Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ लुम्बिनी विकाशको लागि रोड शो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी विकाशको लागि रोड शो

संसारपोस्ट संवाददाता · १७ असार २०७६ · 0
लुम्बिनी विकाशको लागि रोड शो
50
SHARES
ShareTweet

भैरहवा, १७ असार ।

बुद्धजन्मस्थल लुम्बिनीसहित कपिलवस्तु, नवलपरासी र अन्य स्थानमा रहेका बुद्ध जिवनीमा आधारित क्षेत्रहरूको प्रबद्र्धन, विकास र प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश पाँच सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ अन्तर्गत रोड सो कार्यक्रम बहीबारबाट पश्चिम नेपालमा सुरु गरिएको छ । यसअघि स्यांजा, पोखरा हुँदै काठमाडौंसम्म र पूर्वी नेपालमा रोड सो गरिएको थियो । पश्चिम नेपालमा तेस्रो चरण अन्तर्गत रोड सो सुरु गरिएको कार्यक्रम संयोज तथा सिद्धार्थ होटल एशोसिएसनका महासचिव रवीन्द्र शर्मा घिमिरेले बताए ।

बिहीबार बुद्ध जन्मस्थल लुम्बिनीस्थित पर्साचोकमा बुद्ध पाठ गरी लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले रोड सो कार्यक्रममा शुरुवात गरे । उनले मानिसले जस्तो वातावरणमा हुर्कन्छ उस्तै संस्कृति र संस्कार सिक्ने भएकाले सबैले बुद्ध जन्मस्थल आई शान्ति र अहिंसाको संस्कृति सिक्नु पर्ने बताए । लुम्बिनीको विकासमा प्रदेश सरकारले अघि सारेको योजना सफल पार्न सबै नेपालीको उत्तिकै भूमिका रहने उनले जनाए । पश्चि नेपालमा नेपालीहरुलाई शान्तिको सन्देश लिन पनि एकपटक लुम्बिनी आउन उनले आग्रह गरे ।

बाइटः भिक्षु मैत्तेय, उपाध्यक्ष, लुम्बिनी विकास कोष

पश्चिम नेपालमा गरिएको रोड सो अन्तर्गतबिहीबार कपिलवस्तुको तौलिहवा, चन्द्रौटा र लमहीमा मा कार्यक्रम गरिएको छ । त्यहाँका नगरपालिका प्रमुखलाई भेटेर नगरबासीलाई समेत निमन्त्रणा गरिएको छ । रोड सोमा बोल्दै कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले छिमेकी राष्ट्रले लुम्बिनी र कपिलवस्तुबारे भ्रम फैलाइरहे पनि विश्व जगत भने नेपालमै बुद्ध जन्मिएको भनी प्रस्ट भइसकेको बताए । उनले बौद्धकालीन क्षेत्रको विकासमा प्रदेश सरकारले अघि सारेको भ्रमण वर्षको योजना सफल पार्न नगरपालिकाले पूर्ण सहयोग गर्ने जनाए । शिवराज नगरपालिका प्रमुख नेत्रप्रसाद अधिकारीले अझै आफ्नै मुलुक भित्रमा नागरिकले लुम्बिनीलाई चिन्न नसकिरहेको बेला प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउनु आफैमा महत्वपूर्ण कार्यक्तम भएको बताए । लमही नगरपालिका प्रमुख कुल बहादुर केसीले मुलुक समृद्धिको आधार नै पर्यटन भएको बताए । उनले लुम्बिनी जस्ता एतिहासिक धरोहरहरुको प्रचारप्रसार गर्न सके धेरैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्न सकिने जनाए । उनले नगरबासीलाई एकपटक लुम्बिनी घुम्न जानका लागि आफूले अपिल गर्ने प्रतिबद्धता गरे ।

बाइटः किरण सिंह, नगर प्रमुख, कपिलवस्तु नगरपालिका

बाइटः नेत्रप्रसाद अधिकारी, नगर प्रमुख, शिवराज नगरपालिका

बाइटः कुलबहादुर केसी, नगर प्रमुख, लमही नगरपालिका

रोड सो कार्यक्रम कोहलपुर, नेपालगन्ज, बर्दिया, चिसापानी (कर्णालीपुल, धनगढी, महेन्द्रनगरसम्म पुग्ने छ । रोड–शोमा मायादेवी मन्दिरको प्रतिकात्मक रूप, बुद्ध मूर्तिलाई गाडीमा सजाएर माईकिङ गर्दै, प्लेकार्डसहित प्रदर्शन गरी सबैमा लुम्बिनी भ्रमणको लागि सामूहिक आग्रह गर्नुको साथै त्यहाँका पर्यटन सरोकारवाला निकायसंग अन्तरकृया लगायतका कार्यक्रम समेत गरिने प्रदेश पाँच सरकारले जनाएको छ । चौथो चरणमा श्रावण, भाद्रमा भारतको कुशिनगर, सारनाथ लगायतका क्षेत्रमा रोड–शो कार्यक्रम गर्ने योजना छ । सानले आफ्नै पहलमा पनि बिभिन्न देशहरू थाईल्याण्ड, भियतनाम, लाओस, कम्बोडिया, सिंगापुर, मलेशिया, श्रीलंका, चिन लगायतका देशमा समेत लुम्बिनीको प्रचार एबं प्रबद्र्धन गर्ने कार्यक्रमको योजना बनाएको सानका अध्यक्ष चन्द्र पैकाश श्रेष्ठले बताए । ‘लुम्बिनीको प्रबद्र्धन गर्न हामी पछि हट्दैनौ । बिगतमा पनि गरेका थियौ, अहिले गरिरहेका छौ र भबिश्यमा पनि निरन्तर गरिरहन्छौं’, श्रेष्ठले भने ।
यसअघिका दुई चरणको रोड–शो कार्यक्रम निकै प्रभाबकारी भएको प्रदेश ५ उद्योग, पर्यटन बन तथा बाताबरण मन्त्रालयका सूचना अधिकृत शेषदत्त चौधरीले बताए । ‘दुई चरणको कार्यक्रम निकै राम्रो भयो पूर्व नेपालसम्म प्रचार भयो, पश्चिम साथै चौथो चरणको कार्यक्रम पनि राम्रो हुने अपेक्षा छ’, चौधरीले भने । प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण बर्षमा २० लाख आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी भित्र्याउने लक्ष्य लिँदै बिभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

≪ Previous Post

लागू औषध तथा अवैध तस्करी विरुद्ध दिवस

Next Post ≫

ईट्टा उद्योगलाई बालश्रममुक्त बनाउन माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क