Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ परिजात सामुदायिक वनको अध्यक्षमा भण्डारी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

परिजात सामुदायिक वनको अध्यक्षमा भण्डारी

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0
परिजात सामुदायिक वनको अध्यक्षमा  भण्डारी
60
SHARES
ShareTweet


नवलपरासी, १९ पुस । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा रहेको पारिजात सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा चुडामणि भण्डारी पुन निर्वाचित हुनुभएको छ ।
शनिबार भएको सामुदायिक वनको २१ औँ बार्षिक साधारण सभा तथा अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यसैगरी समितिको उपाध्यक्षमा आनन्द पुरी, सचिवमा कृष्णप्रसाद न्यौपाने, कोषधायक्षमा पवित्रा कुमारी रेग्मी र सह सचिवमा मञ्चु चालिसे निर्वाचित हुनुभएको छ ।
समूहका अध्यक्ष चुडामणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, समाजसेवी सरिता खनाल, बर्दघाट खानेपानीका अध्यक्ष ईन्द्र कुमार राना, समाजसेवी रुद्र प्रकाश उपाध्याय, सल्लाहकार ईन्द्र प्रसाद सापकोटा, नेपाली काँग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ, समाजसेवी विश्वप्रेम पाठक, कार्यदलका नेकपा प्रतिनिधि पुण्य प्रसाद पौडेल, नेपाली कांँग्रेस प्रतिनिधि दामोदर जिसी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष भण्डारीले बार्षिक प्रगति प्रतिवेदन, लेखा समयोजक राधा देवी अधिकारीले लेखा सुपरिवेक्षण सिमितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी कोषाध्यक्ष आनन्द पुरीले २४ लाख ८१ हजार ८ सय २० रुपियाँ बराबरको आर्थिक आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । बर्दघाटको वडा नम्बर ४, ६, १२, १३ र सरावलको ६ र ७ कार्य क्षेत्र रहेको यस वनमा ३ हजार ८ सय ५६ घरधुरीका उपभोक्ता रहेका छन् भने ४ सय ७ दशमलव १५ हेक्टर क्षेत्रफलमा सामुदायिक वन फैलिएको छ । कार्यक्रमको सञ्चालन सचिव कृष्ण प्रसाद न्यौपानेले गर्नुभएको थियो ।

≪ Previous Post

शँकरनगर दुग्ध उत्पादक सहकारी संस्थाले मनायो रजत महोत्सव

Next Post ≫

२१ करोडको लागतमा जर्मनी प्रबिधिको कृषि चिस्यान केन्द्र बन्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क