Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एसिएन थाई फुड्स उद्योग र किराना व्यवसायीबीच सहमती
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एसिएन थाई फुड्स उद्योग र किराना व्यवसायीबीच सहमती

संसारपोस्ट संवाददाता · २० पुष २०७६ · 0
एसिएन थाई फुड्स उद्योग र किराना व्यवसायीबीच सहमती
80
SHARES
ShareTweet

श्यामलाल पोखरेल

बुटवल, पुस

उद्योग क्षेत्रमा बिराटनगरको एसीएन थाई फुड्स प्रालि नेपालकै दोस्रो उद्योगको रुपमा सञ्चालित छ ।

दुई सय करोड बढी लगानीमा सञ्चालित उद्योगबाट उत्पादित बस्तुहरु विदेशमा पनि निर्यात गरिन्छ ।

सोही उद्योगबाट उत्पादन हुने वस्तु रुपन्देहीका किराना व्यवसायीले विक्री वितरण गर्ने भएका छन् ।

किराना व्यवसायी र बिराटनगर एसिएन थाई फुड्स प्रालिका सञ्चालकबीच छलफल भएको छ ।

किराना व्यवसायी र बिराटनगरका उद्योगीबीच व्यवसायिक विषयमा छलफल भएको हो ।

एसिएन थाई फुड्स प्रालिमा उत्पादन हुदै आएका खाद्य वस्तुहरु रुपन्देही लगायत प्रदेश पांचका १२ अ‍ै जिल्लामा सहज रुपमा उपलब्ध गराउने विषयमा आपसी छलफल भएको हो ।

विशेष गरेर एसिएन थाई फुड्स प्रालिमा उत्पादित गुणस्तरी खाद्य वस्तु रुपन्देही ल्याने व्यवसायी र उद्योगीबीच सहमति भएको हो । उद्योग सञ्चालक तथा उद्योगीबीच उद्योगले गुणस्तरीय र खाद्ययुक्त वस्तु उचित मुल्यमा दिने र व्यवसायीले विक्री वितरण गर्ने आपसी सहमति भएको हो ।

उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरी प्रचलित कानुन सम्बत गुणस्तरीय तथा खानायुक्त वस्तु उचित मुल्यमा उपलब्ध गराउने एसिएन थाई फुड्स प्रालिका प्रबन्द्र्वक निर्देशक आनन्द आजुले प्रतिवद्वता जनाएका छन् ।

नेपालमा दोस्रो ठूलो उद्योगबाट उत्पादन हुने कूनैपनि खाद्य वस्तुमा गुणस्तरहिन नभएकाले ढुक्क भएर उपभोक्तामा पुराउन व्यवसायीलाई आग्रह गर्नुभयो । नेपालको परिवर्तनलाई सार्थकता दिने गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार खाद्य वस्तु उत्पादन गरिएको निर्देशक आजुको दावी छ ।

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गंगाधर न्यौपाने र महासचिव कृष्णप्रसाद पाण्डेको नेतृत्वको टोलीले उद्योग सञ्चालकसंग गुणस्तरीय खाद्य वस्तुहरु रुपन्देही लगायत प्रदेश पांचको विभिन्न क्षेत्रमा ल्याउने सहमति गरिएको छ ।

उपभोक्ताको स्वासथ्यलाई ख्याल गरी भातपछि खान मिल्ने विष्कुट, चाउचाउ लगायत विभिन्न खाद्य वस्तुका परिकारहरु प्रदेश पांचको रुपन्देही लगायतका जिल्लामा उपलब्ध गराइने एसिएन थाई फुड्स प्रालिका क्षेत्रीय व्यवस्थापक दीपक बास्तोलाले प्रतिवद्वता जनाएका छन् ।

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीमा आवद्व करिव १३ सय व्यवसायीले एसिएन थाई फुड्स प्रालिबाट उत्पादित वस्तुहरु विक्री बितरण गर्ने भएका छन् ।

≪ Previous Post

कावासोतीमा मृत गैंडा फेला

Next Post ≫

स्वास्थ्य केन्द्र स्थापना भएको २४ वर्षपछि धकधईमा एक्सरे सेवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क