Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लागू औषध तथा अवैध तस्करी विरुद्ध दिवस
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

लागू औषध तथा अवैध तस्करी विरुद्ध दिवस

संसारपोस्ट संवाददाता · १७ असार २०७६ · 0
लागू औषध तथा अवैध तस्करी विरुद्ध दिवस
70
SHARES
ShareTweet

तिलोत्तमा असार १७ । कहिले यति लागुऔषधका साथ यति जना समातिए अनि कहिले यति जनालाई यो साम्रगी बनाँउदा बनाँउदै पक्राउ लगायत बिभिन्न अन्य समाचारहरु हामीले नेपाल अनि विश्व परिपेक्ष्यमा सुन्दै आएका छौं। आउनुहोस् यसै परिपेक्ष्यमा कुरा अघि लगौं आज अन्तर्रा्ष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसमा ।

कृपा समूह तिलोत्तमा(९, दुर्गा मन्दिर क्लब, तथा तिलोत्तमा नगरपालिकाको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजनामा लागु औषध बिरुद्द सचेतना मुलक कार्यक्रम गौतम बुद्द मावि तिलोत्तमा(९ केवलानी रुपन्देहीमा सम्पन्न भएको छ । विद्यालयको कक्षाकोठामा भएको सो चेतनामुलक कार्यक्रममा कक्षा ५ देखि १० कक्षा सम्मका विद्यार्थीलाई सो बिषयमा सचेतना गराइएको थियो । अन्तर्रा्ष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम गरेको कृपा समुहका संचालक अमृत गुरुङले बताए । यस्तो खालको कुलत र दुर्व्यसनीको खतरा किशोर किशोरी समूहमै धेरै भएकोले बिद्यालय लाइ प्राथमिकतामा राखेर सचेतना गरिएको गुरुङ को भनाइ छ ।

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्रा्ष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस का रुपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ । यस दिनको एउटामात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो ।

विश्वमा अधिकांश लागुऔषधका प्रयोगकर्ता अनि कारोवारीहरु यूवा नै छन् किनभने यो उमेरमा मान्छेहरु अत्यन्त जोखिम अनि तरल अवस्थामा हुने सो सचेतना कार्यक्रममा उपस्थित इलाका प्रहरी कार्यालयका प्रमुख केश बहादुर थापाले बताए। अझ थोरै समयमा धेरै पैसो कमाउने लालसा अनि साथि हरुको लहैलहैमा लाग्ने कुलत र नशाको लतले त झन यूवाहरुलाई जोखिमको घेरामा राखेको थापाको भनाइ छ ।

बिद्यालय स्तरमा गरिएको यस्तो खालको चेतनशील कार्यक्रमले बिद्यार्थी र अभिभावकमा समेत अतिरिक्त चेतना फैलाउन सहयोग गरेको गौतम बुद्द मावि केवलानिका प्रधानाध्यापक हेमलाल पौडेलले बताए । खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपाल पनि यस समस्यावाट अछुतो नभएको र लागु औषध कारोवारले अपराध र अराजकतासंगै यसको सेवनले एचआईभी, हेपाटाईटीस लगायतका रोग हरु सर्न सक्ने सम्भावना निकै रहेको कृपा समुहका अध्यक्ष सुरज अर्यालले बताए । अन्तर्रा्ष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाउने मात्र नभई सबै युवाशक्ति देश बिदेशका नेपाली, स्थानिय, प्रदेश र केन्द्रिय सरकार, समुदाय अनि सरोकारवालाले यस विषयमा संवेदनशीलताका साथ हातेमालो गर्नुपर्ने कृपाका अध्यक्ष अर्यालको भनाइ छ ।

कार्यक्रममा २०० भन्दा बढी बिद्यार्थी सहभागी हुनुका साथै परामर्श दाता गौरव कार्की, समिर काफ्ले, डिएमसी क्लबका अध्यक्ष अनुप थापा, संयोजक लोक प्रसाद गुरुङ, पुर्व प्रधानाध्यापक गीता भण्डारी, शिक्षक अमृता पाण्डेय , स्थानिय युवा, बुद्दिजिविहरुको उपस्थित रहेको थियो ।

≪ Previous Post

कावासोतीमा भएको दुर्घटनामा रुपन्देहीका दुई जनाको मृत्यु

Next Post ≫

लुम्बिनी विकाशको लागि रोड शो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क