Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलको सुन्दरता बचाउन ट्राफिक व्यबस्थापन जरुरी
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको सुन्दरता बचाउन ट्राफिक व्यबस्थापन जरुरी

संसारपोस्ट संवाददाता · २१ पुष २०७६ · 0
बुटवलको सुन्दरता बचाउन ट्राफिक व्यबस्थापन जरुरी
60
SHARES
ShareTweet

बुटवल, २१ पुस
बुटवलको सुन्दरता जोगाई राख्नका लागि यहाँको ट्राफिक व्यबस्थापन जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।
बुटवलको दिगो बिकासकालागि बजारलाई व्यबस्थित गर्न र ट्राफिक व्यबस्थापनलाई प्राथमिकता दिन सोमबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले औल्याएका छन् ।
उनीहरुले बुटवललाई व्यबस्थित रुपमा अंगाडी बढाउन र दिगो रुपमा बुटवलको पहिचान कायम राखिरहनका लागि बजारलाई स्पेशलाईज गर्न र ट्राफिक व्यबस्थापन गर्नुपर्नेमा धारणा राखेका छन् ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा जारी २० औं औद्योगिक व्यापार मेलाको सन्दर्भ पारेर आयोजना गरिएको ‘नयाँ बुटवलको आधारः सुन्दर र व्यबस्थित बजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बुटवललाई व्यबस्थित रुपमा अंगाडी नबढाउने र ट्राफिक व्यबस्थापन पनि नगर्ने हो भने बुटवलको बजार बिस्थापित हुने चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सोध कर्ता सुत्र शोलुसन्सका प्रवन्ध निर्देशक राजु शर्माले बुटवलको बजार जोगाई राख्नकालागि अरु नगरपालिका भन्दा प्रतिस्पर्धी क्षमता बढी हुनु पर्ने बताउनु भयो ।
बुटवल पुरानो शहर, ऐतिहासिक महत्व, व्यबसायिक तथा प्रशासनिक केन्द्र, आम्दानी योगदान, जीवनयापनको गुणस्तर लगायतका कारण आफैमा महत्वपूर्ण रहेको बताउनु भयो । त्यसैगरि बुटवलको ट्रेडलाई बचाई राख्न नसक्ने हो भने शहरीकरण हुँदै गरेका छिमेकका नगरपालिकामा यहाँको बजार विस्थापित हुने उहाँले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरिएको छ । त्यसकालागि यहाँको बजार र ट्राफिक व्यबस्थापन अपरिहार्य रहेको उहाँले औंल्याउनु भयो ।
सुत्र शोलुसन्सले गरेको सोध अनुसार बुटवलमा सवारीको चाप भन्दा पनि व्यबस्थापनको समस्या हो । ‘बुटवल उपमहानगरपालिका भित्र करिव ३ हजार साना ठूला गाडी छन्, ट्राफिक जाम हुने गाडीको फ्लोले होईन ।’ प्रवन्ध निर्देशक शर्माले भन्नुभयो–‘ट्राफिक व्यबस्थापनमा समस्या छ ।’ रिक्सा संख्या भने आवश्यकता भन्दा बढी छ । ट्राफिक व्यबस्थापनमा रिक्सा समस्याको रुपमा खडा भएको छ । त्यसको व्यबस्थापनकालागि नगरपालिकाले आवश्यकता पहिचान गरेर नगरपालिका भित्र १ हजार १८ वटा रिक्सा सञ्चालन गर्नेगरी सूचना प्रकाशित गरेको छ ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अर्जुनमान सैंजुले व्यबस्थापनको नाममा सुविधालाई अवरोध हुनेगरी योजना बनाउन सान्दर्भिक नहुने बताउनु भयो । उहाँले नगरपालिकाले पनि व्यबस्थापनलाई प्राथमिकतामा राखेर नीति नियम बनाउनु पर्ने भन्दै सुविधा नै लिन नपाउने गरी बाध्यकारी नियम बनाउन नहुने सुझाव राख्नुभयो ।


त्यस अंगाडी कतिपय वक्ताहरुले निश्चित बजार क्षेत्रमा निश्चित समयमा गाडी प्रवेश निषेध गर्नेगरी व्यबस्थापनकालागि सुझाव राखेका थिए ।
पूर्व अध्यक्ष सैंजुले पार्किङ्को समस्या जती औंल्याएको छ, त्यति नभएको बताउँदै पार्किङ् व्यबस्थापनको जिम्मा बुटवल उद्योग बाणिज्य संघलाई दिए संघले नमुना हुनेगरी पार्किङ् व्यबस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यले बुटवल बजार व्यबस्थापन र ट्राफिक समस्या समाधानमा धेरै समस्या नरहेको बताउँदै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनु भयो ।
बुटवल बजारको सुधार आवश्यक रहेको बताउँदै सुधारकालागि नगरपालिकाले एक दुई स्थानमा निशुल्क र बाँकी स्थानमा सशुल्क पार्किङ्कालागि सोँच बनाएकोे उल्लेख गर्नुभयो ।
त्यस्तैगरी बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनालले बुटवलको बजार सुधार गर्न नसके वडा नं. ४, ५ र ६ को ट्रेड बचाउन नसकिने बताउनु भयो ।
उहाँले भन्नुभयो–‘जमिन तन्काएर तन्किदैंन, जे छ त्यसैमा व्यबस्थापन गर्ने हो ।’ उहाँले निश्चित बजार क्षेत्रमा निश्चित समय सवारी साधन निषेध गरेर हुन्छ कि के गरेर हुन्छ ?, सुधार गर्नुपर्छ ।
रिक्साले ट्राफिक व्यबस्थापनमा समस्या भएको कारण आवश्यकता अनुसार रिक्सा सञ्चालनकालागि नगरपालिकाले सूचना सार्वजनिक गरेको समेत त्यस अवसरमा उहाँले जानकारी गराउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका सहसंयोजक उज्जवल कसजुको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्षहरु निर्मलप्रसाद लाकौल, जीवनप्रसाद वझा, नवराज श्रेष्ठ, उद्योग उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठ, बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल, कार्यसमिति सदस्य करुण खनाल, संघका शिक्षा परामर्शदाता आनन्दमान सिंह शाक्य, नेपाल पत्रकार महासंघ प्रदेश समितिका सदस्य बिक्रम खड्का, नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्दिप कसौधन लगायतले बुटवलको व्यापार व्यबसाय खिचडी जस्तै भएकाले त्यसलाई व्यबस्थित गरेर बजार स्पेशलाईज गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
संघका कार्यसमिति सदस्य अन्तरक्रिया गोष्ठि तथा पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक संजय कलवार जयशवालको धन्यवाद तथा गोविन्द पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

विद्यार्थी कुटेर फरार शिक्षक बरई पक्राउ

Next Post ≫

माघी पर्वमा प्रदेश ५ मा दुई दिन सार्वजनिक विदा, फागुनमा दाङमा ३ दिने एक्स्पो गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क