Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योग संघमा राइस तथा आयल मिल समिति गठन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योग संघमा राइस तथा आयल मिल समिति गठन

संसारपोस्ट संवाददाता · २२ पुष २०७६ · 0
उद्योग संघमा राइस तथा आयल मिल समिति गठन
80
SHARES
ShareTweet

बुटवल २२ पुस
रुपन्देही उद्योग संघमा राइस मिल तथा आयल मिल वस्तुगत समिति गठन गरिएको छ ।
सम्बन्धीत उद्योगीहरुको मंगलबार भएका भेलाले राइस मिल तथा आयल मिल वस्तुगत समिति गठन गरेको छ ।
संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न भेलाले पंगेनी राइस मिलका जागेश्वर पंगेनीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।
गठित समितिको सहसंयोजकमा शिवशक्ति चामल उद्योगका सूर्य प्रसाद भुर्तेल, सचिवमा सत्यस्वर राइस मिलका उमानाथ कंडेल र सदस्यहरुमा बर्मा राइस मिलका जगन्नाथ बर्मा (सोनार) जनप्रिय राइस मिलका सुर्जमान चौधरी (थारु) श्रीकृष्ण राईसमिलका प्रेमलाल पाण्डे र कुमारवर्ती राइसमिलका रामचन्द्र चौधरी चयन हुनु भएको छ ।
भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटा, कार्यसमिति सदस्य विशाल बेलबासे, रमेशचन्द्र रेग्मी, पूर्व कार्यसमिति सदस्य सुरेन्द्र चौधरी, राजबहादुर क्षेत्री उद्योगीहरु चन्द्रमान श्रेष्ठ, खोमराज ढकाल, सूर्यबहादुर कार्की, शेखर श्रेष्ठ र तेजप्रसाद पाण्डलाई चयन गरेको छ ।
भेलामा संघका अध्यक्ष बाबुराम बोहोराले नव गठित वस्तुगत समिति भित्र रहेका समस्याहरुलाई संघमा ल्याउने र समाधानका लागि सहकार्य गर्न पहल गरिने बताउनु भयो । साथै संघबाट सम्पन्न गरिने विभिन्न गतिविधिहरुमा सक्रिय सहभागिताका लागि आग्रह गर्दै समितिलाई बधाई ज्ञापन गर्नु भएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेलले सहभागी उद्योगीहरुलाई धन्यवाद ज्ञापन गर्दै समितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा संघका महिला सचिव माया खनालले स्वगत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उद्योगी चन्द्रमान श्रेष्ठले राइस मिल उद्योगका विगतदेखिका गतिविधि हालसम्मका अनुभव र उद्योगका समस्याहरुका बारेमा प्रकाश पार्नु भएको थियो ।
नव गठित राईस मिल तथा आयल मिल वस्तुगत समितिका संयोजक जागेश्वर पंगेनीले राईस मिल तथा आयल मिल उद्योगीहरुलाई परेका समस्याहरुलाई संघ मार्पmत समाधान गर्न आफु हरपल लागिरहने र संघले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
भेलामा कार्यसमिति सदस्य युवराज आचार्य राइस मिल तथा आयल मिल उद्योगीहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रम संचालन संघका महासचिव जीवकान्त काफ्लेले गर्नु भएको प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

≪ Previous Post

किराना व्यवसायीद्वारा रक्तदान

Next Post ≫

बुधवार बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलाको समापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क