Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ईट्टा उद्योगलाई बालश्रममुक्त बनाउन माग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ईट्टा उद्योगलाई बालश्रममुक्त बनाउन माग

संसारपोस्ट संवाददाता · १७ असार २०७६ · 0
ईट्टा उद्योगलाई बालश्रममुक्त  बनाउन माग
60
SHARES
ShareTweet


यमलाल भुसाल
बुटवल १७ असार
ईट्टा उद्योगलाई प्रबिधि, वातावरणमैत्री र बालश्रममुक्त बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन ।
नेपालका अधिकांश ईट्टा उद्योगमा वाल श्रमिकको प्रयोग हुने गरेको छ भन्दै सरोकारवालाले वाल श्रममुक्त वनाउन जरुरी रहेका औल्याएका छन ।
रुपन्देहीको नयाँमिलमा सोमवार आयोजित श्रमिक मैत्री ईट्टा उद्योग, ईट्टा उद्योगमैत्री स्थानीय शासन र नीति बिषयक कार्यशाला गोष्ठिमा वोल्नेहरुले उद्योगलाई प्रबिधिमैत्री र बालश्रममुक्त वनाउन माग गरिएको हो ।
गोष्ठिको उदघाटन गर्दै प्रदेश पाँचका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले ईट्टा उद्योगलाई सहज रुपमा कर्जा प्रवाह गर्न पहल गर्ने आश्वासन दिनुभयो ।
मन्त्री गिरीले वातावरण प्रदुषण र वाल श्रमरहित बनाउन सरकारले दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक परे प्रदेश सरकारले तालिम चलाउन सक्ने बताउनु भयो ।
प्रदेश सभा सदस्य डा कृष्ण न्यौपानेले ईट्टा उद्योगलाई प्रबिधिमैत्री बनाएर बिकासको मुल आधाका रुपमा नै अघि बढाउनु पर्ने बताउनु भयो ।
अर्का प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले सरकारले स्पष्ट नीति नियम बनाएर उद्योगलाई बदलिदो परिस्थिति अनुसार चलाउनु पर्ने बताउनु भयो ।
कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले इट्टा उद्योलाई प्रदूषण र बाल श्रममुक्त बनाउन नगरपालिकाल जनचेतामूलक कार्यक्रम र उद्योगको पूर्वाधार बिकासका लागि उद्योगसम्म सडक पुर्याउने तथा जनशक्तिलाई तालिम उपलब्ध गराउने बताउनु भयो ।
सामाजिक बिकास मन्त्रालयका निमित्त सचिव टिकाराम अर्यालले न्यूनतम पारिश्रमिक उपलब्ध गराउने नाममा बाल श्रमिकको प्रयोग गर्ने प्रवृति रहेको बताउनु भयो ।
इट्टा उद्योग व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष थानेश्वर घिमिरेले ईट्टा उद्योग बिकास निर्माणदेखि बसोवास निर्माण हरेक क्षेत्रमा आवश्यक भएपनि सबैको निसानामा यिनै उद्योग पर्ने गरेको बताउनु भयो ।
कार्यक्रममा उद्योगी डम्वर शर्माले नेपालमा इट्टा उद्योगको अवस्था समस्या सम्भावनाका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

≪ Previous Post

लुम्बिनी विकाशको लागि रोड शो

Next Post ≫

घरेलु मदिरा प्रतिबन्ध लगाउन मिल्दैन : कानून मन्त्री केसी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क