Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उपमहानगरमा संचालित निजी विद्यालयको वर्गिकरण संगै शुल्क निर्धारण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उपमहानगरमा संचालित निजी विद्यालयको वर्गिकरण संगै शुल्क निर्धारण

संसारपोस्ट संवाददाता · २२ पुष २०७६ · 0
बुटवल उपमहानगरमा संचालित निजी विद्यालयको वर्गिकरण संगै शुल्क निर्धारण
90
SHARES
ShareTweet

बुटवल २२ पुस
प्रदेश पाँचको महत्वपुर्ण स्थानियतहका रुपमा परिचित बुटवलउपमहानरगपालिकाले संस्थागत (निजी तथा आवासीय) विद्यालयको वर्गिकरण गरि मासिक शुल्क निर्धारण गरेको छ । बुटवलमा संस्थागत विद्यालयहरुलाई तीन श्रेणीमा विभाजन गरिएको छ । जसअनुसार क, ख र ग श्रेणीका विद्यालयले कक्षागत आधारमा अलग–अलग शुल्क उठाउन पाउने भएका छन् । विद्यार्थी भर्नाको शुल्क भने सवै श्रेणीलाई एउटै तोकिएको छ ।
शिक्षा समितिको हालै बसेको सर्वपक्षीय बैठकको छलफलका आधारमा ‘क’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार आठ सय ४५, प्राविमा दुई हजार ५० तथा निमाविमा दुई हजार चार सय ४३ र माविमा तीन हजार एक सय ८० रुपैयाँ मासिक शुल्क उठाउने छन् । यो भन्दा धेरै शुल्क उठाएको पाइएमा कानुनी कारवाही गर्नेगरी उपमहानगरले संयन्त्र समेत बनाइसकेको छ ।
यस्तै ‘ख’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार पाँच सय आठ, प्राविमा एक हजार छ सय ७६ तथा निमाविमा एक हजार नौ सय ७० र माविमा दुई हजार पाँच सय ९७ रुपैयाँ मासिक शुल्क निर्धारण गरिएको छ ।
‘ग’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार तीन सय ३०, प्राविमा एक हजार चार सय ७८ तथा निमाविमा एक हजार सात सय ४९ र माविमा दुई हजार तीन सय २५ रुपैयाँ मासिक शुल्क निर्धारण भई कार्यान्वयन भइसकेको छ ।
बुटवलले कम्प्युटर कक्षाका लागि पनि शुल्क निर्धारण गरेको छ । जस्मा बढिमा तीन सय ७५ रुपैयाँ र कक्षा शिक्षण सिकाईमा डिभाइस जडान गरी उपयुक्त सफ्टवेयरमा दुई विषयसम्म पढाउँदाको बढिमा एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीका अनुसार बुटवलका १९ वटै वडामा सञ्चालित संस्थागत विद्यालयलाई वर्गिकरणका आधारमा उनीहरुले विद्यार्थीबाट उठाउने शुल्क निर्धारण गरि लागु समेत भइसकेको छ । उहाँले यहाँका सबै विद्यालयहरुले उपमहानगरले तोके बमोजिमको शुल्क समायोजना समेत गरिसकेको बताउनुभयो ।
चालु शैक्षिक सत्र २०७६ मा शुल्क निर्धारण शुल्क निर्धारण सिफारिस समितिबाट सिफारिस भए बमोजिम तोकि कार्यान्वयन समेत भइसकेको उपमहानगरका शिक्षा तथा जनशंख्या महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालले बताउनु भयोे ।
बुटवलमा बालविकास देखि कक्षा १२ सम्म सञ्चालनमा रहेकोसमेत गरी ५६ वटा संस्थागत विद्यालयहरु सञ्चालनमा छन् । सामुदायिक तर्फका सबै तहमा अध्यय्न गर्ने विद्यार्थीको संख्या भने २१ हजार दुई सय १५ रहेको छ ।
यसै बीच उपमहानगरका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षकहरूको एउटै ड्रेस व्यवस्थापन गर्न ड्रेस कोड व्यवस्थापन समिति गठन भई काम अन्तिम चरणमा पुगेको छ । प्रत्येक सामुदायिक विद्यालयहरूमा कक्षा १, २ र ३ मा बुक कर्नर हाम्रो पहिचान भन्ने नारालाई सार्थकता प्रदान गरिएको छ । यसको प्रभाव सकारात्मक देखिएको छ ।
यस्तै बुटवलले शिक्षाको गुणस्तर विकासका लागि सबै सामुदायिक विद्यालयहरूका प्रधानाध्यापकहरूसँग ३२ बुँदे कार्यसम्पादन करार सम्झौता गरेको छ ।

≪ Previous Post

तिलोत्तमा उद्योग वाणिज्य संघमा दोस्रो मेलाको तयारी

Next Post ≫

किराना व्यवसायीद्वारा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क