Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ २० औं संस्करणको औद्योगिक ब्यापार मेलाको समापन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

२० औं संस्करणको औद्योगिक ब्यापार मेलाको समापन

संसारपोस्ट संवाददाता · २३ पुष २०७६ · 0
२० औं संस्करणको औद्योगिक ब्यापार मेलाको समापन
70
SHARES
ShareTweet


मुलुकमा लगानीका लागि वातावरण बन्न सकेन : वरिष्ठ उपाध्यक्ष गोल्छा


बुटवल, २३ पुस
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलको देवीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला सकिएको छ । १५ दिनसम्म सञ्चालन गरिएको मेलाको समापन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकमा लगानीका परिसूचकहरु राम्रो देखिएपनि वातावरण बन्न नसकेको औंल्याउनु भयो ।
उहाँले मुलुकको अर्थतन्त्र सुधारकालागि नीजि क्षेत्रको मनोवल बढाएर लगानी आकर्षण गर्न सरकारलाई सुझाव दिनुभयो । मुलुकमा पर्यटन बिकासको राम्रो सम्भावना रहेकाले पर्यटकको बसाई लम्याउनु पर्ने, लुम्बिनी बिशेष प्याकेज बनाउनु पर्ने, मुलुकमा उद्योगधन्दा बिकासकोलागि लगानी कर्तालाई जमिन उपलब्ध गराउनु पर्ने उहाँले भनाई राख्नुभयो ।
त्यस्तैगरी साना मझौला उद्यमीका समस्या सम्बोधन गर्नुपर्ने र उनीहरुलाई कर्जा प्रवाहमा सहजता गराउनु पर्ने उल्लेख गर्नुभयो । साना मझौला उद्यमीकालागि करको समस्या रहेकाले त्यो समस्या फूकाउनकालागि पनि उहाँले सरकारसंग आग्रह गर्नुभयो । त्यस्तै निकासी सम्भावना भएका उत्पादन बृद्धि गर्न र कृषि उद्यमशिलता बिकासकालागि कृषिमा आधुनिकिकरण तथा प्रविधीको प्रयोगमा जोड दिनुभयो ।
निकट भविश्यमा नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको पदभार ग्रहण गरेपछि मुलुकको अर्थतन्त्र सुधारकालागि नीजि क्षेत्रको भूमिकाका बारेमा जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुसंग सुझाव लिएर अंगाडी बढ्ने पनि सोही अवसरमा उहाँले जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बिभिन्न खाले बावधानका विच पनि मेला सफल भएको जानकारी गराउँदै लक्ष्य परिपूति उन्मुख रहेको बताउनु भयो । मेलाले सिंगो बुटवलको बजारलाई नै चलायमान बनाएको बताउँदै देवीनगरमा सञ्चालन गरिएको मेलाले यहाँको पहिचान स्थापित गर्न सफल भएको दावी गर्नुभयो ।
यहि पुसको ९ गतेदेखि सञ्चालन गरिएको मेलामा उत्कृष्ट स्टल धनीहरुलाई पुरस्कृत गरिएको छ । समग्र स्टलमा रुपानी ईञ्जिनियरिङ् बुटवल प्रथम, जीपिडी फूड प्रोडक्ट तिलोत्तमा ८ द्वितीय, जिल्ला कारागार रुपन्देही तृतीय तथा आर्ट अफ लिभिङ् सान्त्वना भएका छन् । त्यस्तै प्रविधीमा जिसी रिसर्च एण्ड डेभलपमेन्ट प्राली बुटवल प्रथम, गणपती मेटल वर्कशप भरतपुर चितवन द्वितीय, हस्तकलामा कोशेली हस्तकला बुटवल १४ प्रथम, नेपाल अपांग आश्रम बुटवल ११ द्वितीय, कृषि तर्फ गुप्ता नर्सरी तिलोत्तमा ७ प्रथम, लांघाली अचार बुटवल ५ द्वितीय, दुर्गम क्षेत्रबाट चिनारी महिला साझेदारी समुह प्रथम र देउती अर्गानिक मह तथा फलफूल उत्पादन समुह सिंजा ६ जुम्ला द्वितीय भएका छन् ।
मेलाको उद्घाटनमा प्रदर्शन गरिएको झाँकीमा नेपाल आर्मीको गरुडदल गणले प्रस्तुत गरेको न्याउली बाजा सहितको सरायँ नाच प्रथम र नेवा पुच गुठी बुटवल देवीनगर द्वितीय भएको बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष तथा मेला मुल्यांकन तथा पुरस्कार व्यबस्थापन समितिका संयोजक महेशमान सिंहले जानकारी गराउनु भयो । उनीहरुलाई संघका अध्यक्ष हमाल तथा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले पुरस्कृत गर्नुभएको थियो । त्यस्तै अवसरमा राष्ट्रिय कलाकारहरु ईन्द्र जिसी र मञ्जु पौडेललाई समेत सम्मान गर्नुका साथै सहयोगी संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै ५ नं. प्रदेशका प्रदेश सभा सदस्य कृष्ण न्यौपाने, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले सबैको साथ र सहयोगका कारण मेला नयाँ स्थानमा सञ्चालन गरिए पनि सफल भएको बताउँदै यहाँको बिकासमा सबैको साथ र सहयोग आवश्यक रहेको औंल्याउनु भयो । संघका वरिष्ठ उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितीका सहसंयोजक उज्जल कसजुको धन्यवाद मन्तव्यमा भएको समापन कार्यक्रको सञ्चालन महासचिव तथा मेला सचिवालय व्यबस्थापन उपसमितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
१५ दिनसम्म सञ्चालन गरिएको मेलामा ५ सय स्टल राखिएको थियो भने लक्ष्य अनुसार दर्शकको सहभागिता र कारोवार भएको मेला सचिवालयले जनाएको छ ।
मेलाको अन्तिम दिन बुधबार भएको दोहोरी गीत प्रतियोगिताको फाईनल प्रतिस्पर्धामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाँच नं. प्रदेश प्रथम भएको छ भने क्वीन रोधिघर काठमाण्डौ द्वितीय तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जा तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ७१ हजार, ५१ हजार र २५ हजार नगद सहित पुरस्कार प्रदान गरिएको छ ।
मेला समापनकै दिन अर्घाखाँची भूमिका स्थान खिल्जी रुपन्देही सम्पर्क समाजले अर्घाखाँची खिल्जीको सांस्कृतिक झाँकी सरायँ नाच प्रदर्शन गरेको थियो भने बिभिन्न कलाकारहरु प्रस्तुती गरेका थिए ।

≪ Previous Post

उद्योग संघमा इन्जिनियरिङ्ग समिति गठन

Next Post ≫

जिपी कोईराला फाउण्डेशनमा मनोनयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क