Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ घरेलु मदिरा प्रतिबन्ध लगाउन मिल्दैन : कानून मन्त्री केसी
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

घरेलु मदिरा प्रतिबन्ध लगाउन मिल्दैन : कानून मन्त्री केसी

संसारपोस्ट संवाददाता · १७ असार २०७६ · 0
घरेलु मदिरा प्रतिबन्ध लगाउन मिल्दैन : कानून मन्त्री केसी
90
SHARES
ShareTweet


बुटवल, १७ असार
प्रदेश पाँचका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले स्वदेशी मदिरा उद्योगलाई बढवा दिनुपर्ने बताउनु भएको छ ।
मदिरा व्यवसायी महासंघ प्रदेश ५द्धारा शनिवार बुटवलमा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री केसीले विदेशी आयातित मदिरालाई निरुत्साहित गर्दै स्वदेशी मदिरा उद्योगहरुलाई बढवा दिनुपर्ने बताउनु भयो ।
विदेशी मदिराको अत्याधिक आयात बढेको भन्दै मन्त्री केसीले घरेलु मदिरालाई गुणस्तरयुक्त बनाउन सुझाव दिनु भयो । उहाँले प्रदेश सरकारले कानून निमार्णको काम गरिहेको भन्दै स्वदेशी मदिरा उद्योगलाई प्रोत्साहन गरिने बताउनु भयो । उहाँले घरेलु मदिरा संस्कारसंग जोडिएको भन्दै घरेलु मदिरालाई प्रतिबन्ध नलगाई विविधतायुक्त मदिरा बनाउन आग्रह समेत गर्नु भयोे । उहाँले टिमुर, स्याउ, अदुवा जस्ता विभिन्न फेवरका घरेलु मदिरा बनाएर विदेशीलाई स्वाद चखाउन सके नेपाली उद्योगको प्रबद्र्धन गर्न सकिने बताउनु भयो ।
कानुन झन्झटिलो रहेको स्वीकार गर्दै मन्त्री केसीले प्रदेश सरकारले स्पष्ट कानुन बनाएको बताउनु भयो । मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले घरेलु मदिरा नियन्त्रण गर्न माग गर्नु भयोे । उहाँले विक्रिका आधारमा मुल्य अभिबृद्धि कर लगाउनुपर्ने बताउनुु भयो ।
अर्का केन्द्रीय उपाध्यक्ष मृगेन्द्र गाविन्द श्रेष्ठले कानुनमा बर्षमा चार पटक गरी २० लिटर मात्र घरेलु मदिरा बनाउनुपर्ने नियम भएपनि यसैका आधारमा अबैध रुपमा घरेलु मदिरा उत्पादन भइरहेको बताउनु भयो ।
आन्तारिक राजश्व राजश्व कार्यालय बुटवलका कर अधिकृत हिमाल गौतमले राज्यले मदिरा व्यवसायीलाई गलत दृष्टिले नहेरेको स्पष्ट पार्दै अबैध मदिरलाई करको दायरामा ल्याउन व्यवसायीको सहयोग चाहिने बताउनु भयो ।
मदिरा व्यवसायी महासंघ प्रदेश नं. ५ का अध्यक्ष गिरीराज पौडेलेको अध्यक्षता, प्रदेश सचिव चिरञ्जीवि राउतको सञ्चालन तथा उपाध्यक्ष कृष्ण बरालको स्वागतमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

ईट्टा उद्योगलाई बालश्रममुक्त बनाउन माग

Next Post ≫

कल्लु चौधरीकोे १३ औं पुण्य तिथीमा शोक सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क