Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योग संघमा इन्जिनियरिङ्ग समिति गठन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योग संघमा इन्जिनियरिङ्ग समिति गठन

संसारपोस्ट संवाददाता · २३ पुष २०७६ · 0
उद्योग संघमा इन्जिनियरिङ्ग समिति गठन
50
SHARES
ShareTweet

बुटवल, २३ पुस
रुपन्देही उद्योग संघमा इन्जिनियरिङ्ग उद्योगीहरुको भेलाले बुधबार इन्जिनियरिङ्ग वस्तुगत समिति गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न उद्योगीहरुको भेलाले बुटवल इन्जिनियरिङ्ग वक्र्सका महेन्द्र कार्कीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
गठित समितिको सहसंयोजकमा रेसुङ्गा इन्जिनियरिङ्ग वर्कशप एण्ड ग्रिल उद्योगका मेघबहादुर घिमिरे
(मिलन), सचिवमा धौलागिरी ग्रिल उद्योगका पदमबहादुर बि.क.सदस्यहरुमा तुल्सी इन्जिनियरिङ्ग वक्र्सका तुल्सीराम कुँवर क्षेत्री र सुरज ग्रिल उद्योगका हुकुम बहादुर लोहार (रसाइली) चयन हुनु भएको छ ।
भेलाले समितिको सल्लाहकारहरु समेत चयन गरेको छ । सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटा, संघका महिला सचिव माया खनाल, संघका कार्यसमिति सदस्य नारायण पाठक, प्रेम बहादुर आले पूर्व कार्यसमिति सदस्य बालकृष्ण पराजुली, उद्योगी तुल बहादुर सारु, मोहन प्रसाद पाण्डे, दिननाथ ज्ञवाली र विवेक प्रधान रहनु भएको छ ।
भेलाका अध्यक्ष एवं संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाले सम्पूर्ण उपस्थित उद्योगीहरुलाई स्वागत गर्दै संघका वस्तुगत समिति गठनको महत्व र उद्देश्यमाथी प्रकाश पार्नु पार्दै गठित समितिले सक्रिय रुपमा काम गर्न आग्रह गर्नु भएको थियो ।
भेलाका प्रमुख अतिथि तथा संघका अध्यक्ष बाबुराम बोहोराले नव गठित वस्तुगत समितिहरुबाट साथै आप्mनो वस्तुगत समिति मार्फत संघमा ल्याईपु¥याउने समस्या समाधानका लागि सहकार्य गर्न पहल गरिने बताउनु भयो । साथै संघबाट सम्पन्न गरिने कार्यक्रहरुमा सक्रिय रुपमा सहभागी हुन अनुरोध गर्दै नव गठित वस्तुगत समितिलाई बधाई ज्ञापन एवं शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष तुलबहादुर सारुले इन्जिनियरिङ्ग उद्योगहरुका समस्या समाधानका लागि रुपन्देही उद्योग संघसँग सहकार्य गरी सम्बन्धित निकायहरु समक्ष पु¥याई पहल गर्न सधैं तत्पर रहने बताउनु भएको थियो ।
नव गठित इन्जिनियरिङ्ग वस्तुगत समितिका संयोजक महेन्द्र कार्कीले इन्जिनियरिङ्ग उद्योगीहरुका समस्याहरुलाई रुपन्देही उद्योग संघमार्पmत समाधान गर्न पहल गर्ने र संघले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
भेलामा संघका वरिष्ठ उपाध्यक्ष माधबप्रसाद पौडेल, कोषाध्यक्ष हरिबहादुर खत्री, सचिव हिरामणी भट्टराई, महिला सचिव माया खनाल कार्यसमिति सदस्य नारायण पाठक, लालहरि पाण्डे, प्रेम बहादुर आले, विशाल बेलबासे र इन्जिनियरिङ्ग सम्बन्धी उद्योगीहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रम संचालन संघका महासचिव जीवकान्त काफ्लेले गर्नु भएको थियो । कार्यक्रममा संघका कार्यसमति सदस्य युवराज आचार्यले स्वागत र प्रेमबहादुर आलेले धन्यवाद ज्ञापन गर्नु भएको प्रमुख कार्यकारी अधिकृत
यादव प्रसाद भण्डारीले बताउनु भयो ।

≪ Previous Post

नेका बुटवल ७ द्धारा २८६लाई क्रियाशिल सदस्यता वितरण

Next Post ≫

२० औं संस्करणको औद्योगिक ब्यापार मेलाको समापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क