Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मासु व्यवसायी संघद्धारा पशु हाटबजार स्थापनाका लागि पहल गर्ने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मासु व्यवसायी संघद्धारा पशु हाटबजार स्थापनाका लागि पहल गर्ने

संसारपोस्ट संवाददाता · २८ पुष २०७६ · 0
मासु व्यवसायी संघद्धारा पशु हाटबजार स्थापनाका लागि पहल गर्ने
90
SHARES
ShareTweet


बुटवल, २८ पुस
मासु व्यवसायी संघ नेपाल रुपन्देहीले ८ बुदे कार्ययोजना बनाउदै कार्यशाला गोष्ठी एवं प्रथम बोर्ड बैठक सम्पन्न गरेको छ । गत पुस २१ गते सम्पन्न १० औं साधारण सभा तथा पाँचौ अधिबेशन बाट निर्वाचित कार्यसमितिको कार्यशाला गोष्ठी एवं प्रथम बोर्ड बैठक ८ बुदे कार्ययोजना निर्माण गर्दै सम्पन्न भएको हो ।
अर्घाखाँचीको नरपानीमा २ दिन सम्म चलेको कार्ययोजना कार्यशाला गोष्ठीको संघका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको थियो । प्रथम बैठकबाट बनेका कार्ययोजनाहरु आफ्नो कार्यकाल सम्म पुरा गर्ने गरी ८ वटा निर्णय गरेको अध्यक्ष पौडेलले जानाकारी दिनु भयो ।
कार्ययोजना अन्तर्गत संघको आफ्नै भवन अहिले सम्म नभएको र त्यसका लागि जग्गाको खोजी गर्ने, रामनगरमा निर्माणधिन पशुबधशाला सचालनका लागि अग्रसर भएर लाग्ने बैठकले निर्णय गरेको अध्यक्ष पौडेलले बताउनु भयो । त्यस्तै पशुहरुको सहज विक्रि वितरणका लागि पशु हाटबजार सञ्चालनको पहल पनि आफ्नो कार्यकालमा गर्ने गरी कार्ययोजना बनाएको उहाँको भनाई रहेको छ । संघले विगतमा जस्तै आउने बर्ष बुटवलमा सस्तो दशै बजार सञ्चालन गर्ने, मासु व्यवसायीहरु लाइ थप एकता र सक्रिय बनाउने गरी देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका र कंञ्चन गाउँपालिकामा मासु व्यवसायी संघको शाखा विस्तार गर्ने कार्यशालाले निर्णय गरेको छ । व्यवसायीको क्षमता अभिबृद्धि, मासु बजारको व्यवस्थापनमा विभिन्न उपसमिति निर्माण, सहकारी गठन गर्ने कार्यशालाले निर्णय गरेको अध्यक्ष पौडेलको बताउनु भयो ।
कार्यशाला गोष्ठीमा संघका संस्थापक उपाध्यक्ष कुलध्वज लामा, संस्थापक सचिव दिपक आचार्य, हेफर इन्टरनेश्नल नेपालका वजार विकास प्रवन्धक अनन्त सिलवाल लगाएतको उपस्थिती रहेको थियो ।

≪ Previous Post

शिक्षाले सभ्य समाज निर्माण गर्छ : पूर्वराष्ट्रपति

Next Post ≫

नागरिक समाजमा ईमानदारिता र जिम्मेवारीता अपरिहार्य

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क