Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ २१ करोडको लागतमा जर्मनी प्रबिधिको कृषि चिस्यान केन्द्र बन्दै
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

२१ करोडको लागतमा जर्मनी प्रबिधिको कृषि चिस्यान केन्द्र बन्दै

संसारपोस्ट संवाददाता · २० पुष २०७६ · 0
२१ करोडको लागतमा जर्मनी प्रबिधिको कृषि चिस्यान केन्द्र बन्दै
90
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



नवलपरासी, २० पुस । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्वर १४ मा २१ करोडको लागतमा कृषि चिस्यान केन्द्र बन्ने भएको छ ।
‘प्रवासबाट आर्जित सिप, ज्ञान र पूँजी स्वदेशका लागि’ भन्ने मुल नाराका साथ स्थापित रिटर्नी कृषि तथा पशुपालन समूह कम्पनी लिमिटेडले तीन हजार मेट्रिक टनको चिस्यान केन्द्र बनाउन थालेको हो । चिस्यान केन्द्र निमार्णको सबै प्रक्रिया पुरा गरी माघ ४ गते शिलन्यास गर्ने कार्यक्रम रहेको रिटर्नी कृषि तथा पशुपालन समूह कम्पनी लिमिटेडका अध्यक्ष नेत्र नारायण थनेतले जानकारी दिनुभयो ।
संघीय सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको २० प्रतिशत सहयोग र बाँकी बिदेश गएर फर्केका देशैभरीका युवाहरुको लगानी गरी २१ करोडको लागतमा चिस्यान केन्द्र निमार्ण हुन लागेको अध्यक्ष थनेतले बताउनु भयो ।
काठमाण्डौं बाहिर पहिलो पटक ब्यवस्थित प्रबिधियुक्त चिस्यान केन्द्र निर्माण हुन लागेको हो ।
चिस्यान केन्द्रमा सिजनमा उत्पादित फलफुल तथा खाद्य बस्तुलाई भण्डारण गरी अफसिजनमा बजारमा पठाउने बताईएको छ । यसले गर्दा किसानले पनि उचित मूल्य पाउने र कृषि उपजमा परनिर्भरता समेत घट्ने उहांको दावी छ ।
१८ कठ्ठा जग्गामा ८ च्याम्बर भएको जर्मनी प्रबिधिमा आधारित केन्द्र निमार्ण हुँदैछ । जसलाई फरक फरक बस्तुहरु राख्न मिल्ने गरी निर्माण गरिने छ ।
अहिले निर्माण पूर्वको सबै तयारी पुरा गरि शिलन्यासको काम अगाडि बढाईएको जनाइएको छ । यस प्रोजेक्टसँग सहकार्य रिटर्नी माईग्रेन्ट नेपालले गरेको छ । चिस्यान केन्द्र सञ्चालन सँगै नवलपुर सहित अन्य जिल्लामा कृषि तथा फलफुलको उत्पादन बढ्ने र बजार समेत बिस्तार हुने कम्पनीले विश्वास लिएको छ ।

≪ Previous Post

परिजात सामुदायिक वनको अध्यक्षमा भण्डारी

Next Post ≫

कावासोतीमा मृत गैंडा फेला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क