Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बेलायत कोलवर्न टाउन काउन्सिलका मेयरद्वारा ब्यापार मेलाको अवलोकन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बेलायत कोलवर्न टाउन काउन्सिलका मेयरद्वारा ब्यापार मेलाको अवलोकन

संसारपोस्ट संवाददाता · २१ पुष २०७६ · 0
बेलायत कोलवर्न टाउन काउन्सिलका मेयरद्वारा ब्यापार मेलाको अवलोकन
80
SHARES
ShareTweet

बेलायती नागरिकलाई नेपालको भ्रमणकालागि प्रोत्साहन गर्छु :मेयर शर्मा

बुटवल, २१ पुस
बेलायत कोलवर्न टाउन काउन्सिलका मेयर डा. जगन्नाथ शर्मालाई बुटवलको औद्योगिक व्यापार मेलामा स्वागत गरिएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर परिवार सहित नेपाल आउनु भएका शर्मालाई शोमबार मेलामा स्वागत गरिएको हो । श्रीमति लक्ष्मी शर्मा, छोरीहरु डा. प्रतिक्षा र प्रतिभा सहित आउनु भएका मेयर शर्मालाई मेलामा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल लगायत पदाधिकारी सदस्यहरु, पूर्व अध्यक्षहरुले स्वागत गर्नुभएको हो । मेयर शर्मालाई बुटवलको ऐतिहासिक जितगढी किल्लाको आकृतिको मायाँको चिनो समेत प्रदान गरिएको थियो ।
नेपालको पर्वत बिहारी गाउँपालिकामा जन्मिनु भएका मेयर शर्मा २० वर्षदेखि बेलायतमा हुनुहुन्छ । उहाँ यस अंगाडी बेलायतको उक्त शहरमा उपमेयर हुँदै मेयर हुनु भएको हो । नेपाल आउनु भएका मेयर शर्माले परिवार सहित लुम्बिनी लगायतका बुद्धसंग सम्बन्धित स्थानहरुको स्थलगत अवलोकन गरेर सोमबार बुटवल आउनु भएको थियो । त्यस अवसरमा उहाँले आफू वेलायत फर्केर बेलायती नागरिकलाई नेपालको भ्रमणकालागि प्रोत्साहन गर्ने बताउनु भयो ।
त्यस्तैगरी सोमबार नै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले पनि मेलाको स्थलगत अवलोकन गर्नुभएको छ । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको प्रवद्र्धकको रुपमा रहेको बुटवल उपमहानगरपालिका मेयरले मेलाको स्थलगत अवलोकन गरि मेलाको बारेमा जानकारी लिनु भएको थियो । त्यसबाहेक मेलामा बिभिन्न संघसंस्थाका पदाधिकारीहरुले संस्थागत अवलोकन गर्नुभएको थियो । मेलामा सोमबार पनि अवलोकन कर्ताको उत्साहजनक सहभागिता रहेको थियो ।
यहि पुसको ९ गतेदेखि सुरु भएको मेलाको १३ औं दिन सोमबार भ्वाईस अफ बुटवलका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुती, दोहोरी प्रतियोगिता, लोक तथा दोहोरी गायक पशुपति शर्मा, ईन्द्र जिसी, पुस्कल शर्मा, अमृता लामिछाने, कला लम्साल, बसन्त लम्साल, रबिन लामिछाने, नीता पुन, हास्यकलाकार पुर्खे बा लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो भने भोली मंगलबार लोक तथा दोहोरी गायक रामजी पौडेल, ओम ज्ञवाली, नारायण विपी परियार, शिलु भट्टराई, रेनु राना मगर र दोहोरी गीत प्रतियोगिता तथा भ्वाईस अफ बुटवलको फाईनल प्रतिस्पर्धा हुने छ ।

≪ Previous Post

माघी पर्वमा प्रदेश ५ मा दुई दिन सार्वजनिक विदा, फागुनमा दाङमा ३ दिने एक्स्पो गर्ने

Next Post ≫

रुपन्देही उद्योग संघमा कृषि , पशुजन्य र गार्मेन्ट तथा हस्तकला समिति चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क