Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्विनी प्रादेशिक अस्पतालमा डायलोसिस सेवा शुरु
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

लुम्विनी प्रादेशिक अस्पतालमा डायलोसिस सेवा शुरु

संसारपोस्ट संवाददाता · २१ पुष २०७६ · 0
लुम्विनी प्रादेशिक अस्पतालमा डायलोसिस सेवा शुरु
60
SHARES
ShareTweet

विरामीहरुको ठिक ढंगले उपचार गर्नु सरकारको कर्तब्य :मन्त्री बराल



बुटवल, २१ पुस । बुटवल स्थित लुम्विनी प्रादेशिक अस्पतालमा डायलोसिस सेवा शुभारम्भ भएको छ । डायलोसिस सेवाको सोमवार एक कार्यक्रममा बिच प्रदेश ५का सामाजिक बिकास मन्त्री सुुदर्शन बरालले शुभारम्भ गर्नुभयो ।
डायलोसिस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बरालले लुम्बिनी प्रादेशिक अस्पतालमा डायलोसिस सेवा संगै अन्य सेवा पनि थप गर्दै लैजाने बताउनु भयो । हेमोडायलोसिस सेवा मात्र नभएर सबै सेवाको निरन्तरता जरुरी रहेको बताउदै मन्त्री बरालले यसै बर्ष अस्पतालमा न्युरो सेवा समेत बिस्तार गरिने वताउनु भयो ।
डायोलिस सेवाले मृगौलाका विरामीहरुलाई राहत पुग्ने भन्दै मन्त्री बरालले जनताको मृगौला बचाउनु र विभिन्न बाध्यताले अस्पताल आउने विरामीहरुको ठिक ढंगले उपचार गर्नु सरकारको कर्तब्य भएकाले राम्रो सेवा र उपचार गर्न चिकित्सक र कर्मचारीहरुलाई आग्रह गर्नुभयो । सेवा शुभारम्भ भन्दा पनि यसको निरन्तरता मुख्य पाटो भएकाले यसको सफलताका लागि सवैले आआफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्नुपर्नेमा उहांले जोड दिनुभयो ।
कर्यक्रममा लुम्विनी प्रादेशिक अस्पतालका प्रमुख डा. राजेन्द्र खनालले अस्पतालको सेवामा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउदै अस्पतालले उपलब्ध गराउने सवै सेवाका विषयमा आम जनतालाई सवै मिलेर सुसूचित गर्नुपर्ने वताउनु भयो ।
अस्पतालका हेमोडायलोसिस बिभाग प्रमुख डा. शक्ति बस्नेतले डायलोसिस सेवाको बारेमा जानकारी गराउदै अहिले ५ बेडबाट शुरु भएको यो सेवा आबश्यकता अनुसार थप गर्दे लैजाने बताउनुभयो ।
सो अवसरमा सामाजिक बिकास मन्त्रालयका सचिब डा.गोपिकृष्ण खनाल, स्वास्थ्य निर्देशक डा.बिनोद कुमार गिरी, सामाजिक बिकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा.उमाशंकर चौधरी, नर्सिङ अधिकृत ज्योति पौडेललगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।

≪ Previous Post

एक लाख ३८ हजार बराबरको अवैध सामग्री बरामद

Next Post ≫

रुपन्देही व्यापार संघको कार्यशाला ९ बुंदे घलेगाउँ घोषणापत्र जारी गर्दै सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क