Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा उद्योग वाणिज्य संघमा दोस्रो मेलाको तयारी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा उद्योग वाणिज्य संघमा दोस्रो मेलाको तयारी

संसारपोस्ट संवाददाता · २२ पुष २०७६ · 0
तिलोत्तमा उद्योग वाणिज्य संघमा दोस्रो मेलाको तयारी
70
SHARES
ShareTweet

माघ ९ देखि २० गते सम्म मेला सञ्चालन हुने



तिलोत्तमा, २१ पुस । तिलोत्तमा उद्योग वाणिज्य संघले दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एबम् पर्यटन प्रवद्र्धन महोत्सव–२०७६ को तयारी शुरु गरेको छ ।
आगामी माघ ९ देखि २० गते सम्म सञ्चालन हुने दोस्रो संस्करणको राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एबम् पर्यटन प्रवद्र्धन महोत्सवका लागि प्रारम्भिक तयारीका कामहरु शुरु भएको आयोजक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले जानकारी दिनुभयो ।
बिशेष गरी कृषि र पर्यटनलाई प्रवद्र्धन गर्ने गरी सञ्चालन गर्न लागिएको मेलाका लागि मुख्य प्रायोजन र सह प्रायोजन गर्ने संघ संस्थाहरुसंग समन्वय गर्ने तथा टिकट, गेट, ब्यानरलगायतका स्पोन्सरका लागि पनि विभिन्न संघ संस्थाहरुसंग छलफल तथा परामर्श भैरहेको अध्यक्ष भण्डारीले वताउनु भयो ।
तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको मेलाको संरक्षक नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौ रहेको छ भने सह आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५, तिलोत्तमा नगरपालिका, उद्योग ब्यापार संगठन तिलोत्तमा र तिलोत्तमा ब्यापार संघ रुपन्देही रहेका छन् ।
रुपन्देहीको मणिग्राम चोक देखि दक्षिण, सिद्धार्थ राजमार्गको पूर्व तिलोत्तमा नगरपालिका ५ मा दोस्रो मेला सञ्चालन गर्न लागिएको संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी गराउनु भयो ।
उद्योगी ब्यवसायीहरुको हक हितको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले स्थापित निजि क्षेत्रको प्रतिनिधिमूलक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघले यस अघि २०७३ सालमा पहिलो पटक मेलाको आयोजना गरेको थियो ।
तिलोत्तमामा रहेका तिलोत्तमा उद्योग वाणिज्य संघ, उद्योग ब्यापार संगठन र तिलोत्तमा ब्यापार संघले प्रत्येक वर्ष आलोपालो ब्यापार मेलाको आयोजना गर्ने सहमति अनुसार २०७३ मा पहिलो पटक मेलाको आयोजना गरेको तिलोत्तमा उद्योग वाणिज्य संघले यो पटक ‘दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एबम् पर्यटन प्रवद्र्धन महोत्सव–२०७६’ गर्न लागेको वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डेले वताउनु भयो ।
मेला तयारीकै सन्दर्भमा संघको सचिवालय तिलोत्तमा नगरपालिका मंगलापुरमा आइतवार वसेको संघको बैठकमा हाल सम्म भएका तयारीका विषयमा समिक्षा गरिएको थियो । संघका उद्योग उपाध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष सूरज पंगेनीले मेलाको मूख्य प्रायोजक र सह प्रायोजकको करिव करिव टुंगो लागि सकेको र टिकट तथा गेटको स्पोन्सरका लागि विभिन्न उद्योगी, ब्यवसायी र संघसंस्थाहरुसंग निरन्तर समन्वय र परामर्श भैरहेको जानकारी गराउनु भयो ।
संघका सचिव विष्णु भण्डारीको संचालनमा भएको बैठकमा संघका अन्य पदाधिकारी तथा सदस्यहरुले मेलाका लागि आफुले पाएको जिम्मेवारी र हालसम्म भएका प्रगतिका विषयमा रिपोर्टिङ्ग गर्नुभएको थियो । संघका पदाधिकारी तथा सदस्यहरुलाई संस्थागत र सामुहिक जिम्मेवारीका अलावा क्षेत्रगत रुपमा तिलोत्तमा नगर क्षेत्र भित्र तथा अन्य छिमेकी नगर तथा गाउँपालिकामा रहेका उद्योगी ब्यवसायीहरुसंग समन्वय गरी मेलालाई सहयोग गर्न आग्रह गर्ने जिम्मेवारी दिईएको संघका सदस्य संगिता गौतम अर्यालले वताउनु भयो । सो अवसरमा संघका प्रेस सल्लाहकार खिमानन्द भट्राईलाई स्वागत गरिएको थियो ।

≪ Previous Post

एफईसी धनकोष सहकारीले विभिन्न कार्यक्रम गरि मनायो स्थापना दिवस

Next Post ≫

बुटवल उपमहानगरमा संचालित निजी विद्यालयको वर्गिकरण संगै शुल्क निर्धारण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क