Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको मध्यावधि समीक्षा, पत्रकार,किसान र जेष्ठ नागरिक सम्मानित
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको मध्यावधि समीक्षा, पत्रकार,किसान र जेष्ठ नागरिक सम्मानित

संसारपोस्ट संवाददाता · २१ पुष २०७६ · 0
तिलोत्तमाको मध्यावधि समीक्षा, पत्रकार,किसान र जेष्ठ नागरिक  सम्मानित
90
SHARES
ShareTweet

बुटवल २१ पुस
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विभिन्न व्यक्ति, संस्था, आमा समूह, क्लव, विद्यालयहरुलाई सम्मान गरेको छ । विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्नेहरुलाई मध्यावधि समीक्षाको अवसरमा सोमबार सम्मान गरिएको हो । यसरी सम्मान गरिनेमा किसानदेखि जेष्ठ नागरिक र पत्रकारसम्म छन् ।

नगरपालिकाले तिलोत्तमा नगरमा भएका विकास निर्माण, सेवा प्रवाह, प्रवद्र्धनात्मक अभियानलगायतका गतिविधिलाई पत्रकारितामार्फत् जनमानसमा पुर्याउने काममा महत्वपूर्ण योगदान पुर्याउने पत्रकारहरुमध्ये टोपराज शर्मालाई सम्मान गरेको छ । शर्मा अनलाइन खबर डटकमका वरिष्ठ संवाददाता हुनुहुन्छ ।

यस्तै उत्कृष्ट किसानतर्फ तिलोत्तमा–१४ रगरगञ्जका तरकारी उत्पादक किसान पन्नालाल केवट र वडा नं. १३ वनकट्टीकी पशुपालक किसान दुर्गा भण्डारीलाई नगदसहित सम्मान गरिएको छ । नगरपालिकाले अघि सारेका विभिन्न अभियान, क्रियाकलापमा सक्रिय सहभागिता जनाउने वडा नं. ८ को प्रदीपनगर टोल विकास संस्था, वडा नं. २ को जागृति टोल विकास संस्था, वडा नं. १० को गरिमा टोल विकास संस्थालाई पनि नगदसहित सम्मान गरिएको छ । नगरका वडाहरुमध्ये उत्कृष्ट वडाको रुपमा वडा नं. २ र वडा नं. ९ पनि सम्मान गरिएको छ ।

यसैगरी नमस्ते नेपाल, जागृति आमा समूह, प्रगति महिला परिवार पनि सम्मानित भएका छन् । नगरभित्रका जेष्ठ नागरिकतर्फ तिलोत्तमा–८ का १०६ वर्षका केशवराम ज्ञवाली र तिलोत्तमा–३ की १०१ वर्षीय गंगादेवी पंगालीलाई पनि नगदसहित नगरपालिकाले सम्मान गरेको छ ।

नगरपालिकामा सबैभन्दा बढी सम्पत्ति कर तिर्ने केशवमणि आचार्य दिक्षित, व्यवसाय कर तिर्ने टाइगर प्यालेस रिसोर्ट, कृषितर्फ मुलुकमैं बढी कर तिर्ने अन्नपूर्ण एग्रो इण्डिष्ट्रिज प्रालिलाई पनि सम्मान गरिएको छ । सेमरा बजार स्वास्थ्य चौकी अन्र्तगत्की स्वास्थ्य स्वयंम्सेविका चाँदनी गिरी, टिकुलिगढ स्वास्थ्य चौकीकी उमादेवी सुवेदी पनि नगरपालिकाको सम्मानमा परेका छन् ।

शिक्षातर्फ २०७५ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने दिया पाण्डे, चाहना थापा, आरती शर्मा, विधान नेपाल, सौरभ पौडेल, क्रिष्टिना रास्कोटी, निकिता खनाल, शान्ति नमूना मावि, जनजागृति मावि, सेमरी आधारभूत विद्यालय र प्यारामाउण्ट इंलिस बोर्डिङ स्कुललाई पनि सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट कर्मचारीको रुपमा प्रदीप वन, इन्द्रदत्त सापकोटा र चन्द्रा थापालाई पनि नगरपालिकाले सम्मान गरेको छ ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले जनप्रतिनिधि आएपछि हालसम्म भएको कार्यप्रगति विवरण पेश गर्नुभएको थियो । त्यसअवसरमा प्रमुख अतिथि गिरीले दिगो हुनेगरी विकासका काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो । मन्त्री गिरीले नगरपालिकाले अढाई वर्षमा गरेको समग्र कार्य उल्लेखनीय रहेको बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी महादेव पन्थले तिलोत्तमाले सुरु गरेका नौला अभियानहरु सबैका लागि अनुकरणीय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता यज्ञ गैरे, मोहन चापागाईं, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीलगायतले नगरको समग्र विकाशमा जनचासो बढेकाले नगरको विकाश अझ सशक्त हुने विश्वास ब्यक्त गर्नुभयो । सो अवसरमा नगरका तपÞर्mबाट स्वागत मन्तव्य राख्दै नगर उपप्रमुख जागेश्वरी चौधरीले विकास निर्माण र सबै प्रकारका अभियानमा नगरबासीबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत माधव शर्माको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, संघ–संस्था, टोल विकास संस्थालगायतका प्रतिनिधिहरुले नगरपालिकाले गरेका काम–कारवाहीको सन्दर्भमा विभिन्न सुझावहरु दिनुभएको थियो

≪ Previous Post

रुपन्देही उद्योग संघमा कृषि , पशुजन्य र गार्मेन्ट तथा हस्तकला समिति चयन

Next Post ≫

एक लाख ३८ हजार बराबरको अवैध सामग्री बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क