Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एनआईसी एशियाको न्यू सुपर चमत्कारिक योजना सार्वजनिक
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एनआईसी एशियाको न्यू सुपर चमत्कारिक योजना सार्वजनिक

संसारपोस्ट संवाददाता · २३ पुष २०७६ · 0
एनआईसी एशियाको न्यू सुपर चमत्कारिक योजना सार्वजनिक
70
SHARES
ShareTweet

सवै जनतालाई बैकको पहुचँमा ल्याउने गरि अस्पतालको बहिरंग उपचार खर्च तिर्नेदेखि २१ लाख वीमासम्म




बुटवल २३ पुस
एनआईसी एशिया बैंकले नयाँ अफरका रुपमा सवै जनतालाई बैकको पहुचमा ल्याउने गरि न्यू सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक गरेको छ । जस अन्र्तगत अब बैकमा १ हजारको खाता खोल्नेले औषधि उपचार बीमा अन्तर्गर्त बहिरंग उपचारमा २० हजार सम्म र अस्पताल भर्ना वापत ८० हजार रुपैयाँसम्म भुक्तानी दिने योजना ल्याएको बैंकका प्रदेश ५ कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले बताउनु भयोे ।
बैंकले उत्कृष्ट वीमा सुरक्षा योजना, कर्जाको ब्याज दर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ सुविधा लगायतमा न्यू सुपर चमत्कारिक निक्षेप योजना ल्याएको हो । आफू अनुकूल हुने रकम वचत गर्नका लागि सिल्भर, गोल्ड र डायमण्ड गरी तीन प्रकारका वचत योजनाहरु बैंकले सार्वजनिक गरेको हो ।
यी योजना अन्तर्गत बैकमा खाता खोल्ने ग्राहकहरुले २१ लाख रुपैयाँसम्मको वीमा सुविधा पाउने बैंकका प्रदेश ५ कार्यालय प्रमुख कार्कीले बताउनु भयो ।
खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको वीमा सुविधा, १८ घातक रोगहरुका लागि १० लाख रुपैयाँ सम्मको वीमा सुविधा र एक लाख सम्मको औषधि उपचार वीमा सुविधा पाउने कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
सबै प्रकारका खातामा वार्षिक ६.५ प्रतिशत ब्याज दर र डायमण्ड सिरिजको वचत खातामा अति विशिष्ट सुविधाहरु प्राप्त हुने बैंकका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताउनु भयो ।
खातावालको जीवन सहज बनाउनका लागि बैंकले घरमै बैंकिङ सुविधा, निःशुल्क डीम्याट खाता खोल्ने, निःशुल्क इ–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दति खताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा समेत यो योजनाले समेटेको पाण्डेले बताउनु भयो । बैंकले विशेष आकर्षणको रुपमा स्वीप इन–स्वीप आउट सुविधा पनि ल्याएको छ । जस अन्तर्गत सुपर चमत्कारिक बचत खातामा दुई लाख भन्दा बढी भएमा सो रकमलाई १० हजारले गुणन गर्ने गरी तीन महिनाको मुद्दति निक्षेपमा स्वतः रकमान्तर गरिने बैंकले जनाएको छ । सो रकममा ९.७५ प्रतिशतसम्मको ब्याज दर दिइने पाण्डेले बताउनु भयो । न्यू सुपर चमत्कारिक निक्षेप योजना अन्तर्गत विभिन्न ३० प्रकारका सुविधायुक्त निक्षेप योजना रहेको बैंकले जनाएको छ ।
बैंकका हालसम्म देशभर ३ सय १३ वटा शाखा कार्यालय,४सय ८ एटिएम,१सय ३ एक्स्टेन्सन काउन्टर र ४५ वटा शाखारहित बैंकिङ सेवामार्फत २० लाख ग्राहकलाई सेवा प्रदान गरेको प्रदेश ५ कार्यालय प्रमुख कार्कीले बताउनु भयो ।

≪ Previous Post

रुपन्देहीको सियारी गाउँपालिकामा श्रीमानद्वारा श्रीमतीको हत्या

Next Post ≫

नेका बुटवल ७ द्धारा २८६लाई क्रियाशिल सदस्यता वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क