानीयको उल्लेख्य सहभागितामा उद्घाटन पूर्व कलश यात्रा निकालिएको थियो ।
कलश यात्रा क्याम्पस प्राङ्गणदेखि नगरपालिकाको कार्यालय हुँदै चोरमारा र चौरङ्गी बजार परिक्रममा गरी क्याम्पसमा पुगेको थियो ।

≪ Previous Post

संविधानमा दलितका अधिकार सुनिश्चित : प्रदेश प्रमुख यादव

Next Post ≫

मासु व्यवसायी संघद्धारा पशु हाटबजार स्थापनाका लागि पहल गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क