Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ संविधानमा दलितका अधिकार सुनिश्चित : प्रदेश प्रमुख यादव
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संविधानमा दलितका अधिकार सुनिश्चित : प्रदेश प्रमुख यादव

संसारपोस्ट संवाददाता · २८ पुष २०७६ · 0
संविधानमा दलितका अधिकार सुनिश्चित : प्रदेश प्रमुख यादव
80
SHARES
ShareTweet


कपिलबस्तु, २८ पुस । पाँच नम्वर प्रदेशका प्रमुख धर्मनाथ यादवले संविधानमा उल्लेख अधिकार कार्यान्वयनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभएको छ । संविधानको धारा ४० ले दलित समुदायको प्रतिनिधित्वको ग्यारेन्टी गरेको भन्दै यसको कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहांले दलित समुदायले आफ्नो अधिकार कार्यान्वयनका लागि आफै पहल गर्नुपर्ने बताउनु भयो ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल, प्रदेश नम्वर ५ को प्रथम ऐतिहासिक भेला उद्घाटनमा समारोहलाई आईतबार कपिलबस्तुको चन्द्रौटामा सम्बोधन गर्दै प्रदेश प्रमुख यादवले दलित समुदायको समस्या हल गर्ने असल नियतले संघ स्थापना भएकोमा सफलताको कामना व्यक्त गर्नुभयो ।
प्रदेश सांसद तथा भौतिक पूर्वाधार विकास समितिका सभापति आशा स्वर्णकारले प्रदेश भेलाले नयाँ सन्देश दिएको भन्दै दलित समुदायको आवाजलाई बुलन्द पार्ने गरि कलम चलाउन आग्रह गर्नुभयो ।
यस्तै प्रदेश सांसद कमलादेवी विश्वकर्मा, माला विश्वकर्मा र दीपा विश्वकर्माले दलित समुदाय हरेक क्षेत्रमा विभेद भोग्न बाध्य भएको भन्दै अब दलित पत्रकारहरुले समाज परिवर्तनका लागि सशक्त रुपमा कलम चलाउने बेला आएको बताउनुभयो । संघका अध्यक्ष तथा संविधानसभाका पूर्व सदस्य विनोद पहाडीले दलितहरुको भौतिक उपस्थिति र दलित समुदायको ऐजेन्डालाई मूलप्रवाहको मिडियामा स्थापित गर्न दलित पत्रकार संघ स्थापना गरिएको बताउनुभयो । उहांले दलित समुदायका पत्रकारहरु अब्बल रहेपनि मूलधारका सञ्चारमाध्यमले उपयुक्त अवसर नदिएको उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले व्यवस्था परिवर्तन भएपनि साँस्कृतिक रुपान्तरणको अभियान अझै बाँकी रहेको बताउनु भयो । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले नेपालको संविधानमा जातीय छुवाछुत तथा भेदभाव गर्न नपाइने उल्लेख गरेपनि सामाजमा छवाछुत अन्त्य हुन नसकेको बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख नेत्र अधिकारी, मुक्ति समाजका पूर्व महासचिव गणेश विश्वकर्मा, राजपाका केन्द्रीय सचिव रविदत्त मिश्र, नेकपा प्रदेश सदस्य बालकराम बुढामगर, नेपाली काँग्रेस कपिलबस्तु जिल्ला सचिव प्रेम बहादुर रायमाझी, प्रेस संगठन, ५ नम्वर प्रदेशका सह सयोजक मानसिंह विश्वकर्मा, नेपाल पत्रकार महासंघ प्रदेश ५ का सदस्य नन्दराम पौडेल, शिवराज नगरपालिकाका कार्यपालिका सदस्य चन्द्र बहादुर गहतराज, नेकपाका नेता दिनेश पुन, राष्ट्रिय दलित पत्रकार संघ नेपालका सचिव सन्तोष गन्धर्व, चन्द्रौटा व्यापार संघका अध्यक्ष महादेव पोखरेल, संघका सल्लाहाकार निशा विश्वकर्मा, संघका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज सोना खटिक, संघका पाल्पा अध्यक्ष मिलन विश्वकर्मा, मानव अधिकारकर्मी विष्णु प्रसाद खतिवडा, प्रदेशभेला व्यवस्थापन समितिका संयोजक चिन्ता परियार लगायतले दलित समुदायको उत्थानका लागि दलित पत्रकारको भूमिका महत्वपुर्ण हुने औल्याउनु भयो ।
उद्घाटन कार्यक्रमअघि कपिलबस्तुको चन्द्रौटा बजारमा पञ्चेबाजा सहितको जनयात्रा निकालिएको थियो । १२ जिल्लाका दलित समुदायका पत्रकार तथा, सांसद, जनप्रतिनिधि र अधिकारकर्मीहरुको सहभागितामा चन्द्रौटा बजारमा भेदभावविरुद्ध सन्देश दिने गरि जनयात्रा नामक ¥याली निकालिएको हो ।

छ जना दलित अगुवालाई सम्मान



प्रथम भेलाका अवसरमा दलित आन्दोलनमा योगदान पु¥याउने ६ जना व्यक्तिलाई सम्मान गरिएको छ । सो अवसरमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली, संविधानसभा सदस्य शान्तिदेवी चमार, पूर्व साँसद उमा विश्वकर्मा, नेपाल भारत दलित मैत्री संघका केन्द्रीय अध्यक्ष ओम प्रकाश रामदाम र दलित अभियन्ता रामशुभक हरिजनलाई सम्मान गरिएको हो । सम्मानित व्यक्तिहरुलाई पाँच नम्वर प्रदेशका प्रमुख धर्मनाथ यादवले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

≪ Previous Post

पश्चिम नवलपरासीमा लागुऔषध सहित दुई जना पक्राउ

Next Post ≫

शिक्षाले सभ्य समाज निर्माण गर्छ : पूर्वराष्ट्रपति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क