रामकुमार श्रेष्ठ
नवलपरासी, २० पुस । पूर्वी नवलपरासीको कावासोती १० रतौलमा आइतबार बिहान एउटा गैडा मृत अवस्थामा फेला परेको छ ।
अन्दाजी ६÷७ वर्षको गैंडा कावासोती १० रतौलको मोहनीलाल पन्ंथीको तोरी बारीमा आइतबार विहान मृत अवस्थामा भेटिएको जानकारी आएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले जानकारी दिनुभयो ।
स्थानीयले बिहान गैंडा देखेर हल्लाखल्ला गर्दा समेत गैंडा नचलेपछि गैंडा मरेको पत्ता लागेको हो ।
गैडा मर्नुको कारण आधिकारिक रुपमा थाहा नभएकोे लामीचौर वन उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौड्याले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटना स्थललाई सुरक्षाकर्मीले सुरक्षा दिएर राखेका छन् ।