Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ‘भ्वाईस अफ बुटवल’को उपाधि मणिग्रामका सिद्धार्थलाई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

‘भ्वाईस अफ बुटवल’को उपाधि मणिग्रामका सिद्धार्थलाई

संसारपोस्ट संवाददाता · २३ पुष २०७६ · 0
‘भ्वाईस अफ बुटवल’को उपाधि मणिग्रामका सिद्धार्थलाई
60
SHARES
ShareTweet


बुटवल, २३ पुस । बुटवलको औद्योगिक ब्यापार मेलामा सञ्चालन गरिएको ‘भ्वाईस अफ बुटवल’को उपाधि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सिद्धार्थ गैरेले हात पारेका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ६ मणिग्रामका सिद्धार्थले मंगलबार भएको ग्राण्ड फिनालेमा २१ जना प्रतिष्प्रधिहरुलाई पछाडी पार्दै ‘भ्वाईस अफ बुटवल’को उपाधि हात पारेका हुन् ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यहि पुसको ९ गतेदेखि बुटवल देबीनगरमा सञ्चालन गरिएको भ्वाईस अफ बुटवलको उपाधिकालागि २१ जनाले प्रतिस्पर्धा गरेका थिए । बुटवलको एम्स कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीय सिद्धार्थ सानैदेखि गायनमा रुचि राख्ने र बुटवलको बागेश्वरी संगितालयमा संगित विधामा कक्षा लिईरहेको बताउँछन् ।
बुवा तुमलाल र आमा साबित्रा गैरेका छोरा सिद्धार्थ २०७४ मा तिलोत्तमामा भएको व्यापार मेलामा संचालन गरिएको भ्वाईस अफ तिलोत्तमामा सेकेन्ड रनर अफ हुन सफल भएका थिए ।
मंगलबार भएको ग्राण्ड फिनालेमा तिलोत्तमा नगरपालिका वडा नं. १ शंकरनगरकी वर्षा ज्ञवाली द्वितीय भएकी छन् । बुवा विष्णुप्रसाद र आमा भगवती ज्ञवालीकी छोरी १६ वर्षीया वर्षा दुर्गादत्त माध्यमिक बिद्यालय शंकरनगरमा कक्षा १० मा अध्ययनरत छन् । भ्वाईस अफ बुटवलको प्रतिस्पर्धामा उत्रिएका पाल्पा माथागढीका सन्दिप मगर तृतिय भएका छन् । पाल्पाको माथागढी गाउँपालिका गोठादी घर भई बुटवल कालिकानगरमा बस्ने सन्दिप मायाँदेवी टेक्निकल कलेजमा डिप्लोमा ईन फार्मेसी अध्ययन संगै तीन चार वर्षदेखि संगित बिधा पनि अध्ययन गरिरहेका छन् ।
गोदरेज किचनको प्रायोजनमा आयोजना गरिएको भ्वाईस अफ बुटवलको उपाधि विजेता सिद्धार्थलाई ६५ हजार ५५५, द्वितीय वर्षालाई ३५ हजार ५५५ र तृतीय सन्दिपलाई २५ हजार ५५५ रुपैंयाँ नगद सहित पुरस्कार प्रदान गरिएको संघका सदस्य तथा आधुनिक सांस्कृतिक कार्यक्रम संयोजक मनोज ध्वजुले जानकारी गराउनु भयो ।
उनीहरुलाई बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमाल, आधुनिक कार्यक्रम संयोजक मनोज ध्वजु, प्रायोजक गोदरेज किचनका सुमन केसी लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताको सञ्चालन सुमन अधिकारीले गर्नुभएको थियो भने निर्णायकमा सुरेश सेन्चुरी, नारायण थापा, बसन्त श्रेष्ठ र सुदन बासकोटा रहनु भएको थियो । भ्वाईस अफ बुटवलको टप फाईभमा प्रतिस्र्धा गरेका बुटवल ११ देबीनगरका १६ वर्षीय सागर घिमिरे र रुपन्देहीको सुद्धोधन गाउँपालिका वडा नं. ७ भगलापुरकी अञ्जली थारुलाई प्रोत्साहन स्वरुप जनही १० हजार ५५५ रुपैंयाँ नगद पुरस्कार सहित गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

≪ Previous Post

पत्रकार श्याम पोखरेल मातृशोकमा

Next Post ≫

रुपन्देहीको सियारी गाउँपालिकामा श्रीमानद्वारा श्रीमतीको हत्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क